30/01/2026
#प्राज्ञिक_भवन_निर्माणका_लागि_निधिसंग्रह_अभियान
सनातन दर्शनलाई आफ्नो वैचारिक अधिष्ठानका रूपमा आत्मसात गर्दै ज्ञान, शील र एकताको आदर्शलाई व्यवहारमा उतार्दै राष्ट्र सर्वोपरिको भावनासहित निरन्तर राष्ट्रनिर्माणमा क्रियाशील प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो ३० वर्षे गौरवपूर्ण राष्ट्रिय यात्रालाई सफलतापूर्वक अघि बढाइरहेको छ। विद्यार्थी, शिक्षक र शिक्षाविद्हरूलाई एउटै शैक्षिक परिवारको रूपमा संगठित गर्दै देशका ७७ वटै जिल्लामा संगठन विस्तार, विश्वविद्यालय तथा शिक्षाक्षेत्रमा नैतिक, योग शिक्षाको अनिवार्यता, शैक्षिक सुधारका रचनात्मक पहल, युवावर्गलाई राष्ट्रिय दृष्टिकोण, सकारात्मक सोच र जिम्मेवार नेतृत्व प्रदान गर्ने कार्यमा परिषद् निरन्तर समर्पित रहँदै आएको छ।
सेवा, सिप, अध्ययन, अनुसन्धान, मिडिया, इञ्जिनियरिङ, मेडिकल, कृषि, कानून लगायत विविध क्षेत्रमा सञ्चालन गरिएका आयाम कार्यहरू तथा राष्ट्रका लागि जीवन समर्पण गर्ने दर्जनौँ पूर्णकालिक कार्यकर्ताको निर्माण परिषद्को ऐतिहासिक उपलब्धिका रूपमा स्थापित छन्। यसरी विगत तीन दशकदेखि निरन्तर विस्तार, प्रभाव र जिम्मेवारी बढ्दै गएको सन्दर्भमा परिषद्का गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी, स्थायी र परिणाममुखी बनाउने उद्देश्यसहित एक स्थायी केन्द्रीय संरचना ‘प्राज्ञिक भवन’ निर्माण गर्ने महत्वपूर्ण योजनासहित विद्यार्थी परिषद् अगाडि बढेको छ ।
युवा विकास केन्द्रमार्फत् युवाको सर्वाङ्गीण विकासका कार्यक्रम सञ्चालन गर्दै विभिन्न सिपमूलक प्रशिक्षण, स्वाध्ययन मण्डल तथा छात्रवृत्ति कोष सञ्चालन गरिनेछ । निःशुल्क कम्प्युटर तालिम र विशेष तयारी कक्षा, बालसंस्कार कार्यक्रम, जीवनोपयोगी सिपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण नियमित रूपमा सञ्चालन गरिनेछ । साथै पुस्तकालय स्थापना, रक्तदान, वृक्षारोपण, सरसफाइ, स्वास्थ्य शिविरजस्ता सेवामूलक गतिविधि, विविध विषयमा सेमिनार, गोष्ठी र कार्यशाला तथा जागरण अभियान सञ्चालन गरिनेछ । स्थानीय निकाय र केन्द्र सरकारलाई ठोस नीतिगत सुझाव प्रदान गर्नुका साथै प्राकृतिक प्रकोपका समयमा स्वयंसेवक परिचालन, उद्धार तथा राहत वितरण, विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण र प्रतिभा सम्मान कार्यक्रमसमेत प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।
परिषद्द्वारा युवा विकास केन्द्रमार्फत् युवाको सर्वाङ्गीण विकासका का