14/06/2026
खरिबोट यूथ क्लबका संस्थापक अध्यक्ष चुडामणि ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट प्रदेश सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा खरिबोट यूथ क्लब परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
युवा नेतृत्व, सामाजिक उत्तरदायित्व र समाज परिवर्तनप्रतिको तपाईंको निरन्तर समर्पणले आगामी दिनमा पनि गण्डकी प्रदेश, समाज तथा राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं। यस नयाँ जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्दै थप उचाइ हासिल गर्न सक्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
खरिबोट यूथ क्लब
अजिरकाेट गाउँपालिका-२, गाेरखा।