Gauradaha Jaycees

Gauradaha Jaycees This is a non profit organization. Stablished in 2012.

गौरादह नगर स्तरीय रथ यात्रा २०८३ का झलकहरु
06/09/2026

गौरादह नगर स्तरीय रथ यात्रा २०८३ का झलकहरु

Happy Birthday to our Vice-President Jc Prithvi Adhikari ! May your dedication to JCI Gauradaha continue to pave the way...
03/09/2026

Happy Birthday to our Vice-President Jc Prithvi Adhikari ! May your dedication to JCI Gauradaha continue to pave the way for a brighter future.
- JCI Gauradaha Family

Hard work, leadership, and unwavering commitment—that’s what defines our Jaycee of the Month for the month of August.Tha...
02/09/2026

Hard work, leadership, and unwavering commitment—that’s what defines our Jaycee of the Month for the month of August.

Thank you for your hard work, dedication, and active participation in making our chapter's vision a reality. JCI Gauradaha is proud to have you on the team!

Congratulations, Jc Manisha Adhikari ! Keep leading, inspiring, and making a difference!

- JCI Gauradaha Family

गौरादह जेसीजको आयोजना तथा गौरादह नगरपालिका (स्वास्थ्य शाखा) को प्राविधिक सहयोगमा आज मिति २०८३ भाद्र १२ गते सञ्चालित "डें...
28/08/2026

गौरादह जेसीजको आयोजना तथा गौरादह नगरपालिका (स्वास्थ्य शाखा) को प्राविधिक सहयोगमा आज मिति २०८३ भाद्र १२ गते सञ्चालित "डेंगु रोग सम्बन्धी सचेतना कार्यक्रम" अन्तर्गतको 'खोज र नष्ट गर' अभियानको आजको दिनको अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

डिपु क्षेत्रमा सञ्चालन गरिएको यस स्थलगत सरसफाइ तथा सर्वेक्षणका क्रममा विभिन्न स्थानमा जमेको पानी, पुराना टायर तथा खुला भाँडाहरूमा डेंगु फैलाउने लामखुट्टेका लार्भाहरू फेला परेका थिए, जसलाई तत्काल नष्ट गरी जोखिम न्यूनीकरण गरिएको छ। साथै, स्थानीय बासिन्दाहरूलाई हप्तामा १ दिन १ घण्टा छुट्याएर आफ्नो घर वरपर लार्भा नष्ट गर्ने बानी बसाल्न प्रत्यक्ष सचेतना समेत प्रदान गरियो।

यस महत्त्वपूर्ण अभियानलाई सफल बनाउन बिहानैदेखि सक्रिय रूपमा खटिनुहुने सम्पूर्ण सहभागीहरू, स्वयंसेवकहरू तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाहरू प्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौँ:

प्राविधिक सहयोग प्रदान गर्नुहुने गौरादह नगरपालिका स्वास्थ्य शाखाबाट आदरणिय गोविन्द श्रेष्ठ एवम गौरादह जेसीजका जनसम्पर्क अधिकारी साथै यस कार्यक्रमका संयोजक जेसी दिनेश भट्टराई,

सहकार्यमा लियो क्लब अफ गौरादहका टिम, स्व.वि.यु. गौरादह बहुमुखी क्याम्पस, स्व.वि.यु. गौरादह कृषि क्याम्पस र डि.वाई.एन. (DYN) झापा टिमलाई विशेष धन्यवाद ।

डेंगु विरुद्धको यो ९० दिने अभियानमा आगामी दिनहरूमा पनि गौरादह बजार एवम् बाँकी रहेको बिभिन्न स्थानहरुमा यहाँहरूको यस्तै सक्रिय साथ र सहयोगको अपेक्षा राख्दछौँ।

- गौरादह जेसीज परिवार

हार्दिक शुभकामना
28/08/2026

हार्दिक शुभकामना

27/08/2026

डेंगुरोग सचेतना अभियान २०८३

- गौरादह जेसीज

डेंगु नियन्त्रण र रोकथामका लागि आयोजना गरिएको यस बृहत् सचेतना तथा अभियानमा सम्पूर्ण नगरवासी, युवा तथा सामाजिक व्यक्तित्व...
27/08/2026

डेंगु नियन्त्रण र रोकथामका लागि आयोजना गरिएको यस बृहत् सचेतना तथा अभियानमा सम्पूर्ण नगरवासी, युवा तथा सामाजिक व्यक्तित्वहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

विपद्को यस कठिन घडीमा हातेमालो गरौँ | भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्र (रसुवा, नुवाकोट, धादिङलगायतका स्थानहरू) मा ...
27/08/2026

विपद्को यस कठिन घडीमा हातेमालो गरौँ |

भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्र (रसुवा, नुवाकोट, धादिङलगायतका स्थानहरू) मा आएको भीषण बाढी र पहिरोले पुर्‍याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति गौरादह जेसीज (JCI Gauradaha) गहिरो दुःख व्यक्त गर्दछ।

यस प्राकृतिक विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्दछौँ।

विपद्को यस विषम परिस्थितिमा गौरादह जेसीज सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण जेसीज परिवारलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग र ऐक्यबद्धता जनाउन हार्दिक अपिल गर्दछ ।

सक्दो सहयोग गरौँ: प्रभावित परिवारहरूका लागि राहत, खाद्यान्न, लत्ताकपडा, औषधोपचार तथा स्वयंसेवामार्फत सहयोग जुटाउन सक्रिय बनौँ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरौँ: सरकारको आधिकारिक राहत कोषमार्फत पारदर्शी र प्रभावकारी रूपमा पीडितसम्म राहत पुर्‍याउन सहयोग गरौँ।

सचेत र सतर्क रहौँ: नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूले विशेष सावधानी अपनाऔँ र स्थानीय प्रशासनको सुरक्षा निर्देशनको पालना गरौँ।

"मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो।"

आउनुहोस्, एकजुट बनौँ र विपद्मा परेका नागरिकहरूलाई पुनः उभिन हौसला र साथ दिऊँ।

गौरादह जेसीज

हार्दिक समवेदना तथा श्रद्धाञ्जली,नेपाल जेसीज वर्ष २०२६ का महासचिव जेसी अमर घिमिरेज्यूको ममतामयी माताको असामयिक निधनको खब...
25/08/2026

हार्दिक समवेदना तथा श्रद्धाञ्जली,
नेपाल जेसीज वर्ष २०२६ का महासचिव जेसी अमर घिमिरेज्यूको ममतामयी माताको असामयिक निधनको खबरले गौरादह जेसीज परिवारलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको छ।
यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण घिमिरे परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

- गौरादह जेसीज परिवार

Address

Gauradaha
Jhapa District
57216

Telephone

+9779863336604

Website

Alerts

Be the first to know and let us send you an email when Gauradaha Jaycees posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gauradaha Jaycees:

Shortcuts

Share