21/09/2022
हार्दिक बधाई !,, विद्यार्थीको कार्यक्रम, विद्यार्थीद्वारा नै संचालन................
१० औ राष्ट्रिय विज्ञान दिवसको अवसरमा, Gyanodaya STEM club ले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
पुरस्कार वितरण कार्यक्रम संचालक: STEM सचिव, दिपिका खराल, पुरस्कार दिने: STEM अध्यक्ष: दिपक भण्डारी, टीका लगाइदिने: सहायक प्र.अ.चुन्न प्रसाद अर्याल। कार्यक्रम छोटो समयमा स्कुलको बिहानी सभामा भएको थियो।
कक्षा ९-१२ निबन्धको शिर्षक: "विज्ञान र प्रविधिमा लगानीको विस्तार: समुन्नति र समृद्धिको आधार" (नेपालीमा)
कक्षा ६-८ शिर्षक: "Role of Science and technology in everyday life" (in English)
मूल्यांकनमा रहने गुरुहरु, सम्पूर्ण प्रतियोगी भाइबहिनीहरु, STEM सदस्य र समग्र विद्यालय परिवारप्रति हार्दिक आभार।
र यो पनि...
विज्ञान दिवस, असोज १ को सन्दर्भ:
🥀🥀🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🥀🥀🌹🌹
राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।
नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । यस वर्ष, २०७९ को दशौ विज्ञान राष्ट्रिय विज्ञान दिवसको नारा: "विज्ञान र प्रविधिमा लगानीको विस्तार: समुन्नति र समृद्धिको आधार" रहेको थियो।
स्रोत: विकिपिडिया