Ratauli Yuwa Club,Mahottari

Ratauli Yuwa Club,Mahottari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ratauli Yuwa Club,Mahottari, Youth Organization, Mahottari, Janakpur.

01/05/2026

आज अन्तर्राष्ट्रिय मजदुर दिवस।
आज पनि असंख्य अनौपचारिक श्रमिकहरू ज्याला ठगीमा परिरहेका छन्। यो अध्ययन आजको मात्र होइन, तर युग यहाँसम्म आइपुग्दा पनि प्रवृत्ति परिवर्तन भएको छैन।
त्यसर्थ, हाम्रो आवाज ती असंख्य अनौपचारिक श्रमिकहरू, मुख्यतः महिला श्रमिकहरूका लागि हो।
सबै सजग बनौँ र ज्याला ठगी बन्द गरौँ।
बुद्ध जयन्ती र उभौली पर्वको शुभकामनासहित, अनौपचारिक श्रमिकहरूको सम्मानको कामना गर्दछौँ।









Successfully concluded a 2-day “Human Rights Training for Rights Defenders” under the Local Rights Program (LRP-41), hel...
22/03/2026

Successfully concluded a 2-day “Human Rights Training for Rights Defenders” under the Local Rights Program (LRP-41), held from 19–20 March 2026 at the Meeting Hall of Ward No. 5, Ramgopalpur Municipality, Mahottari. 📍

The training was implemented by Ratauli Yuwa Club in partnership with ActionAid International Nepal, engaging youth, adolescents, and women from the community. 🤝

The program focused on building the knowledge and capacity of rights defenders on human rights principles and laws 📘, while also enhancing their ability to effectively advocate for and protect the rights of community members 🗣️🛡️.

Through participatory and practical learning approaches, participants are now better equipped to act as informed and proactive human rights defenders, contributing to accountability, social justice, and inclusive local governance. 🌱

This initiative marks a significant step towards strengthening community-level rights protection mechanisms and promoting a rights-based development approach. ✊

https://rajdhanitoday.com/25177/
26/12/2025

https://rajdhanitoday.com/25177/

राजेश सिंहगौशाला, पुस ११ गते ।महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–९ गोठबनौलीस्थित श्री दोरिक जनता आधारभूत ...

📢 ४ कोठे दुईतल्ले विद्यालय भवन सामाजिक परीक्षण, उद्घाटन तथा हस्तान्तरण सम्पन्न📚🏨🇳🇵एक्सनएड अन्तर्राष्ट्रिय नेपाल र रतौली ...
26/12/2025

📢 ४ कोठे दुईतल्ले विद्यालय भवन सामाजिक परीक्षण, उद्घाटन तथा हस्तान्तरण सम्पन्न📚🏨🇳🇵

एक्सनएड अन्तर्राष्ट्रिय नेपाल र रतौली युवा क्लबको साझेदारी तथा रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत श्री दोरिक जनता माध्यमिक विद्यालय, रामगोपालपुर–०९, गोठबनौलीमा बाल केन्द्रित सिकाइ वातावरण सृजना गर्ने उद्देश्यले निर्माण गरिएको ४ कोठे दुईतल्ले विद्यालय भवन मिति २६ डिसेम्बर २०२५ का दिन सामाजिक परीक्षण, उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।
उक्त भवन निर्माणको कुल लागत रु. ७३ लाख ९३ हजार रहेको छ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष नागेश्वर मण्डल (वडा नं. ९) ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा माननीय राम आशिष यादव (सभामुख, मधेश प्रदेश) को गरिमामय उपस्थिति रहेको थियो।
बिशिष्ट अतिथिहरूमा राम दुलार साह (नगर प्रमुख), बैद्यनाथ चौधरी (कार्यकारी निर्देशक, रतौली युवा क्लब) तथा अच्छेलाल दास (प्रमुख प्रशासकीय अधिकृत) रहनुभएको थियो।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाज तथा रतौली युवा क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले गुणस्तरीय र समावेशी शिक्षाका लागि अनुकूल वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। 🙏📚

#विद्यालयभवन #बालकेन्द्रितशिक्षा #गुणस्तरीयशिक्षा #समावेशीशिक्षा #स्थानीयअधिकारकार्यक्रम #शिक्षामाभौतिकपूर्वाधार #सामाजिकपरीक्षण

रतौली युवा क्लब महोत्तरी र एक्सन एड नेपालको साझेदारीमा, रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालित स्थानीय अधिकार कार्यक्...
20/12/2025

रतौली युवा क्लब महोत्तरी र एक्सन एड नेपालको साझेदारीमा, रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत संयुक्त स्थलगत अनुगमन २०८२ साल पौष ४ गते भयो। विद्यालय पूर्वाधार, समुदायका प्राथमिक आवश्यकता र जीविकोपार्जन सहयोगको प्रभाव अवलोकन गर्दै कार्यक्रमको प्रगति, पारदर्शिता र सरोकारवालाबीचको समन्वय थप सुदृढ भएको छ।

३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर रताैली युवा क्लव महाेत्तरीकाे सहकार्य तथा महोत्तरी गाउँपालिकाकाे आयाेजना...
03/12/2025

३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर रताैली युवा क्लव महाेत्तरीकाे सहकार्य तथा महोत्तरी गाउँपालिकाकाे आयाेजनामा “अपाङ्गता समावेशी समाजकाे प्रवर्द्रन सामाजिक उन्नतिकाे सम्वर्दन” भन्ने मूल नाराका साथ ३ डिसेम्बर २०२५ का दिन महोत्तरी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूकाे सम्मान तथा सामग्री सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । पालिकाको आयोजनामा भएको यस कार्यक्रममा विशेष गरी पूर्ण अशक्त अपाङ्गता र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको दैनिक जीवनयापन सहज बनाउनका लागि सहयोग सामग्रीहरू प्रदान गरियो, जसले अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान र अधिकार सुनिश्चित गर्न तथा समावेशी समाज निर्माणको यात्रालाई थप प्रेरणा दिन स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका दर्शाएको छ।

We are pleased to announce that an MoU agreement has been officially signed with the Employees Provident Fund (EPF) for ...
21/11/2025

We are pleased to announce that an MoU agreement has been officially signed with the Employees Provident Fund (EPF) for the deposit of the Gratuity amount.

This significant step enhances transparency, promotes accountability, and ensures long-term financial security for all RYC team members.

Ratauli Yuwa Club remains fully committed to strengthening its institutional systems and ensuring the welfare and rights of its employees.

Thank you for your continued trust and support. 🙏

महोत्तरी गाउँपालिकाले पायो हातले बोक्न मिल्ने अल्ट्रासाउन्ड मेसिन.......महोत्तरी गाउँपालिकाले वन हर्ट वर्ल्डवाइड नामक सं...
25/09/2025

महोत्तरी गाउँपालिकाले पायो हातले बोक्न मिल्ने अल्ट्रासाउन्ड मेसिन.......

महोत्तरी गाउँपालिकाले वन हर्ट वर्ल्डवाइड नामक संस्थाको आर्थिक सहयोग र रतौली युवा क्लबको प्राविधिक सहयोगमा हाते ग्रामीण अल्ट्रासाउन्ड मेसिन (आरओयुएसजी) सहयोग पाएको छ।

मंगलबार गाउँपालिकामा एक कार्यक्रमबिच रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले गाउँपालिका प्रमुख दिलीप पाण्डेयलाई सो उपकरण हस्तान्तरण गरेका हुन्।

महोत्तरी गाउँपालिकामा ठुला र सुविधासम्पन्न अस्पताल नभएको अवस्थामा यो सानो मेसिनले ग्रामीण भेगका गर्भवती महिलाहरूको गर्भ जाँच गर्न सुविधा हुने अपेक्षा गरिएको छ। यसलाई सहजै एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिने भएकाले यो अति नै उपयोगी हुने अपेक्षासहित गाउँपालिकालाई हस्तान्तरण गरिएको रतौली युवा क्लबका कार्यकारी निर्देशक चौधरीले बताए।

उक्त मेसिन हाल महोत्तरी गाउँपालिकाकै मडई स्वास्थ्य चौकीमा राखिने र हरेक महिना पालिकाअन्तर्गतको सबै स्वास्थ्य चौकीमा लगेर गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने पालिका अध्यक्ष पाण्डेयले बताए। उनले निःशुल्क रूपमा गरिने अल्ट्रासाउन्ड मेसिनले यस भेगमा उच्चतम सेवा दिने बताए।

रतौली यूवा क्लबको आयोजना तथा बोर्ड सदस्य, सरोकारवाला, सम्पूर्ण कर्मचारी  तथा अन्य महानुभावहरूको उपस्थितिमा बडादशैं २०८२ ...
23/09/2025

रतौली यूवा क्लबको आयोजना तथा बोर्ड सदस्य, सरोकारवाला, सम्पूर्ण कर्मचारी तथा अन्य महानुभावहरूको उपस्थितिमा बडादशैं २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ।
यस अवसरमा सहभागी सबै महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा सबैमा स्वास्थ्य, सुख, शान्ति र समृद्धिको मंगलकामना गर्दछौं।

Address

Mahottari
Janakpur

Alerts

Be the first to know and let us send you an email when Ratauli Yuwa Club,Mahottari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share