Mahila Janachetana Kendra

Mahila Janachetana Kendra MJK has been actively working to raise awareness about women rights and child rights issues.

नेपाल स्काउटका अन्तरिम राष्ट्रिय कार्यकारी समितिको सदस्य पदमा नियुक्त हुनुभएकोमा  महिला जनचेतना केन्द्रको सचिव आदरणीय श्...
25/07/2026

नेपाल स्काउटका अन्तरिम राष्ट्रिय कार्यकारी समितिको सदस्य पदमा नियुक्त हुनुभएकोमा महिला जनचेतना केन्द्रको सचिव आदरणीय श्री भुवन सुब्बा ज्यूलाई महिला जनचेतना केन्द्रको तर्फबाट हार्दिक बधाई तथा सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँको कार्यकाल सफल रहोस् तथा नेपाल स्काउटको थप उन्नति र प्रगतिमा महत्त्वपूर्ण योगदान रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

💐 हार्दिक बधाई तथा शुभकामना! 🇳🇵⚜️

महिला जनचेतना केन्द्काे कोषाध्यक्ष श्री लक्ष्मी देवी खनियाँ ज्यूलाई रोटरी क्लब अफ काकरभिट्टाको दोस्रो महिला अध्यक्षको रू...
09/07/2026

महिला जनचेतना केन्द्काे कोषाध्यक्ष श्री लक्ष्मी देवी खनियाँ ज्यूलाई रोटरी क्लब अफ काकरभिट्टाको दोस्रो महिला अध्यक्षको रूपमा औपचारिक रूपमा कार्यभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना।

यहाँको समर्पित नेतृत्व, सामाजिक सेवाप्रतिको प्रतिबद्धता र सकारात्मक सोचले रोटरी क्लबलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छौँ। आगामी कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

हार्दिक बधाई! 💐

मिति २०८३ साल जेठ २७ गते महिला जनचेतना केन्द्रको आयोजनाद्वारा बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण परियोजना अन्त...
10/06/2026

मिति २०८३ साल जेठ २७ गते महिला जनचेतना केन्द्रको आयोजनाद्वारा बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण परियोजना अन्तर्गत मेचीनगर नगरपालिकामा स्थित धुलाबारी माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको उज्ज्वल जीवनको छनोट कक्षा (BLOP Class) अन्तर्गत अन्तरविद्यालय लघुनाटक कार्यक्रम तथा BLOP Class का विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मिति २०८३  जेष्ठ २६ गतेका दिन महिला जनचेतना केन्द्रकाे आयोजनामा बाल विवाह तथा कम उमेरमा हुने विवाह न्युनिकरण परियोजना अन...
10/06/2026

मिति २०८३ जेष्ठ २६ गतेका दिन महिला जनचेतना केन्द्रकाे आयोजनामा बाल विवाह तथा कम उमेरमा हुने विवाह न्युनिकरण परियोजना अन्तर्गत मेचीनगर-६, काँकरभिट्टा मा.विमा सञ्चालन हुँदै आएको उज्जवल जीवनकाे छनौट कक्षा (BLOP CLASS) अन्तरर्गत वक्तित्वकला प्रतियोगिता साथै BLOP CLASS का विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

Happy World Environment Day🌍✨
05/06/2026

Happy World Environment Day🌍✨

मिति २०८३ साल जेष्ठ १८ गते सोमबारका दिन महिला जनचेतना केन्द्र द्वारा बाल विवाह तथा कम उमेरमा हुने विवाह न्युनिकरण परियोज...
02/06/2026

मिति २०८३ साल जेष्ठ १८ गते सोमबारका दिन महिला जनचेतना केन्द्र द्वारा बाल विवाह तथा कम उमेरमा हुने विवाह न्युनिकरण परियोजा अन्तर्गत आयोजना भएको झापा जिल्लास्तरीय कार्यशाला, गोष्ठी तथा चित्रकला प्रतियोगिता महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षता तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री एकराज कार्की को प्रमुख आतिथ्यतामा सफलता पूर्वक सम्पन्न भएकोे छ ।

चित्रकला प्रतियोगितामा धुलाबारी माविमा अध्ययनरत आरती दाहाल ले प्रथम , मनकामना कलेजमा अध्ययनरत शिखा गौतम द्वितीय तथा एभरेष्ट स्मार्ट स्कुलमा अध्ययनरत अनमोल कार्की तृतीय हुन सफल हुनुभयो।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रादेवी महतारा, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटी, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सहजकर्ता राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश समन्वयक सुमन अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी, महिला मुक्ति अभियानकी राधा सुब्बा तथा नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य लगायत अन्य सबै अग्रज महानुभावको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की ज्यूले उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। स्वागत मन्तव्य महिला जनचेतना केन्द्रकी सामाजिक परिचालिका खन्जन राजवंशी ले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पाथीभरा किशोरी समूहकी सचिव देशिखा शिवाकोटीले गर्नुभएको थियो।

बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरणका विषयमा आयोजित कार्यशाला गोष्ठीमा झापाका विभिन्न पालिकाका विद्यार्थी, शिक्षक तथा बालसञ्जालका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको प्रति महिला जनचेतना केन्द्र आभार प्रकट गर्दछ।

Address

Mechinagar 6
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Mahila Janachetana Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share