Nepal Pharmacist Organization-NPO

Nepal Pharmacist Organization-NPO जहाँ औषधि ताहाँ फार्मासिस्ट|🇳🇵

14/04/2026
भारतका तीन राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध एजेन्सी काठमाडौं , असाेज १९ गते कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप स...
05/10/2025

भारतका तीन राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध

एजेन्सी
काठमाडौं , असाेज १९ गते

कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमाथि प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मध्यप्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको बताइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार बालबालिकाले सेवन गरेको सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा (सोल्भेन्ट्स) प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल (डिइजी) पाइएको छ, जुन सानो मात्रामा पनि सेवन गरेमा घातक हुन सक्छ ।

‘नमूनाहरूमा स्वीकार्य सीमाभन्दा बाहिर डिइजी पाइएको छ’, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो ।

‘यस सिरपको बिक्री सम्पूर्ण मध्य प्रदेशमा प्रतिबन्धित गरिएको छ’, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले भने। उनका अनुसार उक्त कम्पनीका अन्य उत्पादनहरूमा पनि बिक्री प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, तमिलनाडु र केरला राज्यका अधिकारीहरूले समेत उक्त सिरपको बिक्रीमा रोक लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालका वर्षहरूमा भारतमा निर्मित खोकीका सिरपहरू विश्वव्यापी रूपमा विवादमा आएका छन् । सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधि उत्पादनहरू पुनः गम्भीर छानबिनको दायरामा आएका हुन् ।

02/10/2025

विजया दशमीकाे पावनअवसरमा तपाई र तपाईकाे सम्पुर्ण घर परिवारमा सु- स्वास्थ्य, सुख शान्ति,समृद्धि दिघायू एवम् उतराेतर प्रगतिको हार्दिक मङलमय शुभकामना छ।

25/09/2025

🌍💊 World Pharmacists Day 2025
"Think Health, Think Pharmacist"
विश्व फार्मासिस्ट दिवसको हार्दिक शुभकामना !🇳🇵

Best wishes
17/02/2025

Best wishes

30/11/2024

२६औं नाम दर्ता फर्मासिस्ट तर्फकाे नतिजा प्रकाशित…
जम्मा उपस्थित:-११६५
पास:-४५७
हार्दिक बधाई तथा शुभकामना

14/06/2024

अछाम, खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक .....

Address

Janakpur
45608

Telephone

+9779844115179

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Pharmacist Organization-NPO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Pharmacist Organization-NPO:

Share