नेपाल पत्रकार महासंघ बागमती प्रदेश FNJ Bagmati Province

  • Home
  • Nepal
  • Hetauda
  • नेपाल पत्रकार महासंघ बागमती प्रदेश FNJ Bagmati Province

नेपाल पत्रकार महासंघ बागमती प्रदेश FNJ Bagmati Province Welcome to Federation of Nepali Journalists(FNJ) Bagmati Province's Official page. :)
Pleas

Federation of Nepali Journalists (FNJ) is a full member of International Federation of Journalists (IFJ) and International Freedom of Expression Exchange (IFEX). The headquarters of the Federaton of Nepali Journalists (FNJ) is located at Media Village, Tilganga, Kathmandu.

Federation of Nepali Journalists Krishna Saru Magar Hari Humagain Fnj Bagmati Province Shyam Khatiwada
22/12/2025

Federation of Nepali Journalists Krishna Saru Magar Hari Humagain Fnj Bagmati Province Shyam Khatiwada

Federation of Nepali Journalists का बरिष्ठ उपाध्यक्ष Deepak Acharya, पत्रकार महासंघ गण्डकी प्रदेशका काेषाध्यक्ष Ramesh K...
13/12/2025

Federation of Nepali Journalists का बरिष्ठ उपाध्यक्ष Deepak Acharya, पत्रकार महासंघ गण्डकी प्रदेशका काेषाध्यक्ष Ramesh Kaushik Bastakoti सहित पत्रकार नेतृत्वहरू नेपाल पत्रकार महासंघ बागमती प्रदेश Fnj Bagmati Province काे कार्यालयमा ।
Hetauda, 2082/8/27

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको चौथो पूर्ण बैठक ११ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।२०८२/८/५...
23/11/2025

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको चौथो पूर्ण बैठक ११ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
२०८२/८/५–६
Krishna Saru Magar Hari Humagain

प्रेस विज्ञप्तिजेनेजी आन्दोलनको रिपोर्टिङको क्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य अशेष ढुङ्गानामाथि आक्रमण भएको ए...
17/09/2025

प्रेस विज्ञप्ति
जेनेजी आन्दोलनको रिपोर्टिङको क्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य अशेष ढुङ्गानामाथि आक्रमण भएको एक साता बितिसक्दा पनि घटनामा संलग्नहरुको खोजी गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायले गरेको बेवास्ता र ढिलासुस्तीप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
२०८२ भदौ २४ गते बाराको कोहल्बीमा भएको जेनेजी आन्दोलनको क्रममा पत्रकार ढुङ्गानामाथि ढुंगा–इँटा प्रहार गर्नुका साथै आक्रमण गरी घाइते बनाइएको र उहाँको मोटरसाइकलसमेत तोडफोड गरिएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जनाएको छ ।
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै महासंघ घोर भत्र्सना गर्दछ । स्वतन्त्र रूपमा पत्रकारिता पेशामा संलग्न पत्रकारमाथि आक्रमण गर्नु तथा सञ्चार सामाग्रीमाथि क्षति पु¥याउनु गम्भीर अपराध मात्र नभई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो ।
यस घटनामा संलग्नलाई तत्काल खोजी गरी कानूनी कारबाहीमा ल्याउन सम्बन्धित निकायलाई महासंघ जोडदार माग गर्दछ । घाइते पत्रकार ढुङ्गानाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै समाचार संकलनको क्रममा सुरक्षाप्रति विशेष सावधानी अपनाउन सबै पत्रकारलाई अपिल गर्दछौं ।
कृष्ण सारु मगर
अध्यक्ष
२०८२-०६-०१
Krishna Saru Magar

सञ्चार संस्थाको कार्यालय र पत्रकारको निवासमा पुगेर नगद, सञ्चार सामग्री र अन्य सामग्री लुटपाट गरिएको जानकारी महासंघलाई प्...
12/09/2025

सञ्चार संस्थाको कार्यालय र पत्रकारको निवासमा पुगेर नगद, सञ्चार सामग्री र अन्य सामग्री लुटपाट गरिएको जानकारी महासंघलाई प्राप्त भएको छ ।
प्रेस विज्ञप्ति
भ्रष्टाचार नियन्त्रण, सुशासन लगायत माग सहित भएको जेनजी आन्दोलनको क्रममा दिवंगत हुनुभएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
आन्दोलनको दोस्रो दिन २०८२ भदौ २४ गते चितवनको कालिका एफएम, सफल खबर डटकम, चुरे सन्देश साप्ताहिकको कार्यालय, नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरु सुरेशचन्द्र अधिकारी, सुजन अधिकारी र सन्तोष देउजाको निवासमा तोडफोड, आगजनी र लुटपाट गरिएको पत्रकार महासंघ चितवन शाखाले जनाएको छ । सञ्चार संस्थाको कार्यालय र पत्रकारको निवासमा पुगेर नगद, सञ्चार सामग्री र अन्य सामग्री लुटपाट गरिएको जानकारी महासंघलाई प्राप्त भएको छ । साथै आन्दोलनको क्रममा धेरै पत्रकारले धम्की र मानसिक तनाव भोग्नुपरेको छ ।
आन्दोलनको पहिलो दिन २०८२ भदौ २३ गते प्रहरीले आन्दोलनकारीलाई गरेको लाठी चार्जको भिडियो खिचेका महासंघ चितवन शाखाका सदस्य हिरालाल आचार्यलाई प्रहरीले करिब २० मिनेट नियन्त्रणमा लिएर अपशब्द बोल्दै भिडियो मेटाएको थियो । समाचार संकलनको क्रममा कालिका एफएमका निर्देशक दिपक पौडेल ढुंगा लागेर घाइते हुनुुभएको थियो ।
हामी जेनेजी आन्दोलनको क्रममा घुसपैठ गरी सञ्चार संस्था र पत्रकारको निवास तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरुको पहिचान गरेर कारबाही गर्न प्रशासन समक्ष माग गर्दछौं । क्षति पुगको सञ्चार माध्यम र पत्रकारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन राज्यसँग माग गर्दछौं ।
साथै महासंघ जेनेजी आन्दोलनको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दछ । पत्रकार सुरक्षा सुनिश्चित गरी पूर्ण प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन सबै पक्षलाई अपिल गर्दछौं ।
कृष्ण सारु मगर
अध्यक्ष
२०८२-०५-२७

प्रेस विज्ञप्तिभ्रष्टाचार विरुद्ध, सुशासन र पारदर्शिताको मागसहित सोमबार भएको शान्तिपूर्ण जेनजी सडक प्रर्दशनमा राज्यपक्षब...
09/09/2025

प्रेस विज्ञप्ति
भ्रष्टाचार विरुद्ध, सुशासन र पारदर्शिताको मागसहित सोमबार भएको शान्तिपूर्ण जेनजी सडक प्रर्दशनमा राज्यपक्षबाट गोली प्रहार गरी युवाहरुमाथि भएको दमनको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति घोर भत्र्सना गर्दछ ।

घटनामा परी १९ जना युवाले ज्यान गुमाउनु परेको छ । तीनसय बढि युवाहरु घाइते भएको विवरण प्राप्त भएको छ । काठमाण्डौंमा प्रर्दशनको समाचार संकलनको क्रममा पत्रकारहरु कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार सम्भु दंगाल घाइते भएका छन् । त्यस्तै, थाहा खबरको कार्यालयमा तोडफोड भएको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अनुसार भरतपुरमा सोमबार दिउँसो प्रहरीले आन्दोलनकारीलाई गरेको लाठी चार्जको भिडियो खिचेका महासंघ सदस्य हिरालाल आचार्यलाई प्रहरीले करिब २० मिनेट नियन्त्रणमा लिएर अपशब्द बोल्दै भिडियो मेटाएका थिए । समाचार संकलनको क्रममा कालिका एफएमका निर्देशक दिपक पौडेलको हातमा ढुंगा लागेर घाइते भएका छन् ।

पत्रकारमाथि भएको आक्रमण, दमन र गोली प्रहार कुनैपनि अवस्थामा स्वीकार्य छैन । बागमती प्रदेश समिति पत्रकारमाथि भएको गोली प्रहार र आक्रमणको घोर भत्र्सना गर्दछ । पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दछ ।

पत्रकारलाई आन्दोलनमा रिर्पोटिङ गर्दा सुरक्षा सावधानी अपनाउन र त्यसको लागि सुरक्षाका उपाय सहित पहिचान खुल्नेगरी फिल्डमा खटाउन सम्बन्धित मिडिया हाउसलाई अपिल गर्दछौं ।

साथै, मृत आत्माहरूको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । घाइते पत्रकार तथा सर्वसाधारणको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै, सबै घाइतेको निःशुल्क उपचारको तत्काल व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

लोकतान्त्रिक शासन प्रणालीमा नागरिकलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सुनिश्चित गरिएको छ । प्रदर्शनको औपचारिक जानकारी भइसकेपछि त्यसको स्वरूप, संवेदनशिल स्थानहरूमा सुरक्षाको आवश्यकता र भिड व्यवस्थापनको जिम्मेवारी राज्यको हो । तर, राज्यबाट भएको अत्याधिक बल प्रयोग लोकतान्त्रिक मूल्यको प्रतिकूल कार्य हो । साथै सामाजिक सञ्जाल बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्यक्ष हनन् हो । सूचना प्रवाहका साधनहरु नियन्त्रण होइन,नियमन गरेर अघि बढ्नुपर्छ ।

पत्रकार र आम नागरिकमाथि भएको दमन, गोली प्रहार र अभिव्यक्ति स्वतन्त्रता हनन्को निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछौं । आन्दोलनको उचित व्यवस्थापन र जायज माग सम्बोधनको यथाशिघ्र पहलका लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सरकारको ध्यानाकर्षण गराउँदछौं ।
कृष्ण सारु मगर अध्यक्ष
२०८२-०५-२४

ध्यानाकर्षण पत्र बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण...
25/06/2025

ध्यानाकर्षण पत्र
बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चारमैत्री बजेट निर्माणको लागि पटक पटक ध्यानाकर्षण तथा पहल गरिएकोमा श्रमजिवी पत्रकार र सञ्चार क्षेत्रलाई निषेध गरेर ल्याएको बजेटप्रति हाम्रो असहमति रहेको छ ।
सञ्चारमाध्यमहरुले पाउँदै आएको लोककल्याणकारी बिज्ञापन बृद्धिको माग गरिएकोमा चालु आर्थिक वर्ष २०८१/८२ को भन्दा ८५ प्रतिशतले कटौती, पत्रकार संघ संगठनको प्रदेश समितिहरु मार्फत पत्रकार क्षमता विकास कार्यक्रम खारेज तथा श्रमजिवी पत्रकारको क्षमता विकास तथा हितका कार्यक्रमहरु कटौती गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा समेटिएको पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल, सञ्चार क्षेत्रको विकासको लागि कानूनी तथा कार्यक्रमगत प्रबन्ध तथा विज्ञापन अनुगमन तथा नियमनको लागि कानूनी प्रवन्ध मिलाउने नीति कार्यक्रम बजेटमा समावेश भएको छैन । सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही लाख रुपैयाँ तजबिजमा बाँड्न राखिएको रकम बाहेक सञ्चार क्षेत्रलाई बजेट शुन्य बनाइनु दुखद कुरा हो ।
लोकतन्त्रको अभिन्न अंग सञ्चार क्षेत्रलाई कमजोर बनाउनेगरी ल्याइएको बजेट संसोधन गरी सञ्चारमैत्री बजेट निर्माण गर्न हामी मुख्यमन्त्री बहादुरसिं लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले सहित सम्बद्ध सबै प्रदेश सरकारकारका सरोकार पक्ष र बिपक्षी दलहरूसंग जोडदार माग गर्दछौं । सञ्चार क्षत्रेलाई निषेध गरी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिए प्रदेश सरकारले गर्ने गतिविधिहरू सञ्चारमाध्यममा प्रकाशन/प्रशारण नगर्नेसम्मकाे संघर्षमा उत्रन बाध्य हुने जानकारी गराउदछाैं ।
२०८२ असार ११

प्रेस विज्ञप्तिमकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले फोटो खिच्न तथा भिडियो छायांकनमा रोक लगाएको विषयप्रति नेप...
21/06/2025

प्रेस विज्ञप्ति
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले फोटो खिच्न तथा भिडियो छायांकनमा रोक लगाएको विषयप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अनुसार शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कार्यकक्षमा फोटो खिच्न तथा भिडियो छायांकन गर्न रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारीले नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल र मनिल महतो सहितका सञ्चारकर्मीहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रवेश गर्न नदिई फोटो खिच्न र भिडियो छायांकन गर्न रोक लगाएका हुन् ।
सार्वजनिक पद धारण गरेका अधिकारीहरु प्रेस जगतप्रति अझ बढि जिम्मेवार बन्नुपर्छ । तर, सार्वजनिक पद धारण गरेका अधिकारीहरूबाटै प्रेस जगतलाई सङ्कुचन हुने व्यवहार गरिनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको महासंघको निष्कर्ष छ । यस घटनामा आत्मालोचना गरी आगामी दिनमा प्रेसविरोधी गतिविधि नगर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदैछौं । नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै स्वतन्त्रतापूर्वक समाचार संकलन तथा प्रकाशन प्रशारण गर्न पाउने वातावरण निर्माणको लागि सरोकारवाला सम्पूर्ण निकायलाई हार्दिकतापूर्वक अपिल गर्दछौं ।
महासचिव
राधेश्याम खतिवडा
मिति : २०८२/०३/०७

14/06/2025

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा भएको महिला पत्रकार भेलामा उठेका सवाललाई स्थान दिएकोमा हिमालय टेलिभिजनलाई धन्यवाद। Krishna Saru Magar Hari Humagain

09/06/2025
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला र जारी हेटौंडा घोषणापत्र सम्बन्धी प्रकाशित समाचारका लागि साझाकुरा दै...
29/05/2025

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला र जारी हेटौंडा घोषणापत्र सम्बन्धी प्रकाशित समाचारका लागि साझाकुरा दैनिकलाई धन्यवाद।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला र जारी हेटौंडा घोषणापत्र सम्बन्धी प्रकाशित समाचारका लागि प्रदेश दैनि...
29/05/2025

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला र जारी हेटौंडा घोषणापत्र सम्बन्धी प्रकाशित समाचारका लागि प्रदेश दैनिकलाई धन्यवाद।

Address

ThanaBharyang, Hetauda 11, Makwanpur, Bagmati Province
Hetauda

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नेपाल पत्रकार महासंघ बागमती प्रदेश FNJ Bagmati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल पत्रकार महासंघ बागमती प्रदेश FNJ Bagmati Province:

Share