Kathmandu University Staff Association -KUSA

Kathmandu University Staff Association -KUSA it is unity of the strength for quality education as well as good governance

24/09/2026
17/09/2026

KUSA को १३औँ आकस्मिक बैठक सम्पन्न

काठमाडौं विश्वविद्यालय कर्मचारी संघ (KUSA) को १३औँ आकस्मिक बैठक स्कुल अफ एजुकेसन/आर्ट्समा सम्पन्न भएको छ। बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले संघका अध्यक्ष सुरेन्द्र के.सी. ले काठमाडौं विश्वविद्यालयको मानव संसाधन महाशाखा प्रमुखको जिम्मेवारी प्राप्त गरेपछि अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गर्दै उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

17/09/2026

काठमाडौं विश्वविद्यालय कर्मचारी संघमा नयाँ नेतृत्व

काठमाडौं विश्वविद्यालय कर्मचारी संघ (KUSA) को १३औँ आकस्मिक बैठक स्कुल अफ एजुकेसन/आर्ट्समा सम्पन्न भएको छ। बैठकले सुमन आचार्यलाई संघको अध्यक्षमा मनोनयन गरेको छ।

त्यस्तै कार्यकारी परिषद्मा महासचिव उमेश के.सी. लाई संघको केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मत रूपमा मनोनयन गरिएको छ।

आज काठमाडौं विश्वविद्यालय कर्मचारी संघ (KUSA) को १३औँ आकस्मिक बैठक स्कुल अफ एजुकेसन/आर्ट्समा सम्पन्न भयो। बैठकले महत्वपू...
16/09/2026

आज काठमाडौं विश्वविद्यालय कर्मचारी संघ (KUSA) को १३औँ आकस्मिक बैठक स्कुल अफ एजुकेसन/आर्ट्समा सम्पन्न भयो। बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकका प्रमुख निर्णयहरू :

१. संघका अध्यक्ष श्री सुरेन्द्र के.सी.ज्यूले काठमाडौं विश्वविद्यालयको मानव संसाधन महाशाखा प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभई अध्यक्ष पदबाट राजीनामा दिनुभएकोमा उक्त राजीनामा स्वीकृत गर्दै उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरियो।

२. संघको विधानबमोजिम उपाध्यक्ष श्री सुमन आचार्यज्यूलाई अध्यक्ष पदमा मनोनयन गरियो। उहाँलाई सफल कार्यकालको हार्दिक शुभकामना।

३. काठमाडौं विश्वविद्यालयको सभामा अध्यक्ष श्री सुमन आचार्यज्यू तथा कार्यकारी परिषदमा महासचिव श्री उमेश के.सी.ज्यूलाई संघको केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मत रूपमा मनोनयन गरियो।

संघको एकता, कर्मचारीको हकहित र विश्वविद्यालयको समग्र हितका लागि नयाँ नेतृत्वसँगै अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता।

हार्दिक बधाई तथा शुभकामना!

#काठमाडौंविश्वविद्यालय
#कर्मचारीसंघ

#१३औँआकस्मिकबैठक
#नयाँनेतृत्व
#कर्मचारीएकता
#विश्वविद्यालयहित

31/08/2026

तीज विशेष कार्यक्रम बापत खर्च हुने रकमलाई दैवीक प्रकोप / मानवीय उद्धार र राहत व्यवस्थापन सहयोगको लागि योगदान गर्ने बारे

मिति २०८३ भाद्र १० गते रसुवा लगायत देशका विभिन्न स्थानहरुमा भएको दैवीक प्रकोप तथा वाढीको कारण भएको मानवीय तथा भौतिक क्षतीलाई मध्यनजर गर्दै यस काठमाडौं विश्वविद्यालय कर्मचारी संघले आयोजना गरेको यस वर्षको हरितालिका तीज विशेष कार्यक्रम स्थगित गरि सो बापत खर्च हुने रकमलाई विश्वविद्यालय मार्फत मानवीय उद्धार र राहत व्यवस्थापन सहयोगमा योगदान गर्ने भएको व्यहोरा सम्पूर्ण शिक्षक तथा कर्मचारी मित्रहरुलाई अवगत गराउँदछौं ।

विश्वविद्यालयको तर्फबाट हाललाई दश लाख रुपैया र यहाँहरुबाट पनि व्यक्तिगत रुपमा सिधै आ आफ्नो गच्छे अनुसारको रकम सहयोग स्वरुप सरकारलाई हस्तान्तरण / राहत कोषमा डिपोजिट गर्नु भएको बारे जानकारी भयो ।

अतः ज-जस्ले सहयोग गर्न वाँकी रहेको वा केही रकम थप योगदान गर्न इच्छुक शिक्षक तथा कर्मचारी मित्रहरुलाई यथासक्य सिघ्र विश्वविद्यालयले तयार पारेको गुगल फारम भरेर वा सिधै आ-आफ्नो गच्छे र क्षमता अनुसार सहयोग रकम सरकारी राहत कोषमा जम्मा गर्न हुन अपील गर्दछौं ।

काठमाडौं विश्वविद्यालय कर्मचारी संघ (KUSA) परिवार
केन्द्रीय कार्यसमिति
धुलिखेल, काभ्रे ।

27/08/2026

दैवीप्रकोप उद्धार तथा व्यवस्थापनको लागि भर्खरै काठमाडौं बिश्वबिधालयले सम्पर्क विहीन आफ्ना बिधार्थीहरुलाई खोजतलास र उद्धार गर्न तिन सदस्यीय समिति परिचालित गर्ने, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको एक दिनको तलब बराबर रकम बिश्वबिधालयको तर्फबाट राहत कोषमा प्रदान गर्ने र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई आ-आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्न आव्हान गर्ने निर्णय गरेकोले यहाँहरुबाट सिधै सरकारी राहत कोष मार्फत यस्तो मानवीय सेवामा यथेष्ट सहयोग हुनेमा यस संघ अपेक्षा गर्दछ।

बिश्वबिधालयका नव नियुक्त उपकुलपति प्रा. डा. बिवेक बरालज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित यस कर्मचारी ...
19/08/2026

बिश्वबिधालयका नव नियुक्त उपकुलपति प्रा. डा. बिवेक बरालज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित यस कर्मचारी संघ केन्द्रीय कार्य समितिको भेटघाट

Address

Kathmandu University
Dhulikhel

Alerts

Be the first to know and let us send you an email when Kathmandu University Staff Association -KUSA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kathmandu University Staff Association -KUSA:

Shortcuts

Share