24/03/2026
हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ।
आज विश्व क्षयरोग दिवस। नेपालमा वार्षिक करिब ६७,००० नयाँ क्षयरोगी थपिने र करिव १६,००० ले ज्यान गुमाउने गरेको तथ्याङ्कले अझै यो क्षेत्रमा धेरै काम गर्नु पर्ने देखिन्छ । तर खुसीको कुरा, नेपालमा क्षयरोगको उपचार सफलता दर ९१.५% रहेको छ।
सबै सरकारी स्वास्थ्य संस्थाहरूमा क्षयरोगको परीक्षण र उपचार पूर्ण रूपमा निःशुल्क उपलब्ध छ। दुई हप्ताभन्दा बढी समय खोकी लागेमा तुरुन्त जाँच गराऔँ र क्षयरोग मुक्त नेपाल निर्माणमा जुटौँ।