NNJS Gulmi District Eye Care Centre

NNJS Gulmi District Eye Care Centre eye care provide neddy people

नेपालमै पहिलो पटक आफ्ना नागरिकको आँखाको मोतिबिन्दुको निःशुल्क उपचार कार्यक्रम प्रारम्भ गर्ने नगरपालिकाको रूपमा नेपाल नेत...
14/06/2026

नेपालमै पहिलो पटक आफ्ना नागरिकको आँखाको मोतिबिन्दुको निःशुल्क उपचार कार्यक्रम प्रारम्भ गर्ने नगरपालिकाको रूपमा नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको ३० औँ अधिवेशनबाट रेसुङ्गा नगरपालिका सम्मानित भएकोमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीज्यू लगायत सम्पूर्ण नगरपालिका परिवारलाई हार्दिक बधाई छ।

09/06/2026
08/06/2026

गुल्मीः नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको आयोजना तथा मदाने...

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्र गुल्मीको आयोजना र मदाने  गाउँपालिका वडा नम्बर १ अग्लुङको...
06/06/2026

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्र गुल्मीको आयोजना र मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङको सहकार्यमा मिति २०८३ जेष्ठ २१ र २२ गते सञ्चालन भएको निःशुल्क आँखा अप्रेशन शिविरमा ४९८ जनाको आँखा जाँच र १९ जनाको मोतिबिन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ ।
उक्त शिविरमा १०२ जनालाई चस्मा र औषधि आवश्यक बिरामीहरूलाई निःशुल्क वितरण गरिएको थियो। शिविरमा लुम्बिनी नेत्र विज्ञान तथा अध्ययन संस्थान तथा अनुसन्धान केन्द्रकी सहप्राध्यापक डा मनिता सुनाम गोदार सहित जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्र गुल्मीको प्राविधिक टिमको टिमले गरेको थियो।

06/06/2026

नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयमार्फत रेसुङ्गा नगरपालिकामा पिकभिजन कार्यक्रम कार्यान्वयनमा आएको छ ।...

बधाई तथा सफल कार्यकालको शुभकामना
04/06/2026

बधाई तथा सफल कार्यकालको शुभकामना

04/06/2026

गुल्मी । रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि मोबाइलको सहायताले आँखा ...

नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया  केन्द्र गुल्मीको आयोजना,  रेसुङ्गा नगरपालिकाको सहकार्य ,नेपाल ने...
04/06/2026

नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको आयोजना, रेसुङ्गा नगरपालिकाको सहकार्य ,नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालय र PEEK Foundation काे आर्थिक सहयोगमा PEEK Vision Model अन्तर्गतको हेल्थपोष्ट मोडल रेसुङ्गा नगरपालिका अन्तर्गत सञ्चालित १६ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई मोबाइलको सहायताले आँखा परीक्षण गर्ने सम्बन्धी दुई दिने तालिम रेसुङ्गा नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम अन्तर्गत आँखा जाँचको लागि आवश्यक पर्ने एक-एक थान मोबाइल रेसुङ्गा नगरपालिकाका १६ वटा संस्थालाई प्रदान गरिएको छ।
कार्यक्रमको उद्घाटन सात्र २०८३ जेठ १९ गते रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सभापतित्व रहेको कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घ केन्द्रीय कार्यालयका कार्यवाहक अध्यक्ष श्री श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यता , नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश उप सभापति शेरबहादुर थापाको विशेष अतिथिता, नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीका सभापति श्री अखिलेश्वर प्रसाद पाण्डेय, रेसुङ्गा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु, स्वास्थ्य संयोजक, शिक्षा शाखा प्रमुख पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीका सचिव पदमप्रसाद पाण्डेले गर्नुभएको थियो भने प्रशिक्षण नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक रञ्जन शाह, आइटी कन्सल्टेन्ट शैलेन्द्र मानसिंह, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेत र सूचना अधिकारी बिरबहादुर कार्की ले गर्नुभएको थियो । यो कार्यक्रमले आँखा उपचारमा पालिकाका सबै नागरिकको पहुँच पुग्ने बिश्वास लिइएको छ ।
कार्यक्रमको समापन समारोह नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेको सभापतित्व, रेसुङ्गा नगरपालिकाका नगर उपप्रमुख अमृतादेवी कुँवरको प्रमुख आतिथ्यता, नेपाल नेत्र ज्योति संघ कार्यबाहक अध्यक्ष श्याम कुमार पोखरेलको विशेष आतिथ्यता तथा रेसुङ्ग नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पन्थीको आतिथ्यता रहेको थियो । दुई दिनसम्म सञ्चालित तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

01/06/2026

नेपाल नेत्रज्योति सङ्घ गुल्मी, आँखा उपचार केन्द्रले वार्षिक रूपमा ४० हजार बढीको आँखा उपचार गर्ने गरेको जनाएको छ .....

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीको २९ औँ जिल्ला  सभा  मिति २०८३ जेष्ठ १७ गते  संघको सभाहलमा सम्पन्न भएको छ ।  ने...
31/05/2026

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीको २९ औँ जिल्ला सभा मिति २०८३ जेष्ठ १७ गते संघको सभाहलमा सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीका सभापति श्री अखिलेश्वरप्रसाद पाण्डेय को सभापतित्व रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद माननीय श्री डिलीराज भुसालकाे प्रमुख आतिथ्यता, नेपाल नेत्र ज्योति सङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष श्री श्याम कुमार पोखरेलको विशेष आतिथ्यता सहायक प्रमुख जिल्ला अधिकारी श्री हरिप्रसाद गैरे, नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश उपसभापति श्री शेरबहादुर थापा, जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू , विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, संघ अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रका अध्यक्ष एवं प्रतिनिधिहरू, पत्रकारहरुको आतिथ्यता रहेको कार्यक्रममा संघ जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू र आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संघका सहसचिब श्री कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो भने सञ्चालन संघका सचिव पदमप्रसाद पाण्डेले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेश उपसभापति श्री शेरबहादुर थापा, राजनीतिको दलको तर्फबाट धर्मराज पाण्डे, संघ संस्थाको तर्फबाट गुल्मी वाणिज्य संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठ, विशेष अतिथि, प्रमुख अतिथि लगायत ले जिल्ला सभाको सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रमको अन्तमा संघका सभापति श्री अखिलश्वर प्रसाद पाण्डेले उपस्थित सम्पूर्णलाई धन्यवाद सहित उद्घाटन सत्रको समापन गर्नुभएको थियो।

Address

Gulmi Tamghas
0977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97779520232

Website

Alerts

Be the first to know and let us send you an email when NNJS Gulmi District Eye Care Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NNJS Gulmi District Eye Care Centre:

Share