23/07/2026
हार्दिक श्रद्धाञ्जली
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पूर्व अध्यक्ष तथा रोटर्याक्टर देव शर्माका पूज्यनीय पिता रोटेरियन सुमन शर्मा जमरकट्टेलज्यूको असामयिक निधनको दुःखद खबरले हामी रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन परिवार अत्यन्त मर्माहत भएका छौं।
स्वर्गीय रोटेरियन सुमन शर्मा जमरकट्टेलज्यू समाजसेवा, मानवीय मूल्य तथा सामुदायिक हितप्रति सदैव समर्पित, प्रेरणादायी र आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको योगदान सदैव स्मरणीय रहनेछ।
यस दुःखद घडीमा हामी सम्पूर्ण शोकसन्तप्त परिवार, विशेषगरी रोटर्याक्टर देव शर्मा, सम्पूर्ण आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं।
अन्त्येष्टि यात्रा सम्बन्धी सूचना
दिवंगत रोटेरियन सुमन शर्मा जमरकट्टेलज्यूको अन्त्येष्टि यात्रा आज दिउँसो १२:३० बजे उहाँको निवासबाट माई आर्यघाटतर्फ प्रस्थान हुनेछ।
श्रद्धाञ्जली अर्पण गर्न इच्छुक सम्पूर्ण रोटेरियन, रोटर्याक्टर तथा शुभेच्छुक महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
ॐ शान्ति।
रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन