Green Clean Dhangadhi

Green Clean Dhangadhi Since 2013

हाम्रो धनगढीसफा धनगढी  मुल नारा बोक्दै आजभन्दा डेढ दशकअघिदेखि धनगढीलाई सुन्दर बनाउनका साथसाथै वातावरण स्वच्छ राख्नका निम...
05/09/2025

हाम्रो धनगढी
सफा धनगढी
मुल नारा बोक्दै आजभन्दा डेढ दशकअघिदेखि धनगढीलाई सुन्दर बनाउनका साथसाथै वातावरण स्वच्छ राख्नका निमित्त Green Clean धनगढीले सरसफाइ, वृक्षारोपण लगायत Green club द्वारा गर्दै आएको आफ्नो नियमित कार्यक्रम अनुसार आजपनि सरसफाइ कार्यक्रम गरेको छ !!

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी सम्मिलित टोलीले संयुक्त रूपमा एसपीए कलेज परिसरमा वृक्षारोपण गर्नुभ...
21/11/2024

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी सम्मिलित टोलीले संयुक्त रूपमा एसपीए कलेज परिसरमा वृक्षारोपण गर्नुभएको छ ।

26/07/2024
06/06/2024

Every Run, Every Wicket, A Step Towards a Greener Dhangadhi with S.P.A College

Supporting the campaign of Dhangadhi Sub-Metropolitan City “हरित धनगढी”, S.P.A College had taken the step through “Green Clean Dhangadhi” initiative where the college has planned to plant 10 trees for each run and 20 trees for each wicket against the opponent team.

On June 4, 2024, Nepal’s performance in the T-20 World Cup match against the Netherlands was remarkable. Based on the score, and in line with S.P.A College’s earlier commitment (1060 runs and 80 wickets = 1140 plants), we are thrilled to announce the planting of 1140 trees. Stay tuned for more green initiatives in the upcoming matches!

06/06/2024
बिश्व वातावरण दिवसको अवसरमा, Aishwarya Multiple Campus मा "GREEN CLEAN AMC क्लब गठन गरियो ।अध्यक्ष सन्दिप भट्ट ज्यू लगाय...
06/06/2024

बिश्व वातावरण दिवसको अवसरमा, Aishwarya Multiple Campus मा "GREEN CLEAN AMC क्लब गठन गरियो ।
अध्यक्ष सन्दिप भट्ट ज्यू लगायत सम्पूर्ण पदाधिकारीहरूलाई वातावरण संरक्षणको अभियानमा हार्दिक स्वागतका साथै सफल कार्यकालको शुभकामना छ ।

विश्व वातावरण दिवसको अवसरमा Green Clean दुन एकेडेमी द्वारा समुदाय सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो ।
05/06/2024

विश्व वातावरण दिवसको अवसरमा Green Clean दुन एकेडेमी द्वारा समुदाय सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो ।

Green Clean Dhangadhi  #हाम्रो_धनगढी_सफा_धनगढी धनगढी उप- महानगरपालिका वडा नं.५ मा रहेको Brightway Public School द्वारा व...
19/10/2023

Green Clean Dhangadhi
#हाम्रो_धनगढी_सफा_धनगढी
धनगढी उप- महानगरपालिका वडा नं.५ मा रहेको Brightway Public School द्वारा विद्यालय परिसर भित्र र विद्यालय वरिपरी ५०० मिटर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षकलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

Green Clean Dhangadhi #हाम्रो_धनगढी_सफा_धनगढी धनगढी उप- महानगरपालिका वडा नं.3 मा रहेको श्री दून स्कुलद्वारा विद्यालय परि...
15/10/2023

Green Clean Dhangadhi
#हाम्रो_धनगढी_सफा_धनगढी
धनगढी उप- महानगरपालिका वडा नं.3 मा रहेको श्री दून स्कुलद्वारा विद्यालय परिसर भित्र र विद्यालय वरिपरी ५०० मिटर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षकलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

Green Clean Dhangadhi  #सफा_धनगढी_हाम्राे_चाहनाधनगढी उ.म.न.पा. की समाजिक परिचालक श्री बिन्दु के.सी.को नेतृत्वमा आज मिति ...
12/10/2023

Green Clean Dhangadhi
#सफा_धनगढी_हाम्राे_चाहना

धनगढी उ.म.न.पा. की समाजिक परिचालक श्री बिन्दु के.सी.को नेतृत्वमा आज मिति २०८०/०६/२५ गते धनगढी उप महानगरपालिका वडा न.७ देबहरिया भानुचोक नजिक रहेको माईल स्टोन इङलिस स्कुलमा शिक्षक र विद्यार्थीहरूलाई फोहोर वर्गीकरण गने तरिका बारे अभिमुखिकरण कार्यक्रमका साथै बिद्यालय क्षेत्रकाे वरपर ५०० मिटर सरसफाई कार्यक्रम सम्पन्न भयो ।

खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउँन अपिलआदारणिय नगरप्रमुख ज्यू,Gopal Hamal स्वतन्त्र रुपमा हाम्रो सुन्दरनगरी धनगढीको ...
11/10/2023

खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउँन अपिल

आदारणिय नगरप्रमुख ज्यू,
Gopal Hamal
स्वतन्त्र रुपमा हाम्रो सुन्दरनगरी धनगढीको नगरप्रमुखमा तपाईं निर्वाचित भएर आइसकेपछि देखिने गरि भएका परिवर्तनहरुले आम धनगढीबासीलाई उत्साहित बनाएको छ तपाईंले सुरु गर्नुभएको वडा क्लिनिकबाट हजारौं धनगढीबासीले समयमा बिना शुल्क विशेषज्ञ चिकित्सक सेवा तथा औषधि पाएर आफ्नो दीर्घायू बढाएका छन् । मुख्य सडक विस्तार योजनाले मुर्त रुप लिदैं गर्दा धनगढीको मुहार फेरिनेमा कुनै शंका छैन । शिक्षामा यहाँले थाल्नुभएको स्कुल मर्जर तथा नमूना स्कुल निर्माण, आफ्नो पारिश्रमिकबाट गरिब विपन्न बालबालिकाका लागि शैक्षिक सामाग्रीको वितरण, निशुल्क एम्बुलेन्स, महाप्रस्थान यान लगायत कार्यक्रमले सबैको मन जितेको छ । धनगढीलाई सुन्दर र हराभरा बनाउँन यहाँले थाल्नुभएको हरियाली प्रवर्धन कार्यक्रम दीर्घकालिन महत्व बोकेको छ । उक्त कार्यक्रममा देखिएको जनसहभागिता छ ।

तपाईंले सुरु गर्नुभएको हरियाली प्रवर्धन कार्यक्रमलाई टेवा पुर्याउँदै सुन्दर स्वच्छ र हराभरा धनगढी निर्माण गर्ने हेतुले ग्रीन क्लिन धनगढीमार्फत पनि विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । हाल हामीले नियमित रुपमा आफ्नो वरपरको ५ सय मिटर क्षेत्रफल सरसफाईको अभियानलाई निरन्तरता दिएका छौं । उक्त अभियानको उदेश्य हरेक घर वा संघसंस्थाले आफ्नो वरपरको ५०० मिटर क्षेत्रफलमात्रै सरसफाई गरिदिने हो भने धनगढीलाई सफा शहर बनाउँन मद्दत पुर्याउँने हो । यस्तै धनगढीलाई प्लास्टिक मुक्त बनाउन हामीले विभिन्न जनचेतनामुलक अभियानहरु सञ्चालन गर्दै आएका छौं । विद्यार्थीहरुबाटै स्वच्छ सफा र प्लास्टिक मुक्त धनगढी बनाउँने अभियान अरुलाई पनि प्रेरित गर्न विभिन्न २० बढी स्कुलहरुमा ग्रीन भोलिन्टियरहरुको टिम निर्माण गर्दै पर्यावरण संरक्षणमा टेवा पुर्याइरहेका छौं ।

यसै सन्दर्भमा पछिल्लो समय धनगढीमा अतिथी सत्कार, सभा, सम्मेलन, गोष्ठी लगायत साना ठूला कार्यक्रमहरुमा खादा तथा ब्याचको प्रयोग अत्याधिक हुन थालेको छ । जसले एकातिर यस क्षेत्रको ठूलो पुँजी बाहिर गईरहेको छ भने अर्कातिर खादा र ब्याचको अत्याधिक प्रयोगले पर्यावरणमा समेत नकरात्मक असर पुऱ्याइरहेको छ । सोहीकारण धनगढीनगर क्षेत्रभित्र खादा प्रयोगमा प्रतिबन्ध लगाईदिन हुन हामी आम धनगढीबासीका तर्फबाट यहाँलाई हार्दिक अपिल गर्न चाहान्छौं ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७३ सालमै आफ्नो मातहतका कार्यालयमा खादा तथा व्याच प्रयोग नगर्न निर्देशन जारी गरेको थियो । खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक बस्तुमा राज्यकोषबाट वार्षिक करोडौं रुपौया बाहिरिने भएकाले मन्त्रालयले आफु मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगम लगायत निकायमा खादा प्रयोगमा प्रतिबन्ध लगाएको नजिरलाई आत्मसात गर्दै धनगढी उपनगरपालिकाले पनि आफ्ना मातहतका निकायमा खादा तथा प्रयोगमा प्रतिबन्ध लगाईदिन हार्दिक अनुरोध गर्दछौं । खादाको प्रयोगमा प्रतिबन्ध लगाउँदा यहाँका स्थानीय उत्पादनलाई बढावा पुग्ने हाम्रो विश्वास छ । खादा तथा ब्याचको स्थानमा सबैले स्थानीय रुपमा उत्पादन भएको फुलको प्रयोग गरिदिदा स्थानीय कृषकहरुलाई समेत टेवा पुग्ने भएकाले यथाशिघ्र चाँडो आयातित खादा तथा व्याचमा प्रतिबन्धको आह्वान गरिदिन हुन हार्दिक अपिल गर्दछौं ।

ग्रीन क्लिन धनगढी

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Green Clean Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Green Clean Dhangadhi:

Share