Gangapur.sarlahi Nepal

Gangapur.sarlahi Nepal Know my village all over the country.and the world

10/05/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुझाव सङ्कलन पोर्टल सुरु गरेको छ। उक्त सुझाव मार्फत् आगामी नीति,कार्यक्रम तथा बजेट थप जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउन सकिने अपेक्षा गरिएको छ।

लिङ्क कमेन्टमा छ आवश्यक सुझाव दिनुहोला।🙏

10/05/2026

फेरि नचाहिँदो तारिफ मात्र गर्‍यो भन्छन् तर यो मलाई मात्र लागेको हो कि अरूलाई पनि त्यस्तै लागेको छ ?

बालेनले कसैलाई पनि फेभर गरेको देखिएको छैन। सुशीला कार्की त खुसी छिन् होला भनेको त होइन रहेछ। मधेसले पनि त्यस्तो फेभर पाएको छैन। निश्चल बस्नेत रुँदै हिँड्न परेको छ। सुकुम्बासी भनौं वा वीरगञ्ज भनौं रास्वपाकै भोटर हुन् भन्ने हेरेनन्। सुदन गुरुङ आफ्नै साथी हुँदा पनि आरोपकै भरमा हट्नको लागि उनको मत थियो भन्ने छ।

यो सबै देख्दा त बालेन अति नै राम्रो बाटोमा हिँडेको देखिन्छ। केवल देशलाई मात्र केन्द्रमा राखेको देखिन्छ।

01/05/2026

खुसीको खबर... Nepal Oil Corporation has reduced petrol prices by Rs 2 and diesel prices by Rs 12.

28/04/2026

जानकीमन्दिर प्राङ्गण भित्र पार्किङ गरेर राखिएको सबै सवारीसाधनमा लक लगाउन अनुरोध गरेको छ!

बिश्व सम्पदा सुचिमा सुचिकृत गराउने पहलमा रहेको बेला यस्तो क्रियाकलापमा अनुशासित नभएसम्म हुँदैन।

सबैलाई जनकपुरधाम र धरोहरहरूलाई माया र संरक्षण गर्न अनुरोध छ।

Weather Alert: भोलि वैशाख १६ गते साँझदेखि डडेलधुरा, डोटी, बाँके, बर्दिया, दाङ, अर्घाखाँची, धनुषा, बारा, मोरङ लगायत आसपास...
28/04/2026

Weather Alert: भोलि वैशाख १६ गते साँझदेखि डडेलधुरा, डोटी, बाँके, बर्दिया, दाङ, अर्घाखाँची, धनुषा, बारा, मोरङ लगायत आसपासका जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ भने यी स्थानमा बस्नेहरूले सावधानी अपनाउन NDRRMA ले अनुरोध गरेको छ।🙏🏻

27/04/2026

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत पूर्व VVIP हरूले सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ।

Source. Supreme Court's Assistant Spokesperson

26/04/2026

Breaking; सर्लाहीको बरहथवा बजार क्षेत्रमा अवैध रुपमा सञ्चालित पाँचवटा स्वास्थ्य संस्था बन्द गराइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको अनुगमन टोलीले दर्ता नै नरहेको पाइएपछि पाँचवटा स्वास्थ्य संस्था सिल गरेको हो । कुनै निकायमा दर्ता नै नरहेका आयुष्मान हेल्थ केयर, सगरमाथा ल्याब, युनिक अस्पताल, जनसेवा ल्याब र स्माइल सरोकार डेन्टल बन्द गराएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

अनुगमन टोलीले दर्ता रहे पनि मापदण्ड मिचेको पाइएपछि अन्य चारवटा स्वास्थ्य संस्थालाई सचेत गराएको छ । सहायक प्रजिअ घिमिरे नेतृत्वको अनुगमन टोलीले यसअघि बिहीबार मात्र सदरमुकाम मलङ्गवामा अवैध रुपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्था बन्द गराएको थियो ।

25/04/2026

कुन सुकुमबासी बस्तीमा कति घर छन्?-

शान्तिनगरमा ४७६
गैरीगाउँ १६२
थापाथली १४३
गोठाटार ७७
मनोहरा १३
कूल ८७१ घरधूरी

25/04/2026

***अपडेट***
•काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन,उक्त क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ।
• हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।
• सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ।
होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ।
• वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ,त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ।

05/04/2026

New Government office time is 9 AM to 5 PM!

Address

XFPW+P8V Janaki Nagar
Janakpur
45810

Telephone

+9779819629855

Website

Alerts

Be the first to know and let us send you an email when Gangapur.sarlahi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share