27/09/2026
सम्पूर्ण क्षेत्रीय प्रतिनिधि साथीहरूमा अमूल्य मत दिई विजयी गराउनुहुन हार्दिक अपिल 🙏🏻🙏🏻🙏🏻
निर्माण व्यवसायी भण्डारी कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार
दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा प्रवीन कुमार भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ।
निर्माण व्यवसायमा लामो समयदेखि सक्रिय भण्डारी दाङ निर्माण व्यवसायी संघका अध्यक्षसमेत हुनुहुन्छ। निर्माण क्षेत्रको अनुभवसँगै व्यवसायीका समस्या, निजी क्षेत्रको विकास तथा सामाजिक गतिविधिमा समेत उहाँ सक्रिय रहँदै आउनुभएको छ।
भण्डारीले निर्माण व्यवसायीका साथै समग्र निजी क्षेत्रका समस्या र सरोकारलाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ। उहाँले पार्टी संगठनलाई थप प्रभावकारी बनाउँदै व्यवसायी, युवा तथा आम नागरिकका सवाललाई कांग्रेसको राजनीतिक एजेन्डासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि विभिन्न समूह तथा व्यक्तिहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। कांग्रेसको १५औँ महाधिवेशनको क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिरहेको छ।