Mithila Wildlife Trust

Mithila Wildlife Trust A not-for-profit non-governmental organization, working to restore nature and uplift people in Nepal.

Let's join our hand together to conserve natural resources and wildlife.

05/08/2026
https://mwt.org.np/2026/07/05/snake-in-a-residential-house-is-an-emergency/
05/08/2026

https://mwt.org.np/2026/07/05/snake-in-a-residential-house-is-an-emergency/

घरमा सर्प देखिनु आपतकालीन अवस्था हो : उद्धार र सुरक्षित स्थानान्तरणको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ । Leave a Co...

स्थानिय नामः मछगिद्दी नेपाली नामः ईन्द्रेणी सर्पEnglish Name: Olive KeelbackScientific Name: Enhydris enhydrisमुख्यतया प...
03/08/2026

स्थानिय नामः मछगिद्दी
नेपाली नामः ईन्द्रेणी सर्प
English Name: Olive Keelback
Scientific Name: Enhydris enhydris

मुख्यतया पानी भएको क्षेत्र वा सिमसार क्षेत्र वरिपरी, धानखेत, पोखरी, खोला–नाला तथा ताल–तलैयामा पाईने अर्ध–जलचर सर्प हो । यो हल्का विषालु भए पनि यसको विष मानिसका लागि हानिकारक हुँदैन । यो सर्प स्वभावले शान्त हुन्छ र यसले मान्छेलाई टोके पनि प्राणघातक मानिँदैन । यसले मुख्य रुपमा साना माछा, भ्यागुता, कीरा–फट्यांग्रा र साना जलचर जीवहरुको संख्या सन्तुलनमा राख्न महत्वपूर्ण भूमिक निर्वाह गर्दछ । यसको माथिल्लो भाग ईन्द्रेनी–हरियो रंगको हुन्छ र पेटतिर हल्का पहेँलो वा सेतो घेराहरु हुन्छन् ।

यसको उपस्थितीले सिमसार क्षेत्रको प्राकृतिक स्वास्थ्य अवस्था दर्शाउँछ । मधेशका खेतबारीमा गरुड प्रजातीका चराहरुले ढोँरिया सर्पका साथै यो सर्प पनि खाईरहेको प्रायः देख्न सकिन्छ ।

नेपाली नामः  चुइयाँ चैतेचराEnglish Name: Savanna Nightjar Scientific Name: Caprimulgus affinis Location: Dhanusha, Madhe...
02/08/2026

नेपाली नामः चुइयाँ चैतेचरा
English Name: Savanna Nightjar
Scientific Name: Caprimulgus affinis
Location: Dhanusha, Madhesh Province, Nepal.

मुख्यतया खुला चौर, झाडीबुट्यान, खेतीयोग्य जमिन र सुक्खा घाँसे मैदानमा पाइने एक nocturnal (रातिको समयमा सक्रिय हुने) चरा हो। यसको शरीरको रङ सुकेको पात र माटोसँग मेल खाने (camouflaged) खैरो, छाला रङ र कालो बुट्टा भएको हुन्छ, जसले गर्दा दिउँसोको समयमा भुइँमा वा चट्टानमा बसिरहँदा यसलाई सजिलै देख्न सकिँदैन। यो चरा विशेष गरी साँझपख र राति उड्दै हावामा रहेका कीरा-फटेङ्ग्राहरूको शिकार गर्न माहिर हुन्छ। प्रजनन समयमा यसले भाले चराले साँझतिर उड्दै गर्ने विशेष किसिमको तिखो र एकोहोरो आवाज (chirping/cwip sound) बाट सजिलै पहिचान गर्न सकिन्छ। यसले निश्चित गुँड बनाउनुको सट्टा भुइँकै खाली वा सुक्खा ठाउँमा अण्डा पार्ने गर्छ र वातावरणीय सन्तुलन कायम राख्न तथा हानिकारक कीराहरूको नियन्त्रणमा यसको महत्त्वपूर्ण भूमिका रहन्छ।

01/08/2026

स्थानिय नामः ढील
नेपाली नामः सिमकुखुरा
English Name: White-breasted Waterhen
Scientific Name: Amaurornis phoenicurus

सेतो छाती भएको सिमकुखुरा दक्षिण तथा दक्षिणपूर्वी एसियाका सिमसार क्षेत्रहरूमा पाइने आकर्षक चरा हो। यसको शरीर गाढा खरानी रङको, अनुहार तथा छाती चम्किलो सेतो, पुच्छरमुनि खैरो-रातो र खुट्टा पहेँला हुन्छन्। यो पोखरी, दलदल, धानखेत र बगैंचाको झाडी वरिपरि हिँडिरहेको देखिन्छ र कीरा, साना माछा, बीउ तथा अन्य साना जीवहरू खान्छ।

नेपाली नामः कैलो रबिनEnglish Name: Brown Rock ChatScientific Name: Cercomela fuscaकैलाे रबिन दक्षिण एसियामा पाइने सानो र...
28/07/2026

नेपाली नामः कैलो रबिन
English Name: Brown Rock Chat
Scientific Name: Cercomela fusca

कैलाे रबिन दक्षिण एसियामा पाइने सानो र फुर्तिलो चरा हो । यसको शरीर खैरो–खरानी रङको हुन्छ, पुच्छरमा कालो र सेतो ढाँचा देखिन्छ र यो प्रायः ढुंगा वा अग्लो ठाउँमा बसेर कीरा खोज्छ । यसले कीरा, साना किरा–फट्यांग्रा तथा अन्य साना जीव खान्छ र आफ्नो मधुरो स्वर तथा पुच्छर हल्लाउने बानीका कारण सजिलै चिनिन्छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रशस्तै देखिने यो चरा अहिले विस्तार हुँदै गरेका क्षेत्रहरूमा २ देखि ३ वटासम्म बच्चाहरू हुर्काइरहेका सजिलै देख्न सकिन्छ।

https://mwt.org.np/2026/07/25/confirmed-breeding-record-of-the-brown-rock-chat-in-janakpur-dhanusha-madhesh-province-nepal/

स्थानीय नामः घोंर करैत/ढोंर करैतनेपाली नाम: करेतEnglish Name: Common KraitScientific Name: Bungarus caeruleusकरेत सर्प न...
26/07/2026

स्थानीय नामः घोंर करैत/ढोंर करैत
नेपाली नाम: करेत
English Name: Common Krait
Scientific Name: Bungarus caeruleus

करेत सर्प नेपालका तराई तथा मिथिला क्षेत्रमा सजिलै पाइने अत्यन्त विषालु, तर प्रायः राति सक्रिय हुने सर्प हो। यसले मुसा, छेपारा र अन्य साना सर्प खाएर पारिस्थितिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। राति घर वा खेतबारी नजिक देखिन सक्ने भएकाले यसलाई नछुने, सुरक्षित दूरी कायम गर्ने र देखिएमा डिभीजन वन कार्यालय, नगर प्रहरी वा सुरक्षा निकायलाई खबर गर्ने गरौँ।

राती झुल लगाएर सुत्दा यस सर्पबाट राती सुतिरहेका बेला हुने सर्पदंशका घटनाहरूबाट जोगिन सकिन्छ ।

Address

Mithila Bihari-3 (Mithileshwar Mauwahi), Dhanusha, Madhesh Province
Janakpur
456004

Alerts

Be the first to know and let us send you an email when Mithila Wildlife Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mithila Wildlife Trust:

Shortcuts

Share