06/08/2025
" नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा रक्तदान कार्यक्रम सम्पन्न”
======================================
मिति:२०८१।०४।२१ गते ।
नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिक उत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, बागमती प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, बागमती प्रदेश कार्य समितिका अध्यक्ष श्रीमती संगीता लम्साल पौडेलज्यू, उपाध्यक्ष रन्जना उप्रेतीज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ, बागमती प्रदेश कार्य समितिका अन्य पदाधिकारिज्यूहरू एवं प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।