FNCCI Bagmati Province

FNCCI Bagmati Province नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजकुमार कँड...
19/08/2026

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजकुमार कँडेलज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा उहाँको सुख, स्वास्थ्य, समृद्धि एवम् दीर्घायूसंगसंगै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार

नाग पञ्चमीको अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्नेपाल उद्योग...
17/08/2026

नाग पञ्चमीको अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३२ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।वेद बहादुर श्रेष्ठ, अध्य...
15/08/2026

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३२ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार

स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि २०८३ उपर छलफल कार्यक्रम सम्पन्न ।२०८३।०४।२६स्वरोजगार व्यवसाय कर्जा ब्याज ...
11/08/2026

स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि २०८३ उपर छलफल कार्यक्रम सम्पन्न ।
२०८३।०४।२६

स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि २०८३ उपर छलफल कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको छलफल कार्यक्रममा स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि उपर बागमती प्रदेशका निजी क्षेत्र, कृषक, वित्तिय संस्थाहरुलगायतका सरोकारवालाहरुबीच छलफल एवम् अन्तरक्रिया गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ्गज्यूको सभाध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठज्यू र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शंकर गिरीज्यूको आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, कार्यकारिणी सदस्यहरु, विभिन्न जिल्ला एवम् नगर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, कृषक प्रतिनिधिहरु, संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय उद्यमशीलता, स्टार्ट अप उद्यम क्षेत्रसंग सम्बन्धित उद्योग व्यवसायलाई प्रदान गरिने कर्जाहरुमा स्वरोजगार व्यवसाय कर्जा अनुसार ब्याज अनुदान दिने कार्यविधिको विषयमा छलफल केन्द्रित रहेको् थियो । छलफलमा सहभागीहरुले कर्जाको सीमा बढाउनुपर्ने, कार्यान्वयन तथा अनुगमन समितिमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्ने, आवेदनहरु अनलाईन मार्फत लिने व्यवस्था मिलाउनुपर्ने, परियोजनाको प्रकृति अनुसार ब्याज अनुदान मोडल अपनाउनु पर्ने, परियोजना धितो राखी कर्जा लिन पाउनुपर्ने, महिला, युवा, दलित संगसंगै वैदेशिक रोजगारीबाट फर्केका र अपाङ्गहरुको लागि पनि विशेष व्यवस्था हुनुपर्ने, हरित उद्योगहरुलाई प्राथमिकता प्रदान गर्नुपर्ने, वार्षिक मूल्यांकन हुनुपर्ने, विगतमा अनुदान पाएकाहरुले पनि कर्जा लिन पाउनुपर्ने लगायतका सुझावहरु पेश गर्नुभएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका अधिकृत दिनेश पौडेलज्यूले संचालन गर्नुभएको छलफल कार्यक्रममा अन्तरक्रिया अघि स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि विषयमा प्रस्तुतिकरण पेश गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शंकर गिरीज्यूले मन्तव्यको क्रममा सहभागीहरुबाट उठेका सुझावहरु मनन् गरी कार्यविधिलाई पूर्णता प्रदान गर्न आग्रह गर्नुभएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका सचिव नारायण प्रसाद मैनालीज्यूले सहभागीहरुबाट उठेका जिज्ञासाहरु प्रष्ट्याउनु भएको थियो भने सभाध्यक्ष माननीय प्रभात तामाङ्गज्यूले सहभागीहरुबाट प्राप्त सुझावहरुलाई सकारात्मक रुपमा लिएको र कार्यविधिमा सम्भव भएसम्म सबै सुझावहरु समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
छलफल कार्यक्रममा निजी क्षेत्रका सहभागीहरुको उपस्थितिको लागि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले सहजीकरण गरेको थियो भने छलफल कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

वितरण क्षेत्रको आधुनिकीकरण, निजी क्षेत्रको विश्वास अभिवृद्धि र सरकार–निजी क्षेत्र सहकार्य सुदृढ गर्न अध्यक्ष श्रेष्ठको आ...
07/08/2026

वितरण क्षेत्रको आधुनिकीकरण, निजी क्षेत्रको विश्वास अभिवृद्धि र सरकार–निजी क्षेत्र सहकार्य सुदृढ गर्न अध्यक्ष श्रेष्ठको आग्रह

भक्तपुर, श्रावण २२, २०८३। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री वेद बहादुर श्रेष्ठ ले वितरण क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्दै यसको आधुनिकीकरण, निजी क्षेत्रको विश्वास अभिवृद्धि तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउन बागमती प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाल वितरक संघको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोह मा विशेष अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बजारमा पर्याप्त तरलता हुँदाहुँदै पनि निजी क्षेत्रको लगानी अपेक्षित रूपमा बढ्न नसकेको, उद्योग, व्यापार तथा वितरण क्षेत्रमा आर्थिक गतिविधि सुस्त रहेको र उपभोक्ताको क्रयशक्ति कमजोर बन्दै गएको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारको विशेष ध्यान आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री समक्ष अध्यक्ष श्रेष्ठले वितरण क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन स्पष्ट नीति तथा कार्यक्रम ल्याउन आग्रह गर्नुभयो। साथै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, प्रदेशभित्र उत्पादित वस्तुको ब्रान्डिङ र बजारीकरणलाई प्रोत्साहन गर्ने तथा उद्योग, व्यापार र पर्यटन क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउने योजनामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले व्यवसाय सञ्चालनका क्रममा देखिएका अनावश्यक प्रशासनिक झन्झट, दोहोरो निरीक्षण तथा जटिल अनुमति प्रक्रियालाई सरलीकरण गरी सम्पूर्ण सेवा प्रणालीलाई डिजिटल बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। सरकार र निजी क्षेत्रबीच नियमित Public Private Dialogue को संस्थागत व्यवस्था गरी नीति निर्माणदेखि कार्यान्वयनसम्म निजी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

अध्यक्ष श्रेष्ठले वितरण व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै ई–कमर्स, डिजिटल भुक्तानी प्रणाली, आधुनिक गोदाम व्यवस्थापन, कोल्ड चेन तथा सप्लाई चेन पूर्वाधार विकासका लागि प्रदेश सरकारले विशेष सहुलियत र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो। साथै उद्योग, पर्यटन, श्रम तथा यातायात क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन, सीप विकास तथा रोजगारी सिर्जनाका कार्यक्रमहरू निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

बागमती प्रदेश नेपालको आर्थिक केन्द्र भएकाले यहाँ उद्योग, व्यापार, पर्यटन र वितरण प्रणालीलाई सुदृढ बनाउन सकिए त्यसको सकारात्मक प्रभाव राष्ट्रिय अर्थतन्त्रमा पर्ने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्र सरकारको प्रतिस्पर्धी नभई विकासको विश्वसनीय साझेदार भएको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश प्रदेश सरकारसँग सहकार्य गर्दै लगानी विस्तार, उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिका लागि निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाल वितरक संघको २५ वर्षे सफल यात्रा को प्रशंसा गर्दै वितरण व्यवसायीहरूको हकहित संरक्षण, उपभोक्तासम्म वस्तु तथा सेवाको सहज पहुँच विस्तार तथा मुलुकको आर्थिक विकासमा संघले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो। उहाँले नेपाल वितरक संघलाई रजत जयन्तीको अवसरमा हार्दिक बधाई तथा आगामी दिनमा अझ प्रभावकारी र सशक्त संस्थाका रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीको अध्यक्षतामा भएको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी एवम् कार्यकारिणी सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

मकवानपुरमा आयोजित सामाजिक सद्भाव र्‍यालीमा नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको सहभागिता !२०८३/०४/१६
01/08/2026

मकवानपुरमा आयोजित सामाजिक सद्भाव र्‍यालीमा नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको सहभागिता !
२०८३/०४/१६

राष्ट्रिय कोदो दिवसको हार्दिक शुभकामना ।वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार
01/08/2026

राष्ट्रिय कोदो दिवसको हार्दिक शुभकामना ।

वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार

सबैमा शुभकामना !!!
31/07/2026

सबैमा शुभकामना !!!

30/07/2026
गुरु पूर्णिमाको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं !वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य...
29/07/2026

गुरु पूर्णिमाको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं !

वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्
नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश परिवार

Address

Basudev Marga/2
Hetauda
44101

Opening Hours

Monday 11:00 - 18:00
Tuesday 11:00 - 18:00
Wednesday 11:00 - 18:00
Thursday 11:00 - 18:00
Friday 11:00 - 18:00
Sunday 11:00 - 18:00

Telephone

+97757591260

Alerts

Be the first to know and let us send you an email when FNCCI Bagmati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to FNCCI Bagmati Province:

Shortcuts

Share