Human Rights Network Jhapa

Human Rights Network Jhapa All human beings are born free and equal in dignity and rights.

भावपूर्ण श्रद्धाञ्जली तथा समवेदनाजन्म / स्वर्गारोहणस्व. गणेश प्रसाद खनालमानव अधिकार सञ्जाल, झापाका अध्यक्ष डा. रूपक प्रस...
17/01/2026

भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना

जन्म / स्वर्गारोहण

स्व. गणेश प्रसाद खनाल

मानव अधिकार सञ्जाल, झापाका अध्यक्ष डा. रूपक प्रसाद खनालज्यूका पूजनीय पिता स्व. गणेश प्रसाद खनालको ८५ वर्षको उमेरमा भएको निधनको दुःखद समाचारले हामी अत्यन्त स्तब्ध एवं मर्माहत भएका छौँ।
उहाँको अकल्पनीय चिरवियोग तथा महाप्रस्थानको यस संवेदनशील घडीमा दिवंगत आत्माको चिरशान्ति एवं वैकुण्ठबासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजनमा यो अपार दुःख सहन गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछौँ।

उपाध्यक्ष
कविता बास्तोला पाठक

सचिव
दीपक दास

एवम्
मानव अधिकार सञ्जाल परिवार, झापा

धन्यवाद ,बिर्ताज्योति साप्ताहिक - झापा ।
20/12/2025

धन्यवाद ,बिर्ताज्योति साप्ताहिक - झापा ।

Celebrating the 77th International Human Rights Day (Human Rights, Our Everyday Essentials)
10/12/2025

Celebrating the 77th International Human Rights Day (Human Rights, Our Everyday Essentials)

निमन्त्रणा ।।।७७ औ अन्तरास्ट्रिय मानब अधिकार दिवस को अवसर मा  मानब अधिकार सन्जाल ,झापा को आयोजना तथा विभिन्न सङ सस्था को...
09/12/2025

निमन्त्रणा ।।।
७७ औ अन्तरास्ट्रिय मानब अधिकार दिवस को अवसर मा मानब अधिकार सन्जाल ,झापा को आयोजना तथा विभिन्न सङ सस्था को सहकार्य मा आयोजित र्‍याली तथा अन्तरकृया कार्यक्रम।।।
२०८२/०८/२४, बुधबार
प्रभातफेरी : ८:०० बजे ,मुक्तिचोक
अन्तरकृया : ९:०० बजे ,गोमेन्द्र कलेज
बिर्तामोड

https://janaandolan.com/?p=20263&fbclid=IwdGRjcAOZKc9jbGNrA5kpfmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHgM7ce...
30/11/2025

https://janaandolan.com/?p=20263&fbclid=IwdGRjcAOZKc9jbGNrA5kpfmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHgM7cemqWxtP34sg3Ff57geFJ2qC6uun86qTZW-e8glzBMfBETdxOudBk5yg_aem_E5tM-N8CcBDd_GKe38kpLw

बिर्तामोड १४ मंसीर / झापाको बिर्तामोडमा डिजिटल सुरक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धक...

असोज ०३ ,२०८२संविधान दिवस मा प्रभातफेरि झापा ,बिर्तामोड
19/09/2025

असोज ०३ ,२०८२
संविधान दिवस मा प्रभातफेरि
झापा ,बिर्तामोड

11/09/2025
मिति: २०८२/०५/२४राज्यको पहिलो दायित्व भनेको नागरिकको जीवन, सुरक्षा र अधिकारको सुनिश्चितता गर्नु हो ।भ्रष्टाचार, बेथिति त...
09/09/2025

मिति: २०८२/०५/२४

राज्यको पहिलो दायित्व भनेको नागरिकको जीवन, सुरक्षा र अधिकारको सुनिश्चितता गर्नु हो ।

भ्रष्टाचार, बेथिति तथा सामाजिक सञ्जाल बन्दविरुद्ध जेन–जी पुस्ताले आह्वान गरेको विरोध प्रदर्शन देशका विभिन्न स्थानमा व्यापक रूपमा चली रहेको छ । प्रदर्शनका क्रममा दर्जनौं नागरिकले ज्यान गुमाउनु परेको, सयौं प्रदर्शनकारी तथा सुरक्षाकर्मी घाइते भएको, साथै निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको तथ्यले मानव अधिकार सञ्जाल, झापाको गम्भीर ध्यानाकर्षण भएको छ ।

शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक अधिकार हो । तर, राज्यद्वारा बल प्रयोग हुनु लोकतान्त्रिक मूल्य र मानव अधिकारको प्रत्यक्ष उल्लङ्घन हो ।

यस घटनाप्रति मानव अधिकार सञ्जाल, झापाले :
• मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,
• घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,
• युवा/नागरिकहरूको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्दछ ।

त्यस्तै, घटनाको सत्यतथ्य पत्ता लगाउन र जिम्मेवार पक्षलाई कानूनी दायरामा ल्याउन स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्न हामी जोडदार माग गर्दछौं ।

मानव अधिकार सञ्जाल, झापा ।

मानव अधिकार संजाल झापाको बैठक आज मिती २०८२।०४।१७ गते शनिवार संजालका अध्यक्ष डा. रूपक प्रसाद खनालको संयोजकत्वमा सम्पन्न ।
02/08/2025

मानव अधिकार संजाल झापाको बैठक आज मिती २०८२।०४।१७ गते शनिवार संजालका अध्यक्ष डा. रूपक प्रसाद खनालको संयोजकत्वमा सम्पन्न ।

"नेपाल मानव अधिकार वर्ष पुस्तक 2026"  प्रकाशन पुर्व अर्धवार्षिक समिक्षा कार्यक्रम ।
06/07/2025

"नेपाल मानव अधिकार वर्ष पुस्तक 2026" प्रकाशन पुर्व अर्धवार्षिक समिक्षा कार्यक्रम ।

७६औं अन्तराष्ट्रीय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार सन्जाल झापाको आयोजना तथा एसएनजेडी, राष्ट्रिय मानव अधिकार प्रतिष...
11/12/2024

७६औं अन्तराष्ट्रीय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार सन्जाल झापाको आयोजना तथा एसएनजेडी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, इन्सेक, एम्नेस्टी इन्टरनेशनल, सुरुवाती कोठा नेपाल लगायत अन्य मानव अधिकार संस्थाको सहकार्यमा बिर्तामोडको गोमेन्द्र कलेजमा झापाका हिरासत तथा कारागारको अनुगमन प्रतिवेदन सार्वजनिक, इन्सेकको मानव अधिकार वर्ष पुस्तक प्रकाशन एवम् एम्नेस्टी इन्टरनेशनलको Write for Rights अभियान कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालको अध्यक्षता, बरिष्ठ अधिवत्ता लीला उदासीको प्रमुख आतिथ्य, जिल्ला प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी झापा विश्वराज नेपाल, सरकारी वकिल कार्यालय झापा जिल्ला न्याधिवत्ता रुद्रप्रसाद आचार्य, जिल्ला कारागार भद्रपुर झापाका कारागार प्रशासक रेवन्त भट्टराइ, महिला मानव अधिकार रक्षक परिषद झापा अध्यक्ष अधिवत्ता कविता बास्तोला, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश बिष्ट, ससस्त्र प्रहरी बलका डिएसपी महेश राज विष्ट लगायतको विशेष आतिथ्य तथा विभिन्न सघंसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गरिएको छ ।

सहभागिताका लागि सबैमा निमन्त्रणा गर्दछौ ।
11/12/2024

सहभागिताका लागि सबैमा निमन्त्रणा गर्दछौ ।

Address

Birtamode
Jhapa District
57204

Website

Alerts

Be the first to know and let us send you an email when Human Rights Network Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Human Rights Network Jhapa:

Share