03/08/2025
कार्यक्रम:- कुलुङ रिदुम विमोचन
आयोजक:- नेपाल किरात कुलुङ संघ केन्द्रिय कार्य समिति लगायत सुनसरी जिल्ला कार्य समिति सुनसरी।
मिति,समय:-२०८२/०४/१७ , सनिबार
स्थान:- किरात कुलुङ संघ केन्द्रिय कार्यालय। धरान ५ देबि गाउँ सुनसरी
सभाध्यक्ष:- चन्द्र सिंह कुलुङ केन्द्रीय कार्य समिति सम्योजक ।
प्रमुख अतिथि:-रेशम गुरुङ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष ।
कार्यक्रम सन्चाल:- दिपेन्द्र कुलुङ, महासचिव
रिदुम लेखक तथा सम्पादक:- प्रेमचन्द्र सोम्फोरु, शिलिचोङ गाउँ पालिका २ बाला।
अतिथि,सहभागीता एवम् उपस्थिति:-
२०० जना भन्दा बढी, सोलुखुम्बु,भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, काठमाडौं, कास्की लगायतका विभिन्न जिल्लाका कुलुङ संघ केन्द्र,जिल्ला,गापा,वडा,र इकाई समिति प्रतिनिधि र स्थानीय तहका गापा र वडाका जनप्रतिनिधिहरु, रिदुमका श्रोत ब्याक्ती हरु, सहयोग दाता, बिभिन्न विधा मा दक्ष,अनुभवि,समालोचक विस्लेषक, पुर्खा,बिजुवा, सस्कृति सस्कार विद, सन्चारकर्मी एवम् स्थानीय स्तरमा व्यावस्थापन कार्यमा बिबिध सेवा सहयोग पुर्याउनु हुने कुलुङ तथा गैर कुलुङ महानुभावहरु।
मुख्य कार्यक्रमहरु:-
रिदुम बिमोचन ,रिदुम लेखक तथा सम्पादक ज्यु लाई सम्मान, श्रोत ब्याक्तीहरुलाई सम्मान। प्रकासनको लागि आर्थिक सहयोग पुर्याउनु हुने सिलिचुङ गाउँ पालिका लगायतका स्थानिय स्तरमा कुलुङ जातीको सुचिकरण गर्ने गाउँपालिका हरुलाई सम्मान। पुर्खा हरु लाई सम्मान,चारसिलका कलाकार टोलिलाई सम्मान ,किरात कुलुङ र मेवाहाङ याखोम्मा बाट प्रमुख अतिथि लाई ज्ञापनपत्र बुझाएको । प्रमुख अतिथि -रेशम गुरुङ ज्यु बाट चारितोस धार्मिक वनको अनुगमन भ्रमण, कुलुङ सङ्ग्रहालय र परिसरको अवलोकन, अतिथि हरुको शुभकामना मन्तव्य र सुचिकरण को माग प्रमुख अतिथि द्वारा सम्बोधन र सल्लाह सुझाव, सभाध्यक्षबाट समापन ।