ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान-Dilip Accademy

  • Home
  • Nepal
  • Dhalkewar
  • ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान-Dilip Accademy

ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान-Dilip Accademy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान-Dilip Accademy, Non-Governmental Organization (NGO), Mithila Municipality, Dhanusha, Province No:/2, Dhalkewar.

08/07/2025

प्रकृति र समाजको यथार्थ चित्रण धन्यवाद सबैजनालाइ ।यस्तो गीतको आवश्यकता छ समाजलाइ ।https://youtu.be/yhdfUL6iTTY?si=cJTrjBJbewXkJUCh

08/07/2025

चुरे लुटेराहरु साबधान !

जति लुटनु छ लुटनुस स्थानीय सरकार ,प्रदेश सरकार ,संघ सरकार दोहोरो चरित्रवान भएकाहरुलाइ यो देशले कहिले माफ गर्ने छैन । तर यो प्रकृति रक्षाको निम्ति ओम प्रकाश महतो दिलिपले आफ्नो बलिदान दिएको छ ,सहादत दिएको छ । न्यायको निम्ति अवाज उठिरहने छ । जहिले - जहिले प्रकृतिमा जोखिम आउँछ उहिले - उहिले प्रश्न गर्छ ति भ्रष्टाचारहरु संग । मलाई थहा छ न्याय दिलिप ले पाउदैन । किन कि यो न्याय मरेको देश हो । यहाँ पापी कुकर्मीहरुको हाथमा तल देखी माथीसम्माका सरकार छन । चुरे लुटन एक - एक खोपीयाहरु छन । अहिले पनि म्मधेशका औरही,बलान ,कमला ,मरहा ,रातो सहितका सयौ खोलानला रुदैछ। अवाज सुनदिन कोइ छैनन । म मरेपनि अवाज उठाउन बन्द गर्दिन बुझिराख भ्रष्टहरु । आब खरो ओर्लिने छु । अवाज शसक्त बनाउने छु । काली ,दुर्गा सरस्वतीको रुपमा हरेक नारी शक्तिलाई चुरे संरक्षणको निम्ति जगाइ बैमानहरुको विरुद्ध एक जुट हुनेछौ ।
#जय #दिलिप #जय #पर्यावरण

05/03/2025

रातो नदी सभ्यतालाई समाप्त गर्ने सबै सम्बन्धित निकाय हो । भोलीको समयमा जलेश्वर डुबानमा पर्नु भनेको यस्ता- यस्ता करिन्दाको कारण हो । चाहे त्यो एस पी होस चाहे जिल्ला प्रशासन प्रमुख । जिल्ला समन्वय समितिको त कुरै न गरौ ,सुमन लाल कर्ण त माहिर खेलाडी । नगरपालिका प्रमुख एक नम्म्बरको उत्खनन मेयर उहाँलाई फेरि चुनाव लडन पैसा चाहियो ,त्यस्ता मान्छेले त डकैती गराइहाल्छ नि ! तर रातु नदीको किनारले एक - एकपैसाको हिसाब गर्नेछ एकछिन । हेर्नुहोला । धन्यवाद राजकरण जी यो डकैतहरुको भण्डाफोर गर्नुभएकोमा ।

#जय #दिलिप #जय #पर्यावरण

मेची नदी किनारको एक भित्तिमा भेटिए पर्यावरण संरक्षणका योद्धा दिलिप महतो। यसरी आम जनमा उनको पावन स्मृतिलाई चित्रित गर्ने ...
28/02/2025

मेची नदी किनारको एक भित्तिमा भेटिए पर्यावरण संरक्षणका योद्धा दिलिप महतो। यसरी आम जनमा उनको पावन स्मृतिलाई चित्रित गर्ने काम काकरभिट्टामा आयोजित कला साहित्य उत्सवको क्रममा भएको छ।
#धन्यवाद #आयोक #टीमलाइ
घर नजिकको औरही खोलामा अवैध उत्खननको विरोध गर्दा धनुषाको मिथिला नगरपालिका– ५ का दिलिप महतोको ५ पुस २०७६ मा टिपरले किचेर हत्या गरिएको थियो ।
Readers Jhapa

#जय #दिलिप #जय #पर्यावरण

#सभार :-

18/02/2025

National Climate Champions Award Ceremony 2025

Chief Guest-Hon. Ain Bahadur Shahi, Minister of Forest and Environment

Special guest-Dujang Shaerpa(Chairperson of Nepal student Union)

Organization name-
Clean Energy Nepal
Harin Nepal, Nepalese Youth for Climate Action
World’s Youth for Climate Justice,
Youth Action for Sustainable and Eco-Nepal,
Youth Initiative,
Nepal Student Union, the Ministry of Forest and Environment

13/02/2025

पर्यावरण अभियन्ता दिलिपको आत्मामाथि डोजर लगाउनु कतिक उचित हो । बैध अबैध उत्खनन गर्ने काम यथाशीघ्र यो खोलामा रोकिनु पर्छ ।
#जय #दिलिप #जय #पर्यावरण

भिडियो स्रोत :- संचार ब्यूरो

 #अबैध  #उत्खनन https://www.facebook.com/share/1KdHBvTFPR/
13/02/2025

#अबैध #उत्खनन https://www.facebook.com/share/1KdHBvTFPR/

जनकपुरधाम, फाल्गुन १ : धनुषाको मिथिला नगरपालिकामा पर्ने औरही नदीमा भइरहेको अवैध उत्खननको अनुगमन र निरिक्षण पछि त.....

10/02/2025

कता हरायो मेयर कता हरायो एस.पी, कता हरायो सिडियो , कुन आइ इ इ रिपोर्टमा जेसिबी र बोकेट प्रयोग गर्नलाई भनिएको छ । यही अबैधलाइ बैध बनाउनलाइ आउनु भएको थियो हैन र एसपी सहाब । तपाईलाई फोन गर्दा भनुहुन्छ मेरो अधिकार क्षेत्र भित्र पर्दैन तर तपाईले पठाएको प्रहरी जवानको अधिकार भित्र पर्छ । कहिले सम्म आम जनतालाई प्रमुख भएर बेबकुफ बनाउनुहुन्छ हजुर । यो अबैधको भागिदारी सिडियो ,एसपी ,मेयर लगायत जो - जो निरिक्षणको बेला गएको थियो सबैले लिनु पर्छ । प्रहरी जनताको साथी हुनै सक्दैन । चुरेमा सबभन्दा बढी धनुषाको एसपीको हो भन्ने यो कुरा प्रमाणित हुन्छ ।

मुखमा राम राम बगलमा छुरा

#जय #दिलिप #जय #पर्यावरण https://www.facebook.com/share/v/19yGyuR1zk/

09/02/2025

अबैध उत्खनन तपाईले राति- राति पुगदैमा बन्द हुन्छ ? अबैध उत्खनन रोकिन्छ ? आदरणीय मुख्यमन्त्री सतिश कुमार सिंह ज्यू तपाईलाई लागछ मधेशभरीको अबैध क्रसर रोक्छ ? यहाँ सरकार चलाउने क्रससरका मालिकहरु हुन । जिल्लाका प्रमुखहरु पाल्ने यिनी हुन , क्रसरका मालिकहरु कति मन्त्री ,संसादहरु छन ।अनि कसरी बन्द हुन्छ यी कारोबार मुख्यमन्त्री ज्यू ? मन बुझाउनु बाहेक हजुरको बुताले केही हुनेबाला छैन । यो देशमा सबकासब पर्यावरण ध्वस्त गर्न तर्फ लागेका छ्न । ओम प्रकाश महतो दिलिप लाई बलि दियो उत्खनन रोक्ने क्रममा तर त्यो औरही खोला अझै रुदै छ केही हुन सकेन, कसैको बुताले । एसपी ,सिडीयो सब आएर अनुगमन गर्नु भो निष्कर्ष के निकाल्नु भो उहाँहरुले ? पावर लगाएर उत्खनन गर्ने भनेर । मिथिलाको मेयर महेन्द्र महतोले मोहनी मन्तर लगाए उहाँहतुलाइ सोध्नुस । हाम्रो प्रतिष्ठानको ठम्याइ छ उहाँहरुले मेयरलाइ हिम्मत दिएर जानु भो । त्यो बाहेक अझै केही होइन । उहाँहरुलाइ चुरे देखि के सरिकार । त्यसैले भन्छु मुख्यमन्त्री ज्यू यो धेरै जोखिम कार्य हो । हुन त हजुरको यो कार्य सहराहनिय छ ।

भिडियो :- मुख्यमन्त्रीको पोस्टबाट

#जय #पर्यावरण #जय #दिलिप #जय #नेपाल

09/02/2025

औरही खोलामा भैरहेको उत्खन्न प्रती हाम्रो ध्यान ।
===================================
मिथिला नगरपालिका वार्ड नम्बर -५ मा रहेको औरही खोलामा बर्षौ देखि भइ रहेको उत्खननप्रति ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान कि अध्यक्ष लक्ष्मी महकीको धारणा ।
#जय #दिलिप #जय #पर्यावरण #जय #नेपाल

09/02/2025

औरही खोला हैन सभ्यता हो यसलाई समाजले रोक्नुपर्छ
=====================================
हाम्रो संस्था मिथिला नगरपालिका -५ श्रीपुरमा बिगतका बर्षदेखी अबैध उत्खनन र खबरदारीका निम्ति काम गर्दै आएको छ । तर मिथिला नगरपालिकाले खोलाको बिषयमा टेण्डर आह्वान गर्‍यो तर हाम्रो संस्था र संस्थाको सदस्यलाई केही थहा छैन । कुन बिधि र प्रक्रियाले सर्वाजानिक सुनवाइ गर्नु भयो मेयर ज्यू ? कुन समाजका मान्छे सर्वाजनिक सुनवाइ कार्यक्रममा उपस्तिथि भएको थियो ? समाज बिपरित उत्खनन कार्यमा संलगन प्रती घोरनिन्दा गर्दछु । राज्यका ठूला निकायले अबैध उत्खन्न भयो भनेर एस पी. C.D.O ,मेयर निरीक्षक गर्न आउने एकदिन नबित्दै मेयरको उपस्थितिमा ठेक्का लागेको दम्भमा उत्खन्न गर्ने लगाउने यो कतिको उपयुक्त हो महोदय । पैसा कमाइ भएन भानेर दिलिपको छातीमाथी दोजर लगाउने ? कुन ए.आइ रिपोर्टमा मेसिन लगाउनलाइ भनिएको छ ? अति भएन । हाम्रो समाजका मानिस दरिदर मानसिकता प्रती जाग्नु पर्छ । बौद्धिकताले यसको बिरोध र प्रतिकार गर्नुपर्छ । अहिले जागेन भएभरको जग्गा पनि आउने दिनमा बगाएर लगदैन भने भन्न सकिँदैन । चुनाव जित्ने बेला एउटा कुरा गर्ने चुनाव जितेर आइ सकेपछि खोलामा चोरी निकासी भयो भनेर आफै डोजलगाउने यो के प्रबृत्ति हो मेयर ज्यू ? चोरीनिकासी भयो भने चोरीलाइ रोक्नुको साटो आफै डकैती गर्नलाई तयार हुने ,चोरीलाइ बढाबा दिने । यति आहिले पनि बेलामा नगरपालिकाले आफ्नो निर्णय सचिएन भने बिगतको दिन झै आधीबेरी ल्याउन कुनै कसर छोडनेबला छैन हामी नगरपालिकाको यसकार्यप्रती ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठाले घोर निन्दा गर्दछ ।

#जय #दिलिप #जय #पर्यावरण

07/02/2025

राती- राती अबैध उत्खनन भयो भनेर मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र सुरक्षाकर्मी सहित कमला नदीमा पुग्नु भयो तर के त्यो एकदिनको प्रहरीको छापाले अबैध उत्खनन् रोक्छ त ? यो देशमा कानून किन ल्याउदैन र त्यो कानून किन मान्दैन मानिस ।
सबभन्दा बढी अबैध उत्खनन कसको सेटिङ्मा हुन्छ कसलाइ थाहा छैन ।
सकारात्मक पहलको लागि धन्यवाद मुख्यमन्त्री ज्यू हजुरको यो पहल लागुहोस ।
#जय #पर्यावरण #जय #दिलिप

Address

Mithila Municipality, Dhanusha, Province No:/2
Dhalkewar

Telephone

+9779816815564

Website

Alerts

Be the first to know and let us send you an email when ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान-Dilip Accademy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान-Dilip Accademy:

Share