Public Health Student Association, MBAHS

Directions

Public Health Student Association, MBAHS “Promoting health through preventing diseases with our joint efforts”

PHSA is a students’ organization formed and managed by public health students at Madan Bhandari Academy of Health Sciences, Hetauda, Bagamati Province.

27/04/2026

पूर्ण खोप: सुरक्षित भविष्य

वैशाख ११ देखि १७ सम्म विश्व खोप सप्ताह मनाइँदैछ ।
नेपाल सरकारले देशभरका सबै स्वास्थ्य संस्थाबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोगविरुद्ध ९ प्रकारका खोपहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ।

✔ आफ्ना बालबालिकाको खोप कार्ड नियमित जाँच गर्नुहोस्।
✔ छुटेका खोपहरू समयमै लगाउनुहोस्।

खोप नि:शुल्क छ, सुरक्षित छ, र जीवन रक्षा गर्छ।

खोप समेतको प्रभावकारिताका कारण नेपालमा सन् १९९६ देखि २०२३ सम्म ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रति हजार जीवित जन्मबाट २६.५ प्रति हजार जीवित जन्ममा झरेको छ — करिब ७८% ले कमी।

👉 पूर्ण खोप सुनिश्चित गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ।
Immunization saves lives, protects futures, and builds healthier communities. 💉🌍
This Immunization Awareness Week, let’s raise awareness, spread facts, and ensure every child gets the protection they deserve.
Vaccines work. Prevention matters. Together, we can create a healthier tomorrow.



Madan Bhandari Academy of Health Sciences

25/04/2026
हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ।आज विश्व क्षयरोग दिवस। नेपालमा वार्षिक करिब ६७,००० नयाँ क्षयरोगी थपिने र करिव १६,०००...
24/03/2026

हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ।

आज विश्व क्षयरोग दिवस। नेपालमा वार्षिक करिब ६७,००० नयाँ क्षयरोगी थपिने र करिव १६,००० ले ज्यान गुमाउने गरेको तथ्याङ्कले अझै यो क्षेत्रमा धेरै काम गर्नु पर्ने देखिन्छ । तर खुसीको कुरा, नेपालमा क्षयरोगको उपचार सफलता दर ९१.५% रहेको छ।

सबै सरकारी स्वास्थ्य संस्थाहरूमा क्षयरोगको परीक्षण र उपचार पूर्ण रूपमा निःशुल्क उपलब्ध छ। दुई हप्ताभन्दा बढी समय खोकी लागेमा तुरुन्त जाँच गराऔँ र क्षयरोग मुक्त नेपाल निर्माणमा जुटौँ।

24/03/2026

TB day

राष्ट्रिय जनस्वास्थ्य दिवस २०८२,"एक पालिका : एक जनस्वास्थ्य अधिकृत - आजको लगानी, भोलिको आधार" भन्ने नाराका साथ आज नेपाल ...
10/12/2025

राष्ट्रिय जनस्वास्थ्य दिवस २०८२,
"एक पालिका : एक जनस्वास्थ्य अधिकृत - आजको लगानी, भोलिको आधार" भन्ने नाराका साथ आज नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेश को आयोजना र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान को समन्वय मा आज हेटौडा अस्पतालमा मास्क वितरण र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य संकाय मा साँझ द्वीप प्रज्वलन कार्यक्रम गरी मनाइयो।

नेपालका सबै जनस्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवी, विद्यार्थी तथा समुदायमा निरन्तर सेवा गर्दै आएका सबैलाई सम्मान र कृतज्ञतासहित शुभकामना व्यक्त गर्दछौं।

Happy National Public Health Day 2025!! 🇳🇵




Madan Bhandari Academy of Health Sciences

राष्ट्रिय जनस्वास्थ्य दिवस २०८२ को सबैलाई शुभकामना। "एक पालिका : एक जनस्वास्थ्य अधिकृत - आजको लगानी, भोलिको आधार"Happy N...
09/12/2025

राष्ट्रिय जनस्वास्थ्य दिवस २०८२ को सबैलाई शुभकामना।
"एक पालिका : एक जनस्वास्थ्य अधिकृत - आजको लगानी, भोलिको आधार"
Happy National Public Health Day! 🇳🇵

३८ औं विश्व एड्स दिवस २०२५ को अवसरमा"अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं! "World AIDS Day 2025: Overcoming...
01/12/2025

३८ औं विश्व एड्स दिवस २०२५ को अवसरमा
"अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं! "
World AIDS Day 2025: Overcoming disruption, transforming the AIDS response!
भन्ने नाराका साथ बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा मनहरी गाउँपालिकाको लोथर र मनहरीमा सडक नाटक र एड्स परीक्षण गरी एड्स दिवस मनाइयो।
Health Directorate, Bagamati Province Hetauda
Madan Bhandari Academy of Health Sciences




Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Public Health Student Association, MBAHS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share