24/05/2023
हार्दिक आभार तथा न्यानो निमन्त्रणा !
आदरणीय लायन अग्रज लिडर ज्यूहरू सादर नमस्कार !
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालका सफलतम श्रद्धेय डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेल ज्युले डिष्ट्रिक्टको चौथो फेलोसिप क्याबिनेट मिटिङ नेपालकै पर्यटकिय गुरुङ गाँउ घान्द्रुकमा सभ्य, भव्य र उल्लासमय रूपमा सम्पन्न गर्नका लागि होस्टक्लबका रुपमा लायन्स क्लब अफ पोखरा लेकसाईड लाई जिम्मा दिनु भएको र मलाई संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्द्छौ ।
लायन्स इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ एम नेपालको चौथो फेलोसिप क्याबिनेट मिटिङ यहाँहरुको साथ र सहकार्यले अत्यन्तै मनोरञ्जनात्मक उल्लासमय रुपले पुर्ण सफलतापूर्वक सम्पन्न गर्ने नै छौ भन्ने विश्वास व्यक्त गर्दछौ । नेपालकै पर्यटकिय, रमणिय गुरुङ गाँउ कास्कीको घान्द्रुकमा हुन गइरहेको यस क्याबिनेट मिटिङलाई ऐतिहासिक बनाउन सम्पूर्ण अग्रज लायन्स् लिडर ज्यूहरुको मार्गनिर्देश, सद्धभाव, सहयोग साथै क्लब अध्यक्ष तथा लायन्स साथीहरूले आ-आफ्नो क्लवबाट १००% सदस्यहरुको रजिस्ट्रेशन गराइदिनु हुने नै छ भन्ने पुर्ण विश्वास लिएका छौ। यस्तो सुनौलो अवसरमा लायनिज्म सगै नेपालको र्पयटकीय गुरुङ गाँउ घुम्न र प्राकृतिक सौन्दर्यसगै मिठास,आनन्द प्राप्तिको लागी स-परिवार सहितको भ्रमणको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।
-----------------
“Together we Can”
“Teamwork for Excellence”
-----------------
हामी सबैको सहकार्य र सहभागिता !
चौथो फेलोसिप क्याबिनेट मिटिङको सफलता !!
हामी सबै जाँउ, घान्द्रुक गाँउ !!!
संयोजक :
लायन जगन्नाथ तिमिल्सिना(९८५६०२०१२०)
लायन्स क्लब अफ पोखरा लेकसाईड