FNCCI Bagmati Province

Call Directions Website Contact the organization

FNCCI Bagmati Province नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको छैठौं बैठक केन्द्रीय महासंघ टेकुमा सम्पन्न । २०८३।०६।०५
22/09/2026

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको छैठौं बैठक केन्द्रीय महासंघ टेकुमा सम्पन्न । २०८३।०६।०५

भोटेकोशी बाढीपीडितहरुको घाउमा मल्हम लगाउने सानो प्रयासस्वरूप केन्द्रमा बागमती प्रदेशको तर्फबाट रु. ५,५५,५५५/- रकम अध्यक्...
21/09/2026

भोटेकोशी बाढीपीडितहरुको घाउमा मल्हम लगाउने सानो प्रयासस्वरूप केन्द्रमा बागमती प्रदेशको तर्फबाट रु. ५,५५,५५५/- रकम अध्यक्ष श्री अन्जन श्रेष्ठज्यूलाई हस्तान्तरण गरिदै ! २०८३/०६/०५

संविधान दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्नेपाल उद्योग वाणिज्य म...
19/09/2026

संविधान दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार

17/09/2026
16/09/2026
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य श्री प्रदिपमान प्रधानज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवस...
16/09/2026

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य श्री प्रदिपमान प्रधानज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा उहाँको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका आमन्त्रित सदस्य श्री यादव दाहालज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा उहाँ...
15/09/2026

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका आमन्त्रित सदस्य श्री यादव दाहालज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा उहाँको सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

वेद बहादुर श्रेष्ठ, अध्यक्ष एवम्
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता - विपद्पछिको पुनःस्थापना, लगानी प्रवर्द्धन र र...
14/09/2026

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता - विपद्पछिको पुनःस्थापना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता (२०८३/०५/२८)

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच आज महासंघ सचिवालय, टेकुमा भेटवार्ता भएको छ । महासंघको सचिवालय, टेकुमा आइतबार भएको भेटवार्तामा रसुवालगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित उद्योग–व्यवसायको पुनःस्थापना, लगानीको वातावरण, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको थियो ।

छलफलमा दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार तथा उद्यमशीलता प्रवद्र्धनका लागि आपसी समन्वयलाई थप सुदृढ गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरी आगामी दिनमा परिणाममुखी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विपद्पछि तत्कालै महासंघ राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहेको उल्लेख गर्दै प्रभावित उद्योग–व्यवसायलाई पुनः सञ्चालन गर्ने वातावरण निर्माणमा प्रदेश सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बागमती प्रदेशमा लगानी र उद्यमशीलता विस्तार गर्न महासंघ सकारात्मक रहेको बताउनु भयो । “ महासंघले स्थानीय स्तरमा नयाँ बजार स्थापना, अस्पताल स्थापना तथा विद्यालय पुनःनिर्माणमा काम गर्न खोजिरहेको छ । यस्तै विपद् रोजगार बैक स्थापना गर्दै आवश्यक्ताको आधारमा तालिम प्रदान गर्दै व्यवसायमा लाग्न चाहनेलाई सहयोग गर्न महासंघ तयार छ ।” उहाँले भन्नु भयो ।

मुख्यमन्त्री थापाले विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा निजी क्षेत्रको सहयोग सराहनीय रहेको चर्चा गर्दै विपद्मा परेका बालबालिकाको शिक्षा, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र पुनर्जीवनका लागि महासंघसँग सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले बागमती प्रदेशका सडक तथा अन्य पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्न सकिने प्रस्तावसमेत राख्नुभयो । “ बागमती प्रदेश प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा लिएर अघि बढ्न चाहन्छ । पूर्वाधार विकासमा पीपीपी मोडलमा जानु पर्दछ । निजी क्षेत्रका नीतिगत र व्यावहारिक समस्या समाधान तथा सहजिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ । ” मुख्यमनत्रीले भन्नु भयो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले विपद्बाट घरबारविहीन भएका तर काम गर्न इच्छुक नागरिकलाई रोजगारीसँग जोड्न ‘विपद् श्रम बैंक’ स्थापना गरी महासंघसँगको सहकार्यमा कार्यक्रम अघि बढाउन सकिने बताउनुभयो । साथै उहाँले पालिका र जिल्लामा हुने उत्पादनलाई बजारसंग जोडन् महासंघको सहयोग आवश्यक रहने बताउनु भयो ।

महासंघका अध्यक्ष श्रेष्ठले विपद्बाट प्रभावित तथा रोजगारीको आवश्यकता भएका व्यक्तिलाई लक्षित गरी ‘विपद् रोजगार बैंक’ स्थापना, आवश्यकताअनुसार सीपमूलक तालिम सञ्चालन तथा प्रभावित स्थानीय क्षेत्रमा नयाँ बजार विकास गर्न महासंघले सहकार्य गर्न सक्ने बताउनुभयो ।

भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले बागमती प्रदेशभित्रका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका प्रतिनिधिमार्फत स्थानीय तहमा देखिएका समस्या र सम्भावनालाई पहिचान गरी प्रदेश सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको बताउनुभयो ।

महासंघका कोषाध्यक्ष मनिषलाल प्रधान, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ तथा महासंघका केन्द्रीय सदस्य एवं सामाजिक सेवा तथा विपद् तथा देवीप्रकोप समितिका सभापति राजकुमार कार्की, केन्द्रीय सदस्य सबिन श्रेष्ठ लगायतले नेपाल चीन रसुवा नाका पूर्णरुपमा बन्द रहेको, तातोपानी नाकाको अवस्था राम्रो नभएको र अहिले कोराला नाका मात्र सञ्चालनमा रहेको अवस्थामा चीनसंगको व्यापारका लागि समस्या सिर्जना हुने भन्दै विकल्पका बारेमा सोच्नु पर्ने धारणा राख्नु भएको थियो ।

Address

Basudev Marga/2
Hetauda
44101

Opening Hours

Monday 11:00 - 18:00
Tuesday 11:00 - 18:00
Wednesday 11:00 - 18:00
Thursday 11:00 - 18:00
Friday 11:00 - 18:00
Sunday 11:00 - 18:00

Telephone

+97757591260

Alerts

Be the first to know and let us send you an email when FNCCI Bagmati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to FNCCI Bagmati Province:

Shortcuts

Share