Bakrang - बक्राङ

Bakrang - बक्राङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bakrang - बक्राङ, Community Organization, Gorkha.

साविकका ६ वटा गा.वि.स.हरु मिलेर बनेको शहिद लखन गाउँपालिकाको ९ वटा वडा मधयेको एक वडा नं १ जुन साविक वक्राङ गा.वि.स. तथा भोगटेनी गा.वि.स.को क्षेत्र समेटिएको वडा हो ।
क्षेत्रफलः- २६.१ वर्ग कि.मि
जनसंख्याः- ३०१९ (२०७८ को जनगणना अनुसार) शहिद लखन गाउँपालिकाको यो वडा साबिकको बक्राङ्ग गाबिसका सम्पूर्ण वडाहरुलाई समेटेर बनेको छ। यसको कुल क्षेत्रफल २६.१ वर्ग किलोमिटर रहेको छ, जुन उल्लेखनीय आकारको छ। यो क्षेत

्रफलले यस वडाको भौगोलिक महत्त्व र विविधतालाई प्रतिबिम्बित गर्दछ।
जनसंख्याको हिसाबले, राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार यस वडामा ३०१९ जनाको बसोबास रहेको छ। यो जनसंख्याले यहाँको सामाजिक र सांस्कृतिक विविधतालाई झल्काउँछ। यस क्षेत्रमा विभिन्न जातजाति, भाषा र संस्कृतिका मानिसहरूको बसोबास रहेको अनुमान गर्न सकिन्छ।
यस वडाको एक विशेष आकर्षण भनेको यहाँ रहेको प्रसिद्ध धार्मिक स्थल सिद्ध लखन गुफा हो। यो गुफा न केवल स्थानीय बासिन्दाहरूको लागि महत्त्वपूर्ण छ, बल्कि यसले पर्यटकहरूलाई पनि आकर्षित गर्दछ। सिद्ध लखन गुफाले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्वलाई बढाएको छ, र यो स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ।
यस वडाको विकासको सन्दर्भमा, यहाँको भौगोलिक विशेषता, जनसंख्याको आकार र धार्मिक महत्त्वले विभिन्न अवसरहरू प्रदान गर्दछ। कृषि, पर्यटन र लघु उद्योगहरूको विकास गरेर यस क्षेत्रको आर्थिक उन्नति गर्न सकिने सम्भावना रहेको छ। साथै, स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्दै आधुनिक विकासलाई एकीकृत गर्ने चुनौती पनि रहेको छ।

सपत ग्रहण।
27/03/2026

सपत ग्रहण।

बालेन्द्र शाह नेपालको ४३ औं प्रधानमन्त्री बनेका छन्।हार्दिक शुभकामना।🙏🙏
27/03/2026

बालेन्द्र शाह नेपालको ४३ औं प्रधानमन्त्री बनेका छन्।
हार्दिक शुभकामना।🙏🙏

गोरखा क्षेत्र नं. १ का विजेता मा. सुधन गुरुङ गृहमन्त्री बन्ने कुरा छ ।😯यस विषयमा के छ तपाईहरूको राय ?
27/03/2026

गोरखा क्षेत्र नं. १ का विजेता मा. सुधन गुरुङ गृहमन्त्री बन्ने कुरा छ ।😯
यस विषयमा के छ तपाईहरूको राय ?

27/03/2026

आज को को मन्त्रि बन्ला त ?

20/03/2026

हावाहुरी चल्न थालेको छ, आफ्नो ख्याल गर्नुहोला।

गरिब घरपरिवार पहिचान गर्न परिवारको तथ्याङ्क सङ्कलन गर्नको लगि गणकहरुको आवश्यकता सम्बन्धी सूचना।
19/03/2026

गरिब घरपरिवार पहिचान गर्न परिवारको तथ्याङ्क सङ्कलन गर्नको लगि गणकहरुको आवश्यकता सम्बन्धी सूचना।

भोलि र पर्सि ख्याल गर्नुहोला। 🙏
19/03/2026

भोलि र पर्सि ख्याल गर्नुहोला। 🙏

भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
तसर्थ, काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं। हेलो गृह मन्त्रालय

😭😭
14/03/2026

😭😭

मनकामना दर्शनबाट फर्किंदै गर्दा गोरखामा माइक्रो बस दुर्घटना, ७ भारतीय तीर्थयात्रीको मृत्यु | Kantipur Samachar

माइक्रो दुर्घटना, ७ जनाको मृ´त्यु😭😭मनकामना दर्शन गरी फर्कँदै गरेको वागमती प्रदेश–००६ ख ८४३० नम्बरको EV माइक्रो बस गोरखा–...
14/03/2026

माइक्रो दुर्घटना, ७ जनाको मृ´त्यु😭😭

मनकामना दर्शन गरी फर्कँदै गरेको वागमती प्रदेश–००६ ख ८४३० नम्बरको EV माइक्रो बस गोरखा–मनकामना–रामशाहाघाट सडकखण्ड अन्तर्गत शहीद लखन गाउँपालिका–३, कन्टारमा आज बेलुका करिब ८:१५ बजे दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ।

माइक्रोमा सवार १४ जनामध्ये ७ जना घाइते भएका छन् भने ७ जना भारतीय नागरिकको घटनास्थलमै दुःखद निधन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घाइतेहरूको उद्धार तथा उपचारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, वडा अध्यक्ष दीपक पाण्डे, जनप्रतिनिधिहरू तथा स्थानीयवासीहरू सक्रिय रूपमा खटिनु भएको छ। घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ।

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। साथै दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।

🗓️ २०८२/११/३०

.....र अन्तमा निर्वाचन आयोगले समानुपातिक तर्फको ११० सिटको टुङ्गो लगाएको छ !😊✔️राष्ट्रिय स्वतन्त्र पार्टी ५७ सिट ✔️नेपाली...
12/03/2026

.....र अन्तमा निर्वाचन आयोगले समानुपातिक
तर्फको ११० सिटको टुङ्गो लगाएको छ !😊
✔️राष्ट्रिय स्वतन्त्र पार्टी ५७ सिट
✔️नेपाली कांग्रेस पार्टी २० सिट
✔️नेकपा एमाले १६ सिट
✔️नेकपा ९ सिट
✔️श्रम संस्कृति पार्टी ४ सिट
✔️राष्ट्रिय प्रजातन्त्र पार्टी ४ सिट

गोरखा नगरपालिका द्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय  उपप्रमुख महिला  भलिबल कप २०८१ को सेमिफाइनल खेलमा शहीद लखन गाउपाल...
06/04/2025

गोरखा नगरपालिका द्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय उपप्रमुख महिला भलिबल कप २०८१ को सेमिफाइनल खेलमा शहीद लखन गाउपालिका को टोलि बारपाक सुलिकोट गाउँपालिका सङ्ग ३-० को सोझो सेटमा पराजित भएको छ।

खेल मैदानमा पुगेर खेलाडीको हौसला बढाउनु भएकोमा गाउपालिका अध्यक्ष रमेश बाबू थापा मगर र उपाध्यक्ष इन्दिरा तिवारी ज्यु लाई धेरै धेरै धन्यवाद।
खेला अबधिभर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद।

साथै भोलि ८ बजे 3rd Place को लागि खेल रहेकोले सबै खेलप्रेमिहरमा उपस्थित भई खेलाडिकहरूको भनोवल बढाइदिनुहुन अनुरोध छ।

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Bakrang - बक्राङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share