09/06/2026
मधेशको माटोमा हुर्किएको नेतृत्वको आत्मविश्वास र स्वाभिमानको उदाहरण!
नेपाल सरकारका माननीय मन्त्री रामजी यादवज्यूले Switzerland को Geneva मा आयोजित International Labour Conference मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो मौलिक पहिरनमै सहभागी भई नेपाली पहिचान, संस्कृति र स्वाभिमानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुभएको छ।
दौरा–सुरुवाल र ढाका टोपीको औपचारिक बोझभन्दा माथि उठेर आफ्नो समुदाय, आफ्नो संस्कृति र आफ्नो पहिचानप्रति गर्व गर्दै विश्वसामु उपस्थित हुनु साहस, आत्मविश्वास र मौलिकताको प्रतीक हो।
यस्ता नेतृत्वले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो भन्ने सन्देश विश्वसामु अझ बलियो रूपमा स्थापित गर्छन्।
माननीय मन्त्री रामजी यादवज्यूलाई हार्दिक धन्यवाद तथा सफल प्रतिनिधित्वको शुभकामना। ❤️🌻