हरित शान्ति अभियान- Green Peace Initiative

  • Home
  • Nepal
  • Ilam
  • हरित शान्ति अभियान- Green Peace Initiative

हरित शान्ति अभियान- Green Peace Initiative Public Private Partnership (PPP) for Integrated solid waste management of Ilam Municipality.

हरित शान्ति अभियानको टनेलमा काउली, टमाटर तयारी हुँदैछ भने तिहारपछि पनि सयपत्री फूल ढकमक्क फूलेका छ्न् !!
29/10/2025

हरित शान्ति अभियानको टनेलमा काउली, टमाटर तयारी हुँदैछ भने तिहारपछि पनि सयपत्री फूल ढकमक्क फूलेका छ्न् !!

विजयादशमी २०८२ को अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, कार्यसमिति सदस्य, कर्मचारी तथा देश विदेशमा रहनुभएका सम्प...
02/10/2025

विजयादशमी २०८२ को अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, कार्यसमिति सदस्य, कर्मचारी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🙏🎊🎉🎈🎈

मिति २०८२/०६/१२ गते इलाम नगरपालिकाको आयोजनामा २०८२ सालको वडा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा इलाम नगरपाल...
29/09/2025

मिति २०८२/०६/१२ गते इलाम नगरपालिकाको आयोजनामा २०८२ सालको वडा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा इलाम नगरपालिकाको आ.व. २०८२/०८३ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न भएको छ ।
नगरपालिकाले आ.व. २०८२ /०८३ को लागि कुल १ अर्ब १४ करोड ३४ लाख १३ हजारको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।
हरित शान्ति अभियान मार्फत् संचालन तथा व्यवस्थापन हुँदै आएको इलाम नगरपालिका वडा नं. ८ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रको सुधार तथा व्यवस्थापनका लागि आ.व. ०८२/८३ को कोशी प्रदेश सरकार, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयबाट सशर्त अनुदान रु१५ लाख विनियोजन भएको छ । यस रकम विनियोजनका लागि विशेष पहल गर्नुहुने आर्थिक मामिला तथा योजना मन्त्रालय, योजना महाशाखाका शाखा अधिकृत #जीवन_सुवेदी ज्यू लगायत सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहान्छौं ।

आज मिति २०८२ साल असोज १ गते हरित शान्ति अभियानमा विश्वकर्मा बाबाको पुजा सम्पन्न गरियो ।
17/09/2025

आज मिति २०८२ साल असोज १ गते हरित शान्ति अभियानमा विश्वकर्मा बाबाको पुजा सम्पन्न गरियो ।

09/07/2025

कार्यक्रमहरुमा प्रयोग हुने खादाको विकल्पमा हरित शान्ति अभियानमा अब १२ महिना सयपत्री माला!!
तपाइहरुलाई पनि आवश्यक परे आजै सम्पर्क गर्नुहोस् !!
सम्पर्क: ०२७५२४७५१/ ९८६२७६९७८२

02/07/2025

टनेलमा फलेको विषादिरहित टमाटर विक्रीमा!🍅🍅
ताजा तथा अर्ग्यानिक टमाटरका लागि सिधै सम्पर्क गर्नुहोस् ।
हरित शान्ति अभियान
इलाम-८, हरित शान्ति पार्क ।
सम्पर्क: ०२७५२४७५१। ९८५२६५५९२४ । ९८६२७६९७८२
नोट: इलाम बजारभित्र निशुल्क होन डेलिभरीको व्यवस्था रहेको छ ।

आज मिति २०८२  जेठ २२ गते (5th June 2025) विश्व वातावरण दिवसको अवसरमा "प्लाष्टिक प्रदूषण न्यूनीकरण :हाम्रो दायित्व" भन्ने...
05/06/2025

आज मिति २०८२ जेठ २२ गते (5th June 2025) विश्व वातावरण दिवसको अवसरमा "प्लाष्टिक प्रदूषण न्यूनीकरण :हाम्रो दायित्व" भन्ने मूल नाराका साथ हरित शान्ति अभियान, हरित नगर महिला समूह र हरित शान्ति अभियान बहुउ‌द्देशीय सहकारी संस्था लि. को संयुक्त आयोजनामा ईलाम नगरपालिकाका नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काको विशिष्ट आतिथ्यता साथै ७ नं. वडाका अध्यक्ष नरेश श्रेष्ठ, ८ नं. वडाका अध्यक्ष दलमान तामाङ, भूमि आयोग इलामका अध्यक्ष प्रकाश अधिकारी, केचना कंचनजंघा पर्यटन प्रवर्द्धन विकास समितिका प्रबन्ध निर्देशक केशव कुमार धाैरालीको विशेष आतिथ्यतामा, प्रदेश पर्यटन विकास संस्थाका अध्यक्ष प्रकाश घिमिरे, हशाअ सहकारीका अध्यक्ष नानुका खत्री, हरित नगर महिला समूहकी सचिव जानुका पोख्रेल, आर्दश मा.विका शिक्षक दुर्गा अधिकारी लगायतको आतिथ्यता साथै हशाअ, हरित शान्ति अभियान सहकारीका सदस्य, कर्मचारी तथा शेयर सदस्य ज्यूहरुकाे वृहत् उपस्थितिमा हरित शान्ति पार्कको वरिपरि खाली रहेका जमिनमा वृक्षारोपण, सरसफाई एवं आदर्श मावि इलामका कक्षा ९ र १० का विद्यार्थीहरुलाई प्लास्टिक प्रदूषण न्यूनीकरण सम्बन्धी सचेतना तथा स्थानीय बोट बिरुवाको पहिचान गर्दै जैविक विविधताको अवलोकन कार्यक्रम समेत गरियो । Plant Identification Competition मा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीहरुको समूहलाई पहिलो, दोस्रो र तेस्रो गरी तीन समूहमा पुरस्कृत समेत गरियो ।

कार्यक्रमको सन्चालन व्यवस्थापक हैकम घिसिङले गर्नुभएको थियो भने उपाध्यक्ष रीना घिमिरे ज्यूको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव तथा भूमि समस्या समाधान आयोग इलामका अध्यक्ष प्रकाश अधिकारी ज्यूले स्वागत तथा हरित शान्ति अभियानको गतिविधिबारे प्रट्याउनुभएको थियो ।

आज मिति २०८२ जेठ ०१ गते हरित शान्ति अभियान बहुउद्देश्यीय सहकारी संस्था लि. का बजार प्रतिनिधि पुनम प्रधानको पुजनीय ससुराब...
15/05/2025

आज मिति २०८२ जेठ ०१ गते हरित शान्ति अभियान बहुउद्देश्यीय सहकारी संस्था लि. का बजार प्रतिनिधि पुनम प्रधानको पुजनीय ससुराबुवा गणेश बहादुर श्रेष्ठको नवौं पुन्य तिथिका दिन हरित शान्ति अभियान- Green Peace Initiative र हरित शान्ति अभियान सहकारीका पदाधिकारी तथा कर्मचारीहरु उपस्थित भई दिवङगत आत्माप्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना व्यक्त गरियो ।

आज मिति २०८२/०१/३१ गते हरित शान्ति अभियानको नियमित अनुगमन अन्तर्गत सुन्तलावारी-मालापथ-चोक बजार-सिटी हल- भ्यू टावर- बुद्ध...
14/05/2025

आज मिति २०८२/०१/३१ गते हरित शान्ति अभियानको नियमित अनुगमन अन्तर्गत सुन्तलावारी-मालापथ-चोक बजार-सिटी हल- भ्यू टावर- बुद्ध पार्क- चियाबारी- लभडाँडा क्षेत्रको सरसफाई तथा फोहोरमैला व्यवस्थापनको अनुगमन सम्पन्न भएको छ।

फुल्न सुरु भएको सयपत्री फूलका बिरुवा बिक्रीमा !!================================तपाईको घर, पसल, कार्यालय तथा व्यवसायिक क...
05/05/2025

फुल्न सुरु भएको सयपत्री फूलका बिरुवा बिक्रीमा !!
================================

तपाईको घर, पसल, कार्यालय तथा व्यवसायिक क्षेत्रहरुलाई सुन्दर बनाउन अब हामीले सयपत्री फूल गमला सहित लिएर आएका छौं ।
आवश्यक परेमा हामीलाई सम्पर्क गर्नुहोस् !!
इलाम बजारभित्र होम डेलिभरीको व्यवस्था छ ।
सम्पर्क: ०२७५२४७५१ । ९८६२७६९७८२

आज मिति २०८२ वैशाख १९ गते हरित शान्ति अभियान र इलाम नगरपालिकको संयुक्त  आयोजनामा इलाम-८ जिरोबाट- बालागुरु टोल हुँदै कुलध...
02/05/2025

आज मिति २०८२ वैशाख १९ गते हरित शान्ति अभियान र इलाम नगरपालिकको संयुक्त आयोजनामा इलाम-८ जिरोबाट- बालागुरु टोल हुँदै कुलधारा- नवीन प्रगती टोल सम्म सरसफाई तथा अनुगमन कार्य सम्पन्न गरियो ।
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, इलाम, सशस्त्र प्रहरी बल नेपाल १ नं. गण इलाम, नगर प्रहरी तथा सफाईकर्मी र हशाअका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सडकका दुवै किनारमा सरसफाई गरिनुका साथै स्थानियलाई फोहोरमैलाका असर र कानुनी व्यवस्थाबारे सचेत गराईएको थियो ।

अब हरित शान्ति अभियान- Green Peace Initiative इलाममा बजार क्षेत्रबाट निस्कने कुहिने फोहोर प्रशोधन गरेर तयार गरेको "इलाम ...
28/04/2025

अब हरित शान्ति अभियान- Green Peace Initiative इलाममा बजार क्षेत्रबाट निस्कने कुहिने फोहोर प्रशोधन गरेर तयार गरेको "इलाम कम्पोष्ट" का साथ-साथै झापाको High Himalayan Organic Pvt. Ltd. बाट उत्पादन भएको"थ्री स्टार" प्राङगारिक जीवाणु मल समेत उपलब्ध छ ।
फलफूलका बिरुवा, तरकारी खेती र चिया बगानहरुका लागि अत्यन्तै उपयोगी जीवाणु मल चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् ।
सम्पर्क: हरित शान्ति अभियान
इलाम-८, कम्पोष्ट प्लान्ट ।
फोन नं. ०२७५२४७५१
मोबाइल सम्पर्क: ९८५२६५५९२४। ९८६२७६९७८२

Address

Ilam/Zero Km
Ilam
0977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779745475065

Alerts

Be the first to know and let us send you an email when हरित शान्ति अभियान- Green Peace Initiative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हरित शान्ति अभियान- Green Peace Initiative:

Share