15/06/2026
गायत्री मन्त्र= ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं भर्गोदेवस्य धीमहि धियो यो न: प्रचोदयात्. अर्थ- जो ब्रह्म हो सर्वधार दु:खहरूको निवृत्ति गर्न समर्थ छ. व्यापक छ सब जगतको स्रस्टा छ र ऐश्वर्यको दाता छ- यस्तो स्वीकार गर्न योग्य अतिश्रेष्ठ सुख दिनेलाई हामी धारण गर्छौं जो ब्रह्म चैतन्य परमतेज अन्तर्यामी रूपले हाम्रा बुद्धि-वृत्तिहरूलाई शुद्ध बनाउने प्रेरणा गरून्. गायत्री मन्त्रको उपयोग अनुष्ठान जप मन्त्र-मन्त्रादिमा पनि हुन्छ र चित्तको एकाग्रताको श्रद्धानुसार फल मिल्छ. उपासकहरूलाई जसको रहस्य उपास्य छ र कर्मनिस्ठहरूलाई कर्मको फलदाता देवता गायत्री हुन्.
'धर्म-विज्ञान' बाट उद्रितांश