ग्रामीण समुदाय विकास केन्द्र RCDC डोटी

  • Home
  • Nepal
  • Doti
  • ग्रामीण समुदाय विकास केन्द्र RCDC डोटी

ग्रामीण समुदाय विकास केन्द्र RCDC डोटी RCDC is a non profitable non governmetal organisation established in Badikedar Rural municipality-3,Doti.

जानकारी।
08/01/2026

जानकारी।

ग्रामीण समुदाय विकास केन्द्र कार्य समिति तथा उप समितिका सम्पूर्ण पदाधिकारी ज्युहरू, कार्यरत कर्मचारी ज्यूहरू, संस्थापक स...
12/10/2024

ग्रामीण समुदाय विकास केन्द्र कार्य समिति तथा उप समितिका सम्पूर्ण पदाधिकारी ज्युहरू, कार्यरत कर्मचारी ज्यूहरू, संस्थापक सदस्य ज्युहरू, आजीवन सदस्यहरू, मानार्थ सदस्यहरू, साधारण सदस्यहरू, गठन तथा परिचालन गरिएका सम्पूर्ण समूहका सदस्यहरू, संस्थाबाट सेवा तथा लाभ प्राप्त गर्ने लाभग्राहीहरू, दातृ निकायका पदाधिकारीहरू लगायत सम्पूर्णमा विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
ग्रामीण समुदाय विकास केन्द्र
डोटी

29/09/2024

साधारण सभा बस्ने सम्बन्धि सूचना!
संस्थामा आवद्ध सम्पूर्ण संस्थापक, आजीवन तथा साधारण सदस्य ज्यूहरू।
यस संस्थाको बार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा बस्ने भएकोले उक्त साधारण सभामा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ।

ऐनबहादुर भण्डारी
कार्यसमिति सचिव
तपसिलः
मिति:२०८१।०६।१५
समयः १ बजे दिउँसो
स्थानः केन्द्रीय कार्यालय, बडीकेदार ~३,चवाँला

13/09/2024

अविरल बर्षाको कारण जताततै भौतिक तथा मानवीय क्षतिको दुखद खबरहरु आउन थालेका छन र बर्षा अझै रोकिएको छैन । भिमदत्त तथा केआइसिँह राजमार्ग, सहजपुर बोगटान सडक लगायत अन्य कतिपय सडक सञ्जालहरु पनि अवरुद्ध भएका जानकारी प्राप्त भएको छ । डोटीको वायलमा बालिका बगेर बेपत्ता भएको दुखद खबर छ । यस्तो मौसममा यात्रा नगर्नुहुन दैनिक घरायासी कामकाज गर्दा पनि सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध छ ।

22/08/2024

एक आँखे आमा
एक दुर्गम गाउँमा एक जना जमुना नाम गरेकी केटी थिइन । उनको एक जना जोडी मिल्ने केटा हर्कसँग विहे भयो । तिनिहरुको प्रेम सम्बन्ध राम्रै चलिरहेको थियो । विहे भएको एक बर्षपछि तिनीहरुको एक छोरो नविन जन्मियो । अब छोरो नविन पनि ५ बर्षको भयो । गाउँको विद्यालयमा पियनको आबश्यकता पर्‍यो । तर थोरै तलब सुविधा भएकोले जागिरका लागि कसैले रुची देखाएनन । जमुना थोरै तलबमा काम गर्न राजी भइन् र उक्त विद्याललयमा पियन भइन् । नविन आमा पियन भएको विद्यालयमा भर्ना भयो । उ पढ्नमा अब्बल भएर निस्क्यो। सधैँ आमा छोरा संगै विद्यालय जाने गर्थे । तर दुःखको कुरा जमुना विलालयमा काम गर्न गएको हर्कलाई मन परेको थिएन । कारण गाउँमा उसलाई अरुले गोरु जोत्छन तँ गाई जोत्छस भनेर जिस्काउँथे । उसले श्रीमतिलाई जागिर छोड्न कर गर्‍यो । तर जमुनाले थोरै तलब भएपनि छोरोसँगै विद्यालय जान पाइने तथा छोराको हेरचाह गर्न पाइने कारणले जागिर छोड्न मानिनन् । अब हर्कले श्रीमतिलाई हेला गर्न थाल्यो । श्रीमती घरमा नभएको बेला उ कहाँ जान्थ्यो जमुनालाई कुनै जानकारी हुँदैनथ्यो । हर्क दिनहुँ गाउंकी एक जना महिलासंग लसपस गर्दो रहेछ । दुई चार महिनासम्म संगै बस्ने हाँस खेल गर्ने र आँखा छली अनैतिक सम्बन्ध गाँस्दा गाँस्दै हर्कले ति महिलालाई भत्र्याई छोड्यो। त्यति मात्र होइन¸उसले जेठीलाई घरबाटै निकाल्यो । जमुना गाउँमै झुपडी लगाएर छोरासँग बस्न थालिन र छोरोलाई पढाउन थालिन । विद्यालयबाट थोरै तलब आउने र शुक्रबार तथा शनीबारका दिन गाउँमा थप ज्यालादारी काम गरेर जेनतेन छोराको पढाई खर्च र खाना तथा लत्ता कपडाको जोहो गर्न पुगेको थियो । अब छोरो अलि ठूलो भइसकेको थियो । उ पाँच कक्षामा पढ्दै थियो । छोरोलाई विलालयमा सबैले एक आँखे आइमाईको छोरो भनेर जिस्काउने गर्थे । पियनको छोरो भनेर हेला गर्थे ।
उसले आमालाई भन्यो- आमा म यस विद्यालयमा पढ्दैन ।
आमाले सोधे- किन र बाबु, के भयो र ?
छोरोले जवाफ दियो- तपाइँको एक आँखा मात्र छ । सबैले मलाई एक आँखेको छोरो भनेर जिस्काउँछन । अनि जावो पियन काम गर्ने आइमाईको छोरो भनेर जिस्काउँछन । म यस विद्यालयमा पढ्दिन ।
आमाले सम्झाईन्- बाबु तिमीले जसरी पनि पढ्नु पर्छ । तिम्रो बुवाले पनि हामीलाई हेलाँ गर्नुभएको छ । तिमीले धेरै पढेर असल र सफल मान्छे बन्नु पर्छ । साथीहरुले जिस्काएर के नै हुन्छर । सहनुपर्छ बाबु ।
छोरोले जिद्दि गर्‍यो- नाइँ के आमा म त्यस विद्यालयमा पढ्दै पढ्दिन । त्यसै विद्यालयमा पढ्ने हो भने तपाइँले पियन काम त्याग्नु पर्छ । यात तपाइँले आँखा बनाउनुपर्छ । अथवा मैले त्यस विद्यालयलाई छोड्नुपर्छ । मेरा साथीहरुले तपाइँलाई त्यसरी हेपेर जिस्काएको सहन सक्दिन ।
आमा लाचार भइन र छोरोलाई गाउँभन्दा अलि टाढाको विद्यालयमा भर्ना गरिन् । अब आमालाई पहिलेको तुलनामा बढी खर्च भार पर्न थाल्यो । छोरो घरबाट रासन लिएर जान र आफ्नो खाना आफै पकाई खान सक्ने भइसकेको थियो । आफूसंग रुपैया अभाव भएको बेला उनी ऋण गरेर भएपनि छोरालाई अभाव हुन थिन्थिनन । नविन निकै लगनशिल भएर मेहेनतका साथ पढ्छोन थाल्रोयो । उसले उक्त विद्यालयबाट चार बर्षको कठोर परिश्रमपछि उत्कृष्ट अंकका साथ विशिष्ट श्रेणीमा एसएलसी उत्तिर्ण गर्‍यो । उसले काठमाण्डुको एक नमुना आवासीय माध्यमिक विद्यालयमा आवासीय सुविधा सहित प्रविणता प्रमाण पत्र तह निःशुल्क पढ्ने अवसर पायो । नविन गाउँमा दुःखमा हुर्केकोले उसलाई काठमामाण्डौँ बस्न समस्या लागेन । किनकी उसलाई गाउँको विद्यालयमा पढ्दा जस्तो आफैले खाना बनाएर खानु पर्दैनथ्यो । विद्यालयले सञ्चालन गरेको मेसमा खाना खान्थ्यो । उसले पाएको अवसरलाई भरपुर सदुपयोग गर्‍यो । उसले प्लस टु पनि विशिष्ट अंकका साथ उत्तिर्ण गर्‍यो । यत्तिकैमा उसले जर्मनमा ब्याच्लरको छात्रबृत्तिमा निःशुल्क अध्ययनको लागि आबेदन फाराम खुलेको सूचना प्राप्त गर्‍यो र आवेदन पनि गर्‍यो । उसको उत्कृष्ट अंकमा एसएलसी उत्तिर्ण भएको र प्रबेश परीक्षामा निकै राम्रो गरेकोले उसले जर्मनमा अध्ययनको लागि पनि छात्रबृत्तिको कोटा प्राप्त गर्‍यो । उ सँग भिसा प्रक्रियाको लागि चाहिने आबश्यक कागजातहरु तयार पार्‍यो र ऋणको जोहो गरेर अध्ययनका लागि जर्मन गयो । जर्मनमा पनि उसले निकै मेहेनतका साथ पढ्यो । चार दिन पढाई र तीन दिन छुट्टी हुने गर्थ्यो । हप्ताको तीन दिन उसले पार्ट टाइम काम गरेर गरेको कमाईबाट उसले ऋण तिरीसकेको थियो । चार बर्षको कठोर परिश्रमले उसले विशिष्ट श्रेणी सहित स्नातक उपाधी प्राप्त गर्यो । उसले जर्मनमै स्नातकोत्तर गर्ने पनि अवसर पायो । दुई बर्ष पछि उसले स्नातकोत्तर पनि सिध्यायो । स्नातकोत्तर अध्ययन गर्दा सम्म उसले पढाईको साथसाथै पार्ट टाइम काम गरेर काठमाण्डुमा घर बनाउन सकिने जति पैसा कमाइसकेको थियो । निकै जेहन्दार विद्यार्थी भएकोले उसले जर्मनमै काम पाउन सक्थ्यो । तर सामाजिक सञ्जालकै माध्यमबाट जर्मनमा अध्ययनरत छँदा काठमाण्डुमा शिक्षा अधिकृत पदमा सरकारी जागिर भएकी मीरा नामकी केटीसंग उसको गहिरो सम्बन्ध स्थापित भएको थियो । अध्ययन सकेपछि नविन काठमाण्डु फर्कियो । नविन र मीराको भेटपछि उनीहरुले पहिलेको प्रेम सम्बन्धलाई विहेको रुप दिने निर्णय गरे । नविन र मीराको काठमाण्डुमै विहे भयो । दुवै जनाको कमाइले उनीहरुले काठमाण्डुमा सुन्दर घर बनाए । खै किन हो नविन काठमाण्डु गएपछि एक पटक पनि आमालाई भेट्न आएको थिएन।सायद उसलाई जीवनमा कडा मेहेनत गर्दा घर फर्कने फुर्सद पाएको थिएन होला। नेपाल फर्केपछि उसले नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनायो। लोक सेवा आयोग खुलेपछि उसले उप ससचिव पदमा आवेदन दियो । मेहनतका साथ तयारी गरेकोले उसले पहिलो प्रयासमै शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा उप-सचिव पदमा नाम निकाल्यो । अब त उसलाई श्रीमतिको माया जाल र पदको जिम्मेवारीले पनि बाँध्यो । उसका छोराछोरी पनि जन्मे । समय बित्दै गयो । उसको बढुवा भयो र सहसचिव हुँदै सचिव समेत भयो । छोराछोरी पनि विद्यालय जाने उमेरका भए । तर नविनले भने काठमाण्डौँको सुन्दर घरमा आमालाई स्वागत गर्ने फुर्सत नै पाएन । आमालाई आफ्नो मेहनतको कमाइको केही अंश आमाको सहयोगको लागि घरमा पठाउने भेउ समेत पाएन ।

उता आमा जमुना भने साठी बर्षे उमेर पूरा भएको कारण उनले विद्यालयबाट बिदा लिनुपर्‍यो ।थोरै भए पनि उनको नियमित आय बन्द भयो । श्रीमानले पनि कान्छी श्रीमति हुँदासम्म जमुनालाई वास्तागर्ने कुरा आएन । कुपोषण तथा मानसिक चिन्ताको कारण उनलाई विभिन्न रोगहरुले पनि आक्रमण गरिरहेको थियो । उनले काठमाण्डौँका गल्ली गल्ली चाहारेर भएपनि एक पटक छोरोलाई भेट्ने संकल्प गरिन् । गाउँमा धेरैजसो किसानहरुले गाईभैँसी पालेका थिए । उनले गाउँभरीको दुध जम्मा गरिन र दुधको कुराउनी परिकार बनाएर कुम्लो बोकेर काठमाण्डु पुगिन । दुई चार दिन सडक गल्लीको वास गर्दै भौँतारिँदा उनले नविन सरको घर भेटाइन । उनी घरको गेटमा पुगेर ढकढक गरिन । केटाकेटीहरु खेल्दै थिए । "यस्तो फोहोरी भुतीनी आइमाई हाम्रो घरमा नआऊ" भन्दै केटाकेटीहरु भित्र पसे । नविनको मेडम निक्लिइन् र राम्ररी नियालेर हेरिन ।उनले आफ्नी सासु आमालाई देखेकी थिइनन् । झुत्रा कपडा लगाएकी, जीऊ सुकेको, कपाल सेतै फुलेको, कुम्लो बोकेको आफ्नी सासु आमालाई देखिन । उनले आमाको परिचय सोधिनन । भए जतिका माग्ने जति हाम्रै घरमा आउनुपर्छ ? एका बिहानै सायदै बिगार्नेगरी किन आउनुपरेको नि फेरी? माग्नेले पनि लुगा त सफा गर्न सक्छ नि । निक्लीहाल यहाँ तिमीले केही पाउँदैनौ भन्दै उनी भित्र पसिन र श्रीमानलाई महिलाको बारेमा बताइन । नविन बाहिर निक्लियो । उसले आमालाई चिन्यो । तर आमाको कपडा र लवाई खवाई र फेसनले उसलाई लाज लाग्यो । उसले आमालाई भन्यो- गाउँमा पढ्ने विद्यालयमा त तिम्रो कारणले म एक आँखेको छोरो भनेर मैले कति दिन बेइज्जति सहनु परेकै थियो । तिमी यहाँ पनि भुतिनीको छोरो भनेर मेरो बेइज्जति गर्न आयौ? छोराको बचनले आमाको मुटुमुटु छियाछिया भयो । तैपनि उनले छोरालाई कुनै सराप दिइनन । उनले मसिनो स्वरमा भनिन- माफ गर्नु बाबु म अर्कै घरमा जान खोजेकी थिएँ । भुलेर यस घरमा पुगेछु । दुख नमान्नु बाबु भन्दै फर्किइन ।

जमुना रुँदैरुँदै फेरि गाउँ फर्किन । उही झुपडी जहाँ काठको बार लगाइको र खरको छाना थियो अनि भुइँ चिसो थियो । त्यही चिसो भुइँमा उनको रात बित्ने गर्दथ्यो । उनलाई बिभिन्न रोग र मानसिक तनावले गर्दा रोगले च्याप्दै लग्यो र उनी थला परिन । छोरोलाई आफ्नो अवस्थाको बारेमा जानकारी दिन चाहेरै पनि सम्भव भएन । जानकारी पाए पनि छोरो गाउँ फर्केर आफूलाई भेट्ला जस्तो मनमा पनि लागेन । उनले आफनो भाग्यलाई धिकार्दै भोकभोकै जीवनको अन्तिम संघर्ष गर्दै थिइन । छोरोलाई दश महिना गर्भमा बोकेको, छोरो जन्माउँदा भएको पीडा, दश धारा दुध चुसाएको, बालकले दिसा पिसाब गरेको फोहोर कपडा धोएको, छोरोलाई रुँदा पिठ्यूमा बोकेर डुलाएको, आफूलले पेट भोको राखेर भए पनि छोरोलाई पेटभरी खुवाएको, डोर्‍याउँदै विद्यालय लगेको, छोरो जान्ने भए देखि उसलाई असल संस्कारका लागि अर्ती दिएको, छिमेकी विद्यालयमा अध्ययन गर्न जाँदा साग तरकारी तथा रासनको जोहो गरी भारी बोकेर पुर्‍याइदिएको, होस्टेलमा बाल्नका लागि शनीबारका दिन छोरोलाई दाउरा पुर्‍याइदिएको, छोरोलाई पढाउँदा गाउँको मुखियाबाट झिकेको ऋणको सावाँ ब्याज तिर्न निकै बर्ष लागेको, छोरोलाई ऋण खोजेर काठमाण्डौँ पठाएको, श्रीमानले हेलाँ गरी अर्की श्रीमति भित्र्याएको, आफूलाई घरबाट निकालेको, बर्षौँदेखि आफू झुपडीमा बास बसेको, छोरोलाई उपचार गर्दा आफूले रगत दिएको र अंग दिएको लगायत आफू छोरोको खोजी गर्दै कुराउनी लगेर काठ्माण्डु पुगेको र नाति नातिना र छोरा बुहारीले गरेको व्यवहार, उनले झल्झली सम्झिइन । उनले बिर्सन खोज्दा पनि यिनै कुरा उनको आँखामा ऐनाजस्तै झल्झली आउन थाल्यो । आमाको मनमा उही छोराको मुहार घरीघरी आउन थाल्यो । संसार छोड्नुभन्दा पहिले एक चोटी छोरोको मुख हेर्न पाए मुक्ति मिल्ने थियो । छोरो एक दिन भेट्न कसो नआउला र भन्ने उनको मनमा लागेको थियो ।
समय बित्न कति बेर लाग्छ र यस्तै परिस्थितिमा गाउँ पालिकालाई साक्षर गाउँपालिका घोषणा गर्ने कार्यतालिका बन्यो । उक्त बार्यक्रममा प्रमुख अतिथिका रुपमा नविन आउने कुरा निश्चित भयो । विद्यालयमा स्वागत सम्बन्धि सबै तयारी पुरा भयो । गाउँमा चारैतिर एक आँखे आमाको चर्चा चलेको थियो । एक आँखे आमाले छोरालाई त्यो स्थानसम्म पुर्‍याउन सकेकोमा गाउँभरीका सबै जना अचम्भित थिए । तय भएको दिन नविन सरकारी कार्यालयको गाडी चढेर जन्मेको गाउँ पुग्यो । पालिका भरीका शिक्षक, अभिभावक,विद्यार्थी, सरकारी तथा गैर सरकारी सँस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि पत्रकार लागायत सबैको उपस्थिति थियो । नविन पुगेपछि उसलाई भव्य स्वागत गरियो । फूलका माला र खादाले उनको घाँटी भरियो । बाजागाजा सहित बिभिन्न झाँकीहरु प्रदर्शन गरिए । विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिए । बालबालिकाहरुका लागि बिभिन्न खेलकुद प्रतियोगिताहरु पनि सम्पन्न भए । प्रमुख अतिथिबाट पुरस्कारहरु बितरण गरियो । प्रमुख अतिथिले मन्तब्यमा आफू त्यो स्थानसम्म पुग्नुमा त्यही माटोको भूमिका र त्यहि विद्यालयका गुरुहरुको भूमिकालाई स्वीकार गरे । सबै गुरुहरुको नाम लिए र वहाँहरुप्रति सम्मान जनाउँदै आभार प्रकट गरे। मेहेनत सबैभन्दा ठूलो कुरा हो भन्दै मेहेनत नगरेको भए आफू त्यो स्थानसम्म पुग्न नसक्ने कुराको चर्चा गरे । आफूले जर्मनमा निकै ठूलो अवसर पाएर पनि देशको माटोको मायाले नेपाल फिरेको बताए । सबै विद्यार्थीहरुले आफूबाट प्रेरणा लिएर अध्ययनको सिलसिलामा जहाँ पुगेपनि अध्ययन पश्चात नेपाल जुन हामी जन्मेको गुँड हो त्यहीँ बसेर देशको सेवा गर्न सुझाए दिए । समयको पावन्दीले उनले धेरै कुराको चर्चा गरेनन । उनलाई भोलिपल्ट काठमाण्डौँमा अर्को कार्यक्रममा उपस्थित हुपर्ने थियो । हतार गर्दै उनी गाडी चढेर फर्कन थाले । गाडी केही अगाडी पुगेपछि एक जना बुढाले गाडी रोके । उनी सेतै फुलेका र निकै बुढा देखिन्थे । बुढाले भने- बाबु मलाई माफ गर्नु है । तिमी सानो छँदा मैले तिम्री आमालाई हेलाँ गरेर अर्की श्रीमति ल्याएँ । तिम्रो लालनपालनमा मैले केही गरिन । तिम्रो पढाईका लागि पनि मैले बेवास्ता गरेँ । म यस्तो बुवालाई धिक्कार छ । तीमीलाई हुर्काउन पढाउनमा पनि मेरो कुनै योगदान छैन । तिम्रो जति सफलता छ त्यसमा मेरो कुनै भूमिका छैन र पनि तिमी अहिले यो अवस्थामा पुग्यौ । मेरो छाती गर्वले निकै चौडा भएको छ । स्याबास छोरो । यति भन्दै ति बुढा पश्चातापले आँखा भरी आँसु निकालेर रुन थाले । उनले रुँदै सोधे- बाबु तिमी फर्कन लागेका हौ?
छोरोले पनि आफ्नो बुवालाई चिनेन । भेट नभएको निकै लामो समय भइसकेको थियो । सानै छँदादेखि आफ्नी आमा र आफूलाई हेलाँ गरेको कुरा भने उसले बिर्सेको थिएन । बुवाको कुराले उसले थाहा पायो । ति बुढा व्यक्ति आफ्नै बुवा रहेछन । उसले बुवाप्रति खासै चासो देखाएन । गाडी अघि बढाउन ड्राइभरलाई संकेत गर्‍यो । गाडी केही अघि बढेपछि बुढा मान्छे रुँदै कराउँदै पछिपछि लागे । मलाई सम्झनु पर्दैन बाबु तिमीले । मैले त धेरै सजायँ पाउनुपर्छ । मैले अपराध नै गरेको छु । यो जुनीमा नभए पनि अर्को जुनीमा मैले यसको पाप भोग्नुपर्छ तर तिम्रो आमाको कुनै दोष छैन । तमीलाई जन्माउने, हुर्काउने, पढाउने सबै काम तिम्री आमाले गरेकी हो । अहिले उ जीवन मरणको दोसाँधमा छे । रात दिन छोरालाई सम्झीरहन्छ । बिमारले थला परेको पनि धेरै भयो । उपचार गर्नलाई पनि पैसा छैन । तिम्रो आमा र तिमीलाई दुख दिएकोले होला अहिले मेरी कान्छी श्रीमती पनि म भन्दा अघि मरीसकी । अहिले फेरी तिम्री आमासँगै काल पर्खीरहेको छु । तिमीलाई जन्म दिने आमालाई एक चोटी भेटेर पाँच दश मिनेट पछि जाऊ है छोरा ।
नविनलाई आमाको याद आएको थियो की थिएन । आमालाई भेट्ने थियो की थिएन । उसबा बुवाले यति कुरा राखेपछि नविन आमालाई भेटेर जाने निर्णय गर्‍यो । बुवालाई गाडीमा राखेर आमा भएको ठाउँमा पुग्यो । थला परेकी आमालाई भेट्यो । थला परे पनि बुढीको होस भने गुमेको थिएन । शरीरमा मासुको नाम थिएन । हड्डी र छाला बाहेक शरीरमा केही थिएन । प्राण पखेरु भने खै कसरी उडेको थिएन । सायद उनले छोरोको अनुहार हेर्नु नै लेखिएको हुँदोहो । छोरा देखिपछि उनी निकै खुशी भइन । उनले भनिन- छोरा तिमीले मेरो कारणले अपमान सहनु परेकोमा म दुखी छु । मेरो एक आँखा नभएको कारणले तिमीले निकै अपमान सहनुपरेको थियो । तिमीलाई नराम्रो लाग्ला भनेर मैले वास्तविकता बताएको थीइन । आज त्यो वास्तविकता भन्ने आँट गरेको छु । एक दिन घाँस काट्न जंगलमा गएको थिएँ । घाँस काटेर घाँसको भारी माथी तिमीलाई राखेर अफ्ठ्यारो बाटोमा हिड्दै गर्दा म लडेँ, घाँसको भारी लड्यो, अनी तिमी पनि लड्यौ । तिमी निकै तलसम्म लडेकोले तिम्रो दाहिने आँखा नै फुट्यो । मैले तिमी एक आँखे भएकोमा निकै खिन्नता लाग्यो । एक पटक आँखा अस्पतालमा निःशुल्क आँखा प्रत्यारोपणको अवसर पाएँ । मैले आफ्नो आँखा तिमीलाई दिएँ । तीमीले अहिले जुन दाहिने आँखा हेर्दैछौ त्यो मेरो आँखा हो । त्यही आँखाले तिमीले यो सारा संसार द्ख्यौ ।
यो कुरा सुनेपछि नविन छाँगाबाट खसेजस्तै भयो । आमा एक आँखे हुनुपरेको कारण बल्ल आज उसले थाहा पायो । एक आँखेको छोरो, जावो एक आँखे पियनको छोरो भनेको सम्झियो । आमाले आफ्ना लागि गरेको दुःख पनि सम्झियो । आमाकै सहाराले आज उ राज्यको बिशिष्ट कर्मचारी हुन सकेको कुरालाई पनि सम्झियो । बिशिष्ट कर्मचारी भइसकेपछि उसले काठमाण्डौमा आमालाई दिएको बचन पनि सम्म्झियो । उसलाई धेरै पछुतो लाग्यो । उसका आँखाबाट धरधरी पश्चातापको आँसु बग्न थाल्यो । उ केही पनि बोल्न सकेन । उ आमाको काखमा घोप्टियो । उसले आमालाई केही भनेर माफी माग्ने सहास नै गर्न सकेन । आमाले कपाल सुम्सुम्याइन ।आज आफ्नो मुटुको टुक्रालाई आफू संगै पाउँदा शरीरको बोझ राखेझैँ हल्का महशुस गरिन । उनलाई रोगले च्यापेको भए पनि मन खुशीले शान्त भएको थियो । छोरो बोल्यो- आआआम्मा म्ममलाई म्माफ ग्गरिदिदिनु ह्है। उ बोल्न सकेन । ठूलो आवाजमा घुँग्घँग्ती रोयो । आमाको खुट्टामा घोप्टिएर मन शान्त नहुन्जेल रोयो । नविनको बुवा पनि मलाई माफ गर्नु है। मैले निकै अन्याय गरेको छु भन्दै रुन थाले । नविनका बुवाले श्रीमति अनि छोरा दुबै जनासंग आफूले गरेको अन्यायको निम्ति माफी मागे ।
समय बित्दै गयो । गाडी रोकेको आधा घण्टा समय भइसकेको थियो । जाने समय ढिला भइरहेको थियो । यति गर्दा गाउँ टोलका सबै तयस झुपडीमा आइपुगे । तीनै जना रोइरहेको देखे । उँभो लागे रिश गर्ने र उँधो लागे खिस गर्ने मानिसको शोभाव नै हुन्छ । बिरामी भएको बेला कुनै सहयोग नगर्ने मानिसहरु पनि आज त्यो घरमा निकै सहयोगी जस्ता देखिने भावले प्रस्तुत भए । नविनकी आमा भने जीवनको अन्तिम घडी तर्फ उन्मुख थिइन । नविनले यो कुरा बुझ्यो । उसले अक्सिजन सहितको एम्बुलेन्स तुरुन्तै बोलायो । गम्भीर रुपमा बिरामी भएकी दीर्घ रोगी आमा जमुना र बुवा हर्कलाई उसले काठमाण्डौँ लग्यो ।आमालाई तुरुन्तै अस्पताल भर्ना गरेर सघन उपचार कक्षमा उपचार गरायो । लाखौँ खर्च भए ता पनि नविनले आमालाई बचाउन सफल भयो । दाना पानी नसकिएर कोही मान्छे परमधाम नजाँदो रहेछ । जमुनालाई सन्चो भयो रे । सासु आमालाई दुर्व्यवहार गर्ने बुहारीले सासु आमासँग माफी मागिन रे । आजकल बाजे बज्यै, छोरा बुहारी, नाति नातिना सबै एकै ठाउँमा काठमाण्डौँको सुविधा सम्पन्न घरमा आरामले सुखका दिन विताउँदै छन रे भन्ने सुनिन्छ ।

Address

Doti
BADIKEDAR-3,DOTI

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when ग्रामीण समुदाय विकास केन्द्र RCDC डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ग्रामीण समुदाय विकास केन्द्र RCDC डोटी:

Share