Youth Alliance for Social And Economic Transformation

Youth Alliance for Social And Economic Transformation YASET has been set up by a group of professionals, who really wants to serve and utilize their ability and skills in a noble cause.

हाम्रो मुख्य उद्देश्य बालबालिका र युवालाई सक्षम बनाउँदै, प्राकृतिक, भौतिक र मानवीय स्रोतको सही प्रयोग गरेर जानकार, न्यायपूर्ण र आर्थिक रूपमा सक्षम समुदाय निर्माणमा सहयोग गर्नु हो। YASET is a non-profit, non-religious, nongovernmental, and non-political organization. They work hard in generating funds and distributing them to the correct places. Anybody who feels passionate about helping to overcom

e many social, emotional, and economic issues of today then join us and help us to build a better tomorrow for the entire nation. This organization is actively helping local people in the areas of Education Health and social awareness. YASET has earned a national reputation for its creative approach to solving societal issues that attract Youth and Adults for their relevance and inspiration.

A journey for children to meet local people, observe their work, and learn about their way of life during the hike. हाइक...
23/05/2026

A journey for children to meet local people, observe their work, and learn about their way of life during the hike.
हाइकिङको माध्यमबाट स्थानीय मानिसहरू, उनीहरूको काम र जीवनशैलीलाई नजिकबाट बुझ्ने एउटा अवसर........

The upcoming hiking event on 9th Jestha 2083 is an immersive journey titled "From the City to the Village", organized by...
17/05/2026

The upcoming hiking event on 9th Jestha 2083 is an immersive journey titled "From the City to the Village", organized by the Youth Alliance for Socio & Eco Transformation and the Valley Junior Cricket Academy of Ghorahi. This program invites participants to step out of the urban environment to truly see who the local people are and how they live their daily lives in the countryside. By walking together and meeting community members in their own setting, hikers will gain a firsthand understanding of rural lifestyles, traditions, and the hard-working spirit of the people. It is a day dedicated to building mutual respect and connection, allowing everyone to learn from one another while enjoying the natural beauty of the region.

२०७१ सालमा भएको हाम्रो बाल भेलामा स्वर्गीय नित्यानन्द शर्मा ज्यूले हामीलाई धेरै सहयोग गर्नुभएको थियो। उहाँ सधैँ हाम्रो स...
07/05/2026

२०७१ सालमा भएको हाम्रो बाल भेलामा स्वर्गीय नित्यानन्द शर्मा ज्यूले हामीलाई धेरै सहयोग गर्नुभएको थियो। उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्थ्यो र एक सच्चा सलाहकारको रूपमा सधैँ राम्रो सल्लाह र सुझाव दिनुभएको थियो। उहाँको मार्गदर्शनमा हामीले बालबालिकाहरूका लागि धेरै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सकेका थियौँ। उहाँले रचना गर्नुभएको बाल गीत "जुन मामा जुन मामा" आज पनि बालबालिकाहरूको मुखमा गुञ्जिरहेको छ, यो नै उहाँको सबैभन्दा ठूलो सम्झना र उपहार हो हामी सबैका लागि। आज उहाँ हाम्रो बीचमा हुनुहुन्न, तर उहाँको माया, सल्लाह र ती मिठा गीतका बोलहरू हाम्रो मनमा सधैँ बाँचिरहनेछन्। उहाँको आत्मालाई शान्ति मिलोस्।

२०६९ साउन २० देखि २७ गतेसम्म सञ्चालित यस शिविरमा स्थानीय समुदायका नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवाक...
03/05/2026

२०६९ साउन २० देखि २७ गतेसम्म सञ्चालित यस शिविरमा स्थानीय समुदायका नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवाको लाभ उठाउनुभएको थियो। शिविरको सफल सञ्चालनमा हाम्रो संस्थाका सलाहकार आदरणीय नारायणसिंह गुरुङ ज्यू, नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन ज्यू तथा डा. संग्राम पुरी ज्यूको अमूल्य सहयोग र मार्गदर्शन रहेको थियो। साथै आयोजक समिति, स्वास्थ्यकर्मीहरू तथा स्थानीय शुभचिन्तकहरूको उल्लेखनीय भूमिका समेत रहेको थियो।

२०७४ सालमा आयोजित "बाल भेला" को एक अविस्मरणीय क्षण! जहाँ बालबालिकाहरूलाई जीवनको असली धन 'संस्कार' को बारेमा प्रशिक्षण दि...
29/04/2026

२०७४ सालमा आयोजित "बाल भेला" को एक अविस्मरणीय क्षण! जहाँ बालबालिकाहरूलाई जीवनको असली धन 'संस्कार' को बारेमा प्रशिक्षण दिइएको थियो।कार्यक्रममा संस्थाका सल्लाहकार एवं आदरणीय व्यक्तित्व डा. भोलानाथ योगी ज्यूले संस्कारको महत्व बुझाउँदै भन्नुभएको थियो। संस्कार कुनै एउटा विशेष धर्म वा सम्प्रदायमा मात्र सीमित हुँदैन। मानवीय मूल्य र असल आचरण नै संस्कारको वास्तविक मूल आधार हो। आदरणीय गुरु रविन्द्र बस्नेत ज्यू, संस्थाका सचिव एवं राप्ती साहित्य परिषद्का अध्यक्ष श्री यम रेग्मी ज्यू लगायतका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न सो सत्रले बालबालिकाको चौतर्फी विकासमा नैतिक शिक्षाको आवश्यकतालाई पुनः पुष्टि गरेको थियो।

"सूचनाको अधिकार" सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रममा हामीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ। कार्यक्रममा मुख्य प्र...
28/04/2026

"सूचनाको अधिकार" सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रममा हामीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ। कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा यस संस्थाका सल्लाहकार श्री विपुल पोखरेल ज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँले सूचनाको हक र यसको प्रयोगका विषयमा गहिरो ज्ञान र अनुभव बाँड्नुभएको थियो। त्यस्तै, तालिमलाई थप जीवन्त र सहभागीमुखी बनाउन संस्थाकी सदस्य श्री देवा नेपाली ज्यूले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको कुशल सहजीकरणले गर्दा सहभागीहरूले खुलेर आफ्ना जिज्ञास राख्ने र सिक्ने अवसर पाए।

सानो प्रयास, ठूलो परिवर्तनमहावीर रोका जीवनको अत्यन्त कठिन मोडमा हाम्रो संस्थासँग सम्पर्कमा आउनु भयो। उहाँ सरकारी मापदण्ड...
28/12/2025

सानो प्रयास, ठूलो परिवर्तन

महावीर रोका जीवनको अत्यन्त कठिन मोडमा हाम्रो संस्थासँग सम्पर्कमा आउनु भयो। उहाँ सरकारी मापदण्डअनुसार अपाङ्गता रातो कार्डका लागि योग्य नदेखिनु भए पनि उहाँको पीडा र वास्तविक अवस्थाले हामीलाई गहिरो रूपमा छोयो। दुर्घटनापछि शारीरिक रूपमा अपाङ्ग हुनुभएका उहाँलाई श्रीमतीले छाडेर अर्कोसँग गइन् र दुई सन्तान पनि साथमै लगेकी थिइन्।
यस संवेदनशील अवस्थालाई ध्यानमा राख्दै, हाम्रो संस्थाले सम्बन्धित सरकारी कार्यालयहरूसँग निरन्तर समन्वय गर्‍यो। उहाँको वास्तविक अवस्था, पीडा र अधिकारबारे स्पष्ट रूपमा जानकारी गराउँदै आवश्यक पहल गरियो। अन्ततः, संस्थाको निरन्तर प्रयास र पहलका कारण उहाँले अपाङ्गता रातो कार्ड प्राप्त गर्न सफल हुनु भयो।
हामी दृढ विश्वास गर्छौं,
“हामीले जे पाउँछौं त्यसले जीविकोपार्जन गर्छ, तर जे दिन्छौं त्यसले जीवन बनाउँछ।”

हावा, पानी, वन जोगाऔं,सफा, हरियो पृथ्वी बनाऔं।आज वातावरण दिवसको अवसरमा, सानो भए पनि सकारात्मक कदम चालौं।🌿 प्लास्टिक कम ग...
06/06/2025

हावा, पानी, वन जोगाऔं,
सफा, हरियो पृथ्वी बनाऔं।
आज वातावरण दिवसको अवसरमा, सानो भए पनि सकारात्मक कदम चालौं।
🌿 प्लास्टिक कम गरौं
🌱 रुख रोपौं
🚶‍♂️ पैदल हिँड्ने बानी बसालौं
#विश्ववातावरणदिवस

Address

Ghorahi Sub-Metropolitan
Dang District

Telephone

082-561168

Website

Alerts

Be the first to know and let us send you an email when Youth Alliance for Social And Economic Transformation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share