13/08/2026
गहन योग–ज्ञान तपस्या कार्यक्रम सम्पन्न 🌸
२८ श्रावण २०८३ | हेटौंडा, मकवानपुर
“स्वउन्नति नै जीवनको सच्चा उपलब्धि हो” भन्ने भावनालाई आत्मसात् गर्दै ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र, हेटौंडा, मकवानपुरको आयोजनामा एक दिवसीय गहन योग–ज्ञान तपस्या कार्यक्रम अत्यन्त उत्साह, उमंग र आध्यात्मिक ऊर्जाका साथ सम्पन्न भएको छ। 🙏✨
लामो समयदेखि यस क्षेत्रमा राजयोग तथा आध्यात्मिक प्रशिक्षण प्रदान गर्दै आउनुभएका राजयोगी ब्रह्माकुमार हरगोविन्द भाइसाहेबज्यूको पावन सान्निध्य एवं मार्गदर्शनमा सम्पन्न यस तपस्या कार्यक्रमले मकवानपुरका विभिन्न क्षेत्रबाट सहभागी साधक–साधिकाहरूमा आन्तरिक शान्ति, आत्मचिन्तन, एकाग्रता र स्वउन्नतिको नयाँ ऊर्जा प्रदान गरेको अनुभूति भएको छ। 🌿🧘♀️🧘♂️
कार्यक्रम आमाघर सेवा आश्रम, मनहरीको सभाकक्षमा सम्पन्न भएको हो। सहभागी सम्पूर्ण साधक–साधिकाहरूको उत्साहपूर्ण सहभागिता तथा कार्यक्रमको व्यवस्थापनमा अहोरात्र खटिनुहुने सम्पूर्ण समर्पित दिदीबहिनीहरूप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछौँ। 🌹🙏
राजयोगको गहिराइमा डुबौँ,
आफूलाई चिनौँ,
आन्तरिक शक्तिलाई जागृत गरौँ र
शान्तिमय समाज निर्माणमा योगदान गरौँ। ✨
ओम् शान्ति। 🕊️