पर्यावरण प्रहरी

पर्यावरण प्रहरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पर्यावरण प्रहरी, Environmental conservation organisation, Ghorahi.

पर्यावरण एक बृहत र निक्कै गह्रुङ्गो विषय हो । पर्यावरणीय बहसमा धेरै बिरोधाभाषी तर्क पनि छन । पर्यावरणीय समस्या,  पर्यावर...
23/01/2025

पर्यावरण एक बृहत र निक्कै गह्रुङ्गो विषय हो । पर्यावरणीय बहसमा धेरै बिरोधाभाषी तर्क पनि छन । पर्यावरणीय समस्या, पर्यावरणीय संकट हुँदै हामी पर्यावरणीय आपतकालको अवस्था सम्म आइपुगेका छौँ । तर पर्यावरणको मुद्दामा हामी आम नागरिकले बुझ्नुपर्ने के हो ? अनि गर्नुपर्ने के हो ? भन्ने विषयमा धेरै अन्यौलता छ । यसै मेसोमा खासमा हामिले पर्यावरण सम्बन्धि बुझ्नुपर्ने र पहल गर्नुपर्ने बिषयमा अबधारणा निर्माण गर्न वा खारिन लेखक तथा अध्येता Jiwan Kshetry सङ्ग भर्चुअल सम्बाद गर्दैछौं । इच्छुक सबैलाई यस सम्बाद कार्यक्रममा जोडिन अपिल गर्दछौं ।

Zoom मिटिङ linkको लागी यहाँ क्लिक गर्नुहोला !
Click https://us04web.zoom.us/j/76176473071?pwd=7wemDLogIWE9bRhEozhCoThhN3wkbC.1 to start or join a scheduled Zoom meeting.

"प्लास्टिक साच्चिकै भयावह समस्या हो साथै बेलगाम प्लास्टिकजन्य बस्तु प्रयोग गर्नु र पर्यावरणमा छरपष्ट फ्याँक्नु अत्यन्तै ...
23/12/2023

"प्लास्टिक साच्चिकै भयावह समस्या हो साथै बेलगाम प्लास्टिकजन्य बस्तु प्रयोग गर्नु र पर्यावरणमा छरपष्ट फ्याँक्नु अत्यन्तै घृणित कार्य हो ।" भन्ने कुराको बोध हाम्रो मस्तिष्कमा छिर्न बडो मुस्किल छ । पर्यावरण प्रहरी को चौथो हप्ता सम्म आइपुग्दा हाम्रो सफाइ सस्कृती र पर्यावरणीय चेत निक्कै निक्कै टिठलाग्दो छ ।
सानो बालकलाई गृहकार्य गराउन जसरी अनेक उपाए रचिन्छ, अनेक दृष्टान्त दिएर सम्झाइन्छ त्यसरी प्लास्टिक प्रदुषण बिरुद्ध अनेक दृष्टान्त अनेक औजार प्रयोग गरिसकियो तर अहँ हामी सुध्रिनेवाला छैनौं ।

भिङ्ग्रेली चोक घोराही दाङ्ग देखि पुर्वतर्फको बाटोको दायाँबायाँ किनारबाट सङ्कलित केवल प्लास्टिक फोहोर मात्र हो यो ।

#पर्यावरण_प्रहरी
#चौथो_हप्ता
#सम्बत_२०८०/०९/०६

पर्यावरण प्रहरी  अभियान अन्तर्गत आज पनि अघिल्लो शनिवार सफाइ गरेको स्थान (भिङ्ग्रेली चोक देखि पुर्वतर्फको बाटो) मा प्लास्...
16/12/2023

पर्यावरण प्रहरी अभियान अन्तर्गत आज पनि अघिल्लो शनिवार सफाइ गरेको स्थान (भिङ्ग्रेली चोक देखि पुर्वतर्फको बाटो) मा प्लास्टिकजन्य फोहोर सफाइ गरियो । अवस्था अत्यन्तै निराशाजनक छ । तस्विरमा देखिने ४ बोरा सबै प्लास्टिकजन्य फोहोर (अधिकांश गुट्खाको खोल) हो । स्थानियको सहभागिता निक्कै पातलो छ । अत्यन्तै चासो दिएर आउने स्थानियवासि Topendra Devkota दाइ , Hemraj Sharma दाइ र Brain Adhikari सरलाई धन्यबाद ।

१) प्लास्टिकको स्रोतमै लगाम लगाउने
२) प्लास्टिकजन्य बस्तु पुन प्रयोग वा दिगो प्रयोग गर्ने
३) रिसाइकल सेन्टरमा दिने
४) केही उपाए नलागे पर्यावरणमा छरपस्ट नहुने गरि डम्पिङ्ग साइड सम्म पुर्याउने

हामिले गरेको काम चौथो हो । जब सम्म हामी पहिलो उपाएमा गम्भीर हुँदैनौ तब सम्म परिणाम शून्य नै हुनेछ ।

हामीलाई हाम्रो साक्षरता दर (७४%) ले गिज्याइरहेको छ । साक्षरता प्रतिशतको इज्जत गर्न भए पनि हामी सुध्रीऔँ । प्लास्टिककै कारण हाम्रा 'देवता' (भु-देवता, जल देवता र वायु देवता) माथी भैरहेको अत्याचार हामी आफै रोकौँ ।

अर्को हप्ता सहभागिता बढ्ने अपेक्षा छ । किनकी हामिले आसन ग्रहण र भाषणको कार्यक्रम राख्ने बारे सोच्दैछौँ ।

पर्यावरण प्रहरिमा भर्ती हुने समSameer Oli Tilak Kc Amit Ghimire Ravi Ravi Bipin Acharya लगायत सबैजनालाई धेरै धन्यबाद ।

९५% प्लास्टिकजन्य सामान त्यस्ता छन जसको प्रयोग नगर्दा हाम्रो दिनचर्या रोकिदैन, हामीलाई कुनै आर्थिक क्षती, स्वास्थ सम्बन्...
09/12/2023

९५% प्लास्टिकजन्य सामान त्यस्ता छन जसको प्रयोग नगर्दा हाम्रो दिनचर्या रोकिदैन, हामीलाई कुनै आर्थिक क्षती, स्वास्थ सम्बन्धि क्षती वा ब्यक्तिगत बृत्ती बिकासमा अबरोध पुग्दैन । बरु प्रयोग गर्दा उल्टै घाटा हुने पो देखिन्छ । तर पनि हामी बेलगाम प्लास्टिक प्रयोग गर्छौं । स्वास्थ्य त बिगार्छौँ नै धर्ती र पर्यावरण पनि बिगार्छौँ । गाई काटिदा उर्लिने हाम्रो धार्मिक आस्था आफ्नै देवता (भु-देवता, जल देवता र वायु देवता ) माथी यस्तो अत्याचार हुँदा चुपचाप हुन्छ । चेतना छैन भनुँ भने बिद्यालयका पाठक्रममा सरसफाइ पढाइएकै छ । सबैका हातमा स्मार्ट फोन छ । यो फोन भित्र सारा ब्रह्माण्ड छ । टोल समुदायमा बिदेशका समृद्द शहर नपुगेका मान्छे बिरैलै छन । यो फोहोरि आचरण देख्दा तथ्यांकमा उल्लेखित हाम्रो साक्षरता दरले आफै लाज मान्दो हो ।
#पर्यावरण_प्रहरी
#दोस्रो_हप्ता
#घोराही_दाङ्ग

घोराही उपमहानगरपालिकाको आधिकारिक तथ्यांक अनुसार यहाको साक्षरता प्रतिशत ७३.५८% रहेछ । यो गुट्खा लगायत प्लास्टिकजन्य फोहोर...
09/12/2023

घोराही उपमहानगरपालिकाको आधिकारिक तथ्यांक अनुसार यहाको साक्षरता प्रतिशत ७३.५८% रहेछ ।
यो गुट्खा लगायत प्लास्टिकजन्य फोहोरको डङ्गुर यसै पालिकाको नाभि स्थल वडा नं. १५ को भिङ्रेली चोक देखि ज्योतिपुञ्ज स्कुल सम्मको ५० मिटर दुरिबाट सङ्कलन गरिएको जो । यो सबै फोहोर गर्ने तिनै २६.४२% निरक्षर हुन । पर्यावरण प्रहरिको यस अभियानमा जोडिने Tilak Kc Bhabindra Puri Lalit Roka Archana Bhusal Pramila Chaudhary घनश्याम अस्तित्व Lumakant Dangi Sameer Oli Bipin Acharya लगायत सबैजनालाई हार्दिक धन्यबाद ।

यो जिल्ला अदालत र सरकारी वकिलको कार्यालय, घोराही उपमहानगरपालिका -१५   अगाडीको करिब ५० मिटर दुरिको सडक किनाराबाट सङ्कलित ...
08/12/2023

यो जिल्ला अदालत र सरकारी वकिलको कार्यालय, घोराही उपमहानगरपालिका -१५ अगाडीको करिब ५० मिटर दुरिको सडक किनाराबाट सङ्कलित प्लास्टिक फोहोर हो ।

५० मिटरको दुरिमा छरपस्ट रुपमा रहेको फोहोरको आयतन डरलाग्दो छ । गुट्खा लगायतका सुर्तिजन्य प्याकेटको हिस्सा झनै चिन्ताजनक छ । गुट्खा दोहोरो क्यान्सर (शरिरलाई पनि धर्तीलाई पनि ) को स्रोत हो । चिप्स, चाउचाउ, कुरुकुरे पानीको बोटल लगायतका सिङ्गल युज्ड प्लास्टिक सकेसम्म प्रयोगै नगरौं अथवा न्यून प्रयोग गरौँ । अब धर्तिले थेग्न सक्दैन । यत्ती गर्नलाई ब्यबस्था परिवर्तन हुनुपर्दैन, नेतृत्व परिबर्तन हुनुपर्दैन ।

यस्ता स-साना रङ्गिचङ्गी र बहुतह ( multilayer ) भएका प्लास्टिकको पुनः प्रशोधन ( recycle) असम्भव जस्तै हुन्छ । यी स-साना प्लास्टिक वातावरणमा छरपस्ट हुँदा समयक्रममा यिनी अत्यन्तै सूक्ष्म प्लास्टिक (Micro plastic ) मा रुपान्तरण हुन्छन र आँखाले नदेखिने आकारमा माटो, पानी र हावामा मिसिन्छन जसको परिणाम कति भयानक हुन्छ त्यो भनिराख्नु परोइन ।

अब गर्ने के ?

प्लास्टिक सकेसम्म प्रयोग नगर्नु । प्रयोग गरे पनि पुनः प्रयोग गरिरहनु । त्यति पनि नसके पुनः प्रशोधन हुने गरि प्रशोधन गृहलाई दिनु । त्यति पनि सकिएन भने वातावरणमा छरपस्ट (spread) नहोस भन्नका निमित्त डम्पिङ्ग साइडमा दिनु । यदि यसो गरिएको छैन भने "म पृथ्वीको भार हुँ , यसर्थ मेरो जुनिलाई धिक्कार छ । अब म यो अपराधको सागरवाट मुक्ती चाहन्छु " भनी आजैका दिनमा सुध्रने प्रण गर्नु ।

यो एक असंगठित 'पर्यावरण प्रहरी अभियान' हो । अब यो प्रत्येक शनिबार निरन्तर रहनेछ । जङ्गली, ढुङ्गे,गुफा, कृषी युग हुँदै हामी यो आधुनिक 'सभ्यता'को युगमा आइसक्यौँ तर 'सभ्य' हुन सकेनौँ, 'मान्छे' बन्न सकेनौं । 😥

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when पर्यावरण प्रहरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share