18/09/2026
📜 सार्वजनिक सूचना
K-HaMi ऋणसम्बन्धी विशेष जानकारीमूलक कार्यक्रममा सहभागिताका लागि सादर आह्वान
समस्त आदरणीय कोरिया रिटर्नी दाजुभाइ तथा दिदीबहिनीहरूमा सादर जानकारी।
The Bridge International को आयोजनामा KOICA K-HaMi Loan Program अन्तर्गत प्रदान गरिने ऋण सुविधासम्बन्धी महत्वपूर्ण जानकारी सर्वसाधारणसमक्ष अवगत गराउने उद्देश्यले विशेष अनलाइन जानकारीमूलक कार्यक्रम आयोजना हुन गइरहेको व्यहोरा सादर सूचित गरिन्छ।
उक्त कार्यक्रममा K-HaMi Loan Program को उद्देश्य, ऋण प्राप्त गर्न आवश्यक योग्यता तथा मापदण्ड, हालसालै विस्तार गरिएका नयाँ प्रावधानहरू तथा PMC Reintegration Training मा सहभागी भई हाल ऋणका लागि योग्य हुनुभएका कोरिया रिटर्नीहरू सम्बन्धी आवश्यक जानकारी प्रस्तुत गरिनेछ।
यसका अतिरिक्त, इच्छुक व्यक्तिहरूले ऋणका लागि आवेदन गर्ने विधि, आवश्यक प्रक्रिया, सिफारिस पत्र प्राप्त गर्ने कार्यविधि तथा आवश्यक अन्य जानकारी समेत प्रत्यक्ष रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। कार्यक्रममा सहभागी महानुभावहरूका जिज्ञासा तथा प्रश्नहरू सम्बोधन गर्न प्रश्नोत्तर (Q&A) सत्र समेत सञ्चालन गरिनेछ।
अतः K-HaMi Loan Program अन्तर्गत ऋण सुविधाबारे जानकारी लिन इच्छुक तथा आफू उक्त सुविधाका लागि योग्य हुन सक्ने समस्त कोरिया रिटर्नी महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई उपलब्ध अवसर तथा प्रक्रियाबारे यथार्थ जानकारी ग्रहण गरिदिनुहुन सादर अनुरोध गरिन्छ।
साथै, यो सूचना आफूले चिनेका तथा सम्बन्धित अन्य कोरिया रिटर्नीहरू समक्ष समेत पुर्याई कार्यक्रमको लाभ लिन प्रेरित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
📜 कार्यक्रमको विवरण
मिति: सोमबार, २१ सेप्टेम्बर २०२६
नेपाली मिति: ५ आश्विन २०८३
समय: अपराह्न २:०० बजे देखि ३:०० बजेसम्म
माध्यम: Zoom Online Meeting
💻 Zoom सभा विवरण
Meeting ID: 860 6196 0807
Passcode: 712588
सभामा प्रवेश गर्ने लिंक:
Zoom Online Meeting मा सहभागी हुनुहोस्
सादर,
माधब सापकोटा
Hub Manager
This event summary outlines a Zoom-based briefing designed to guide eligible Korea returnees through the K-HaMi Loan application process. Participants will le...