12/09/2026
🎉 गौरव, धैर्यता, संघर्ष, र ऐक्यबद्धताको २५ वर्ष! 🌈
निल हिरा समाज लाई २५औँ वार्षिकोत्सवको हार्दिक शुभकामना!! 🎉
२५ वर्ष र यात्रा अझै जारी छ… ✊🌈
🎉 गौरव, धैर्यता, संघर्ष, र ऐक्यबद्धताको २५ वर्ष! 🌈
२५ वर्षअघि एक दिन हामी पछाडि फर्केर हेर्दै “हामीले २५ वर्ष पूरा गरिसकेछौँ” भनेर भन्न सक्नेछौँ भन्ने हामीले कहिल्यै कल्पना गरेका थिएनौँ। साहसिक यात्राका रूपमा सुरु भएको हाम्रो अभियान आज निल हिरा समाजको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को उल्लेखनीय कोसेढुङ्गामा आइपुगेको छ।
यी २५ वर्षको यात्रा उतार - चढाव, चुनौती र अवसर, अप्रत्याशित परिस्थितिहरू, खुसी र दुःखका क्षणहरू, प्रतिरोध र धैर्यताले भरिएको रह्यो। यी सबै परिस्थितिका बीच हामी एकताबद्ध भएर उभियौँ, आफ्ना आवाजहरू बुलन्द बनायौँ, विभेद र भेदभावलाई चुनौती दियौँ, हाम्रा समुदायका लागि सुरक्षित तथा समावेशी स्थानहरू निर्माण गर्यौँ, विभिन्न साझेदारी र सहकार्यका सम्बन्धहरू विस्तार गर्यौँ र समानता, मर्यादा, न्याय तथा क्वियर अधिकारका लागि हाम्रो निरन्तर अभियानलाई अगाडि बढाउँदै आयौँ।
यस यात्राले हामीलाई धेरै महत्त्वपूर्ण उपलब्धि र कोसेढुङ्गाहरू पनि प्रदान गरेको छ। हरेक सफलताको पछाडि हाम्रा समुदायको साहस, हाम्रो टोलीको समर्पण, हाम्रा सहयोगी तथा सहयात्रीहरूको ऐक्यबद्धता र हामीसँगै हिँड्ने सम्पूर्ण व्यक्तिहरूको निरन्तर सहयोग रहेको छ।
💕यो २५ वर्षको यात्रालाई हामी सबैले मिलेर उत्सवका रूपमा मनाउनु पर्छ ।💕
हामीले हाम्रा समुदाय, साझेदार, सहयोगी, साथीभाइ तथा शुभेच्छुकहरूसँगै यस अविश्वसनीय यात्रालाई विशेष २५औँ वार्षिकोत्सव समारोह मार्फत मनाउने योजना बनाएका थियौँ। तर, देशमा हालै आएको विनाशकारी बाढीका कारण, प्रभावित समुदाय तथा परिवारहरू प्रति ऐक्यबद्धता जनाउँदै र वर्तमान परिस्थितिलाई प्राथमिकता दिँदै हामीले उक्त समारोह स्थगित गर्ने निर्णय गरेका छौँ।
🌈 समारोह स्थगित भएको हो, रद्द भएको होइन! 🌈
परिस्थिति सामान्य भएपछि हामी फेरि एकसाथ भेला हुनेछौँ र संघर्ष, धैर्यता, ऐक्यबद्धता, उपलब्धि, सम्झना तथा उज्ज्वल भविष्यको आशाले भरिएको २५ वर्षको यो अविस्मरणीय यात्रालाई भव्य रूपमा मनाउनेछौँ।
यस अविश्वसनीय यात्रामा हिस्सा बन्नुभएका सम्पूर्ण लाई: धन्यवाद;
हामीसँग उभिनु भएकोमा,
हामीसँगै हिँड्नु भएकोमा,
हामीलाई चुनौती दिनु भएकोमा,
हामीमाथि विश्वास गर्नु भएकोमा,
र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीलाई निरन्तर अगाडि बढ्न सहयोग गर्नु भएकोमा।
यो यात्रा हाम्रो हो। यो कोसेढुङ्गा हाम्रो हो र भविष्य पनि हामी सबैले मिलेर निर्माण गर्ने हो। ✊🌈
निल हिरा समाज लाई २५औँ वार्षिकोत्सवको हार्दिक शुभकामना!! 🎉
२५ वर्ष र यात्रा अझै जारी छ… ✊🌈
🎉 25 Years of Pride, Resilience, Struggle, and Solidarity! 🌈
25 years ago, we never imagined that one day we would look back and say, “We have completed 25 years.” What began as a courageous journey has now reached a remarkable milestone; the 25th Anniversary (Silver Jubilee) of Blue Diamond Society.
Over these 25 years, our journey has been filled with ups and downs, challenges and opportunities, unforeseen circumstances, moments of happiness and sorrow, resistance and resilience. Through it all, we stood together, raised our voices, challenged discrimination, created spaces for our communities, built alliances, and continued our movement for equality, dignity, justice, and q***r rights.
This journey has also brought us many milestones and achievements. Every step forward has been made possible by the courage of our communities, the dedication of our team, the solidarity of our allies, and the support of everyone who has walked alongside us.
💕This 25-year journey deserves to be celebrated together.💕
We had planned to come together and celebrate this incredible journey with our communities, partners, allies, friends, and supporters through a special 25th Anniversary Celebration. However, due to the recent devastating floods across the country, we have decided to postpone the celebration in solidarity with those affected and to prioritize the current situation.
🌈 The celebration is postponed, not cancelled! 🌈
Once the situation normalizes, we will come together to celebrate 25 years of struggle, resilience, solidarity, achievements, memories, and hope for the future.
To everyone who has been part of this incredible journey: Thank you;
For standing with us.
For walking with us.
For challenging us.
For believing in us.
And most importantly, for helping us move forward.
This journey is ours. This milestone is ours. And the future is ours to build together.
Happy 25th Anniversary, Blue Diamond Society!!
25 years and counting… ✊🌈