नेपाली कांग्रेस इटहरी-२०

  • Home
  • Nepal
  • Itahari
  • नेपाली कांग्रेस इटहरी-२०

नेपाली कांग्रेस इटहरी-२० नेपाली कांग्रेस वार्ड नम्बर २० संगठन

10/03/2026

हार्दिक समवेदना 😔

नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका वडा नं. २० कार्यसमिति का सभापति अर्जुन बस्नेत ज्यूका माइला भाइ मन बहादुर बस्नेत तथा क्रियाशील सदस्य हर्क माया बस्नेतका माइला सुपुत्रको चिर आत्माको शान्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्न आज नेपाली कांग्रेस वडा नं. २० कार्यसमिति उपस्थित भएको थियौ🥺

02/03/2026

धन्यवाद जय नेपाल 🇳🇵🌳🙏

नेपाली कांग्रेस
इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा का सम्पूर्ण नेपाली कांग्रेसलाई माया गर्ने तथा साथ दिनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूलाई आज निर्वाचनको अन्तिम प्रचार–प्रसारको दिन एक शब्दमा आएर घरदैलो अभियानमा सहभागी भई सहयोग गरिदिनुभएकोमा नेपाली कांग्रेस वडा नम्बर २० तरहरा कार्यसमितिको तर्फबाट मुरी–मुरी धन्यवाद ज्ञापन गर्दछौं।साथै खबर ढिलो पुगेको वा खबर नपाएर कार्यक्रममा सहभागी हुन नसक्नु भएका सम्पूर्णमा हामी क्षमायाचना गर्न चाहन्छौं।आउन लागेको २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा वडा नम्बर २० तरहरा बासी तथा सम्पूर्ण मतदाताहरूलाई हार्दिक अनुरोध गर्दछौं कि हामी वास्तविकताको धरातलमा टेकेर मतदान गरौं। भ्रमको प्रचार र भ्रमको राजनीतिमा नपर्नु होला। देश संकटमा पर्दा सधैं छाती खोलेर अगाडि बढेर देश बचाउने पार्टी नेपाली कांग्रेस नै हो।वडा नम्बर २० मा पनि हरेक सुख–दुःखमा नेपाली कांग्रेसका प्रतिनिधिहरू अगाडि उभिएर तपाईँहरूको साथ दिएका छन् र आगामी दिनमा पनि दिइरहने प्रतिबद्धता व्यक्त गर्दछौं। तपाईंहरूलाई झुकाउन अनेक प्रयास हुन सक्छन्, तर नझुक्नु होला – हामी सधैं तपाईंहरूको साथमा छौं।
अन्त्यमा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का हाम्रा सालीन व्यक्तित्व, नेपाली कांग्रेस सुनसरीका अभिभावक श्री राजिप कोइराला Rajiw Koirala ज्युलाई बहुमतका साथ विजयी गराइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।

जय नेपाल 🇳🇵🌳🙏



02/03/2026

नेपाली कांग्रेसका उम्मेदवार राजिप कोइराला लाई प्रत्यक्षतर्फ र समानुपातिकतर्फ पनि नेपाली कांग्रेस को रुख चिन्ह मा मत हालिदिनुहुन सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।🌳🙏Rajiw Koirala Gagan Thapa Arjun Basnet

02/03/2026

#जानकारी
नेपाली काङ्ग्रेस तरहरा वडा नं. २० कार्यसमितिको आज अन्तिम घरदैलो कार्यक्रम आयोजना हुन गइरहेकोले सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा समर्थक महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध सहित जानकारी गराइन्छ जय नेपाल 🌳🌳🌳

मिति २०८२-११-१८ गते सोमबार

समय: बिहान ११ बजे

स्थान: NIC Bank मुनि, तरहरा चोक

゚viralvideo

फागुन १८, २०८२फागु पूर्णिमा (होली) को शुभकामनानेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा ...
02/03/2026

फागुन १८, २०८२

फागु पूर्णिमा (होली) को शुभकामना

नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पूर्णिमा (होली) आपसी प्रेम र एकताको एक विशिष्ट पर्व हो ।

नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराईमा फागुन १९ गते अत्यन्त उत्साहका साथ एक–अर्कालाई रङ्ग लगाई खुसी साटासाट गर्दै मनाइने फागु पूर्णिमा (होली) को पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

रङ्गहरूको उत्सवका रूपमा मनाइने फागु पूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने गर्दछ । विविध रङ्गहरूजस्तै हाम्रो समाज पनि विविधतापूर्ण छ र यही विविधता बीचको एकता नै नेपालीको विशिष्ट पहिचान हो । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन हामी सवैलाई प्रेरणा प्रदान गर्दछ ।

यसपटक फागु पुर्णिमासंगै हामी प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण उत्सवको सम्मुखमा छौं । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पूर्णिमा (होली) ले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गर्दै पुनः शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !
गगनकुमार थापा
सभापति

नेपाली कांग्रेस तरहरा वडा नं. २० समितिको तर्फबाट भोलि अन्तिम चुनावी र्‍याली रहने जानकारी गराउँदछौं। भोलिबाट प्रचार–प्रसा...
01/03/2026

नेपाली कांग्रेस तरहरा वडा नं. २० समितिको तर्फबाट भोलि अन्तिम चुनावी र्‍याली रहने जानकारी गराउँदछौं। भोलिबाट प्रचार–प्रसार तथा र्‍याली जस्ता गतिविधि गर्न नपाइने भएकाले यो हाम्रो अन्तिम र्‍याली हुनेछ।त्यसैले नेपाली कांग्रेसलाई माया गर्ने तथा आस्था राख्ने सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई भोलिको अन्तिम र्‍यालीमा सहभागी भइदिनुहुन हार्दिक अनुरोधसहित जानकारी गराउँदछौं।

मिति: २०८२–११–१८, सोमबार

समय: बिहान ११:०० बजे

स्थान: NIC बैंक मुनि, मणिराम श्रेष्ठको घर मुनि

जय नेपाल।🌳🌳🌳

यो भोलीको र्‍यालीको जानकारी एक अर्कालाई पनि सेयर गरेर खबर गरिदिनु होला।

Rajiw Koirala
Arjun Basnet
Tanuj Gurung
Man Bhadur Basnet Manish
Kamal Khadka

01/03/2026

आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ साल फागुन २१ गते हुन गइरहेको कुरा हामी सबैमा जानकारी भइसकेको छ। यस निर्वाचनमा सुनसरी जिल्ला क्षेत्र नं. २ नेपाली काङ्ग्रेस तर्फबाट उम्मेदवार Rajiw Koirala राजिप कोइराला ज्यूलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराई यस निर्वाचनलाई सफल पारिदिनु हुन सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।

अनुरोधकर्ता:

अर्जुन बस्नेत (सभापति) Arjun Basnet

नेपाली कांग्रेस कार्यसमिति

इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा

゚viralvideo



यो भिड लोकप्रीयवादीहरुको होईन, यो भिड लोकतन्त्रवादीहरुको हो, यो भिड विचारको हो, यो भिड आस्थाको हो!! #जयनेपाल 🇳🇵🌳  Rajiw ...
01/03/2026

यो भिड लोकप्रीयवादीहरुको होईन, यो भिड लोकतन्त्रवादीहरुको हो, यो भिड विचारको हो, यो भिड आस्थाको हो!!
#जयनेपाल 🇳🇵🌳

Rajiw Koirala

यदि हजुरहरूले भोटर कार्ड पहिले नै बनाइसक्नु भएको थियो वा यसपालि मतदाता नाम दर्ता गरिसक्नु भएको छ तर मतदाता परिचयपत्र (Vo...
01/03/2026

यदि हजुरहरूले भोटर कार्ड पहिले नै बनाइसक्नु भएको थियो वा यसपालि मतदाता नाम दर्ता गरिसक्नु भएको छ तर मतदाता परिचयपत्र (Voter Card) आएको छैन भने पनि तलका कागजपत्रहरू बोकेर मतदान गर्न सक्नु हुनेछः

Address

Tarahara 20
Itahari

Telephone

+9779825319917

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस इटहरी-२० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share