नेपाल महिला सामुदायिक सेवा केन्द्र -Nepal Women Community Service Center

  • Home
  • Nepal
  • Ghorahi
  • नेपाल महिला सामुदायिक सेवा केन्द्र -Nepal Women Community Service Center

नेपाल महिला सामुदायिक सेवा केन्द्र -Nepal Women Community Service Center Nepal women community service center(NWCSC) is an non-governmental, essentially non- political and non-profit makingorganization.

This organization has been registered in District Administration Office Dang in 1993.

नेपाल महिला सामुदायिक सेवा केन्द्र तथा फेयरमेड फाउन्डेसन नेपालको सहकार्यमा सञ्चालित प्रेरणा परियोजना अन्तर्गत बबई गाउँपा...
11/06/2026

नेपाल महिला सामुदायिक सेवा केन्द्र तथा फेयरमेड फाउन्डेसन नेपालको सहकार्यमा सञ्चालित प्रेरणा परियोजना अन्तर्गत बबई गाउँपालिका दाङमा रहेका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई फिजियोथेरापी मार्फत नापजाप कार्यक्रम सम्पन्न

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित प्रेरणा परियोजना अन्तर्गत दंगिशरण गाउँपाल...
11/06/2026

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित प्रेरणा परियोजना अन्तर्गत दंगिशरण गाउँपालिकामा पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुति सेवा युक्त पालिका सुनिश्चिचता तथा दिगोपना एवं स्वस्थ्य प्रतिस्पर्धा कार्यक्रम मा दंगिशरण गाउँपालिका अध्यक्ष श्री शम्भु गिरीकाे अध्यक्षतामा
सम्पन्न भयाे । कार्यक्रममा उपस्थित सम्पूर्णमा धेरै धेरै धन्यवाद

दंगिशरण गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र, दाङको साझेदारीमा सञ्चालित “कृषि तथा पशु...
09/06/2026

दंगिशरण गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र, दाङको साझेदारीमा सञ्चालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना” अन्तर्गत गाउँपालिकाभित्रका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि यान्त्रिकरण सामग्री वितरण गरिएको छ।
कार्यक्रममार्फत मिनी टिलर, रिपर, च्याप कटर तथा सिँचाइका लागि आवश्यक विभिन्न कृषि उपकरणहरू हस्तान्तरण गरिएको छ। यस पहलले कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानहरूको आयआर्जन वृद्धि गर्दै दिगो कृषि विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
सामग्री वितरण कार्यक्रममा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, नेपाल महिला सामुदायिक सेवा केन्द्र, दाङकी अध्यक्ष कल्पना न्यौपाने, संस्थापक अध्यक्ष बिमला योगी, हेफर प्रोजेक्ट नेपालका प्रतिनिधिहरू, साझेदारी परियोजनाका कार्यक्रम अधिकृत शरद पोखरेल, कृषि शाखा प्रमुख स्वरूप भुसाल तथा परियोजनाका कार्यक्रम संयोजक गोमा भट्टराई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण कृषि सहायक अधिकृत मानबहादुर डाँगीले गर्नुभएको थियो।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, नेपाल पत्रकार महासंघ दाङ र दाङ महिला जेसिजको संयुक्त आयोजनामा विश्व वातावरण दिवस...
05/06/2026

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, नेपाल पत्रकार महासंघ दाङ र दाङ महिला जेसिजको संयुक्त आयोजनामा विश्व वातावरण दिवसको अवसरमा नेपाल पत्रकार महासंघको परिसरमा वृक्षारोपण गरिएको छ । वृक्षाराेपण कार्यक्रममा सहभागी सम्पूर्णमा धेरै-धेरै धन्यवाद ।

05/06/2026
नेपाल महिला सामुदायिक सेवा केन्द्र, घोराही दाङद्वारा सञ्चालित “विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम” अन्तर्ग...
04/06/2026

नेपाल महिला सामुदायिक सेवा केन्द्र, घोराही दाङद्वारा सञ्चालित “विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम” अन्तर्गत
गढवा गाउँपालिका वार्ड नं 5 को श्री माध्यमिक विद्यालय चैनपुर र ज्योति माध्यमिक विद्यालय राजपुर २ मटेरियाका ३ सय बढि छात्राहरूलाई पुन: प्रयाेग गर्न मिल्ने सेनेटरी प्याड सामग्री वितरण गरिएकाे छ । संस्थाका सचिव शिवा याेगीकाे उपस्थितिमा विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको हाे । त्यसमा अवसरमा सेनेटरी प्याड प्रयोगबारे कार्यक्रम संयोजक कल्पना डाँगीले जानकारी गराउनुभएको थियो।

घोराही उपमहानगरपालिकाका दुई विद्यालयका ३० जना बालबालिकाहरुलाई शिक्षामा सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका वडा न. ५ क...
26/05/2026

घोराही उपमहानगरपालिकाका दुई विद्यालयका ३० जना बालबालिकाहरुलाई शिक्षामा सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका वडा न. ५ को महेन्द्र आधारभुत विद्यालय र प्रज्ञान एकेडेमी घोराही उपमहानगरपालिका १३ का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङमा संस्थापक अध्यक्ष बिमला योगीले स्थापना गर्नुभएको ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तरगत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको हो । महेन्द्र आधारभुत विद्यालयका २० र प्रज्ञान एकेडेमीका १० जना ३० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, कपी, कलम लगायत सामाग्री सहयोग गरिएको हो । साथै उनीहरुको भर्ना एवं वार्षिक शुल्क विद्यालयलाई बुझाईएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगी र सचिव शिवा योगीको उपस्थितिमा विद्यालयमै पुगेर शैक्षिक सामाग्री प्रदान गरिएको थियो । प्रज्ञान एकेडेमीका प्रन्सिपल विरेन्द्र चन्दको अध्यक्षतामा भएको कार्यक्रममा १० जना बालबालिकाहरलाई शैक्षिक सहयोग प्रदान गरिएको थियो भने महेन्द्र आवाशीय माविमा सह प्रधानाध्यापक निर्मला हमालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको थियो ।
त्यस अवसरमा छात्राहरुलाई महिला स्वःरोजगार केन्द्रले उत्पादन गरेको सेनेटरी प्याड वितरण गरिएको थियो । महेन्द्र आवाशीय माविका ६० जना छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो । त्यस अवसरमा कार्यक्रम संयोजक कल्पना डाँगीले स.स्थागत जानकारी सहित छात्राहरुलाई सेनेटरी प्याड प्रयोगबारे जानकारी गराउनुभएको थियो । साथै उहाँल्े नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले जिल्लाका विद्यालयहरुमा ग्रीन क्लब गठन गरेर विभिन्न क्रियाकलापहरु पनि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

जेसी संवेदनशील योजना र बजेट सम्बन्धी अन्तरक्रियाआर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट बिनियोजन गर्ने समयलाई मध्यनजर गर्दै जि...
26/05/2026

जेसी संवेदनशील योजना र बजेट सम्बन्धी अन्तरक्रिया

आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट बिनियोजन गर्ने समयलाई मध्यनजर गर्दै जिल्लाको ग्रामीण भेगका ६ वटा गाउँपालिकाहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । फेरमेड फाउण्डेशन नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा जिल्लामा सञ्चालित प्रेरणा परियोजना अन्तरगत जिल्लाको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा छलफल गरिएको थियो ।
कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा लगायत सम्बन्धीत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा फेरमेड फाउण्डेशन नेपालका समावेशीकरण तथा स्वास्थ्य प्रवद्र्धन विशषज्ञ तुलसीराम खनालले स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

Address

Dang
Ghorahi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नेपाल महिला सामुदायिक सेवा केन्द्र -Nepal Women Community Service Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल महिला सामुदायिक सेवा केन्द्र -Nepal Women Community Service Center:

Share