Deepjyoti Organization for Society Improvement

Deepjyoti Organization for Society Improvement Deepjyoti Organization for Society Improvement (DOSI) is one of the non profitable non government organization which was stablish in 2052

14/04/2026

❤️ नयाँ वर्ष २०८३ को सुअवसरमा हरेक नेपालीको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक,राजनीतिक जीवन प्रेम, आनन्द, समन्वय , सहकार्य र सकारात्मकताले भरिपूर्ण रहोस्। नयाँ वर्ष, नयाँ लक्ष्य, नयाँ उपलब्धि! सर्वाङ्गीण पक्षमा उत्तरोत्तर प्रगतिको कामनासहित सम्पूर्णमा हार्दिक शुभकामना !

केशवप्रसाद सेढाई
अध्यक्ष
तथा
दिपज्योति समाज सुधार संस्था परिवार
कालिञ्चोक -९, सुन्द्रावती, दोलखा

29/12/2024

दिपज्योती समाज सुधार सस्थाका आजीवन सदस्य प्रेम प्रसाद खरेललाइ परेको मातृशोकमा मृतकप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैशोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ।

दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ शान्त प्रसाद सेढाई (सूर्य सेढाई ) ले कागेश्वरी मनोहरा वडा नं ७ अमरसिंह चोक काठमाड...
04/12/2024

दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ शान्त प्रसाद सेढाई (सूर्य सेढाई ) ले कागेश्वरी मनोहरा वडा नं ७ अमरसिंह चोक काठमाडौँमा सञ्चालन गरेको फर्निचर कार्पेट लगायत फर्निसिङका सामग्रीहरू मङ्सिर ९ गते राति बिजुली सर्ट भई पूर्णरूपमा क्षति भएकोमा दुःख व्यक्त गर्दै यस दुखद घडीमा दिपज्योती समाज सुधार सस्थाको पहलमा सस्थाका सदस्यहरु लगायत सबै सहयोगी मनहरुमा तपसीलको खातामा रकम जम्मा गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड चरिकोट शाखा
Dip Jyoti Samaj Sudhar Sastha
Ac no-13000100638064000001
थप आवश्यक भए सम्पर्क
उमेश रोकाय कोषाध्यक्ष ९८४४३००२८२
डम्बर प्रसाद ओली(सुजन)सचिव ९८५४०४५५३९
केशव प्रसाद सेढाई अध्यक्ष ९८१५८०९०००

सुन्द्रावती युवा सन्जाल,कालिन्चोक गाउँ पालिका -९ को आयोजना ,सुस्वास्थ्य अस्पताल मीनभवन काठमाडौको प्राविधिक सहयोग ,कालिन्...
18/11/2024

सुन्द्रावती युवा सन्जाल,कालिन्चोक गाउँ पालिका -९ को आयोजना ,सुस्वास्थ्य अस्पताल मीनभवन काठमाडौको प्राविधिक सहयोग ,कालिन्चोक गाउँपालिका वडा न ८ तथा दीपशिखा धितोपत्र कारोवार कम्पनी लि को आर्थिक सहयोग एवम स्थानीय कालिनाग युवा क्लब र दीपज्योती समाज सुधार सस्थाको ब्यवस्थापकीय सहयोगमा२०८१/०८/०१ देखि ०३ गतेसम्म सन्चालित ३ दिने निशुल्क स्वास्थ्य शिविर सुनखानी पाहुनाघरको हलमा सम्पन्न भएको छ । शिविरमा पहिलो दिन१४१ महिला सहित २०३ जना,दोश्रो दिन १४९महिला सहित२३७ जना र तेस्रो दिन ६८ महिला सहित ९६ जना गरि ५३५ जनाले सेवा प्राप्त गर्नु भएको छ। सुन्द्रावती युवा सन्जालका अध्यक्ष देबीप्रसाद ओलीको अध्यक्षता,बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम कालिन्चोक गापा ८ का वडाध्यक्ष सुर्य बहादुर आचार्यले समापन गर्नुभएको थियो।कार्यक्रममा सुस्वास्थ्य अस्पतालका डा सुदर्शन बस्नेतले नि शुल्क शिविर बार्षिक रुपमा गर्ने प्रतिबद्धता गर्नु भएको थियो भने वडाध्यक्ष सुर्य बहादुर आचार्यले आगामी नीति तथा कार्यक्रममा शिविर सन्चालन कार्यक्रम समावेस गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।आयोजकको तर्फबाट सहयोगी सस्था तथा ब्यक्तिहरुलाइ सम्मान पत्र समेत प्रदान गरिएको थियो।

हार्दिक आभार !कालिन्चोक गाउँ पालिका वडा न ९ सुन्द्रावतिमा क्रियाशील सस्थाहरु ( दिपज्योती समाज सुधार सस्था,दिपज्योती साको...
04/09/2024

हार्दिक आभार !
कालिन्चोक गाउँ पालिका वडा न ९ सुन्द्रावतिमा क्रियाशील सस्थाहरु ( दिपज्योती समाज सुधार सस्था,दिपज्योती साकोस,सुन्द्रावती युवा सन्जाल,नेरेसो सुन्द्रावती उपशाखा)को सयुक्त आयोजना तथा नेरेसो दोलखा शाखाको प्राविधिक सहयोगमा सस्थाहरुको स्थापना दिवस र रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा ४ महिला सहित २१ जनाले रक्तदान गर्नुभएको छ।कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,अतिथी गण,रक्तदाता ,सम्पुर्ण सस्थाका पदाधिकारी एवम सदस्यहरु,प्राविधिकहरु लगायत सम्पुर्णमा हार्दिक आभार!

२०८१ भाद्र १९ गते बिहान ८:०० बजेबाट कटुवाचौरमा  हुने रक्तदान कार्यक्रममा सहभागी बनौं ।
31/08/2024

२०८१ भाद्र १९ गते बिहान ८:०० बजेबाट कटुवाचौरमा हुने रक्तदान कार्यक्रममा सहभागी बनौं ।

भीमेश्वर नगरपालिकाको आयोजना र दिपज्योती समाज सुधार सस्थाको सहजीकरणमा विद्युतीय अपराध ,लागू औषध तथा दुर्व्यसन,आत्महत्यावि...
05/06/2024

भीमेश्वर नगरपालिकाको आयोजना र दिपज्योती समाज सुधार सस्थाको सहजीकरणमा विद्युतीय अपराध ,लागू औषध तथा दुर्व्यसन,आत्महत्याविरुद्धको अभियान अभिमुखिकरण कार्यक्रम भीमेश्वर नगरपालिकाभित्र ५ ओटा इभेन्ट सम्पन्न भएको छ।सहयोगी सबैमा हार्दिक आभार!

विद्युतीय अपराध ,लागू औषध तथा आत्महत्याका कारण  र रोकथामका उपायहरु विषयक अभिमुखिकरण सम्पन्न
02/06/2024

विद्युतीय अपराध ,लागू औषध तथा आत्महत्याका कारण र रोकथामका उपायहरु विषयक अभिमुखिकरण सम्पन्न

05/05/2024

दीपज्योति समाज सुधार संस्थाका संस्थापक अध्यक्ष,सामाजिक अभियन्ता ,शैक्षिक सामाजिक प्रेरणाको स्रोत समाजसेवी आदरणीय डम्बर प्रसाद सेढाई जसले जीवनको सम्पूर्ण उर्जाशील समय हाम्रो समाजका निम्ति खर्चंदै जीवनको अन्तिम समयमा समेत सोही चिन्तन र समय खर्चंदै २०८१/०१/१४ गते ब्रम्हलिन हुनुभएको तेह्रौ पुन्यदिनको अवसरमा मिति २०८१/०१/२६ गते बिहान ७:३० बजे दिपज्योती समाज सुधार सस्थाको कार्यालय,कालिन्चोक -९ सुन्द्रावतीको प्राङ्गणमा स्मृति सभा आयोजना गरिएको हुँदा सस्थाका सम्पुर्ण पदाधिकारी ,सदस्य शुभचिन्तक शुभेच्छुकहरुमा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ।

दीपज्योति समाज सुधार संस्थाका संस्थापक अध्यक्ष, संस्थाको अभिभावक, प्रेरणाको स्रोत, समाजसेवी आदरणीय डम्बर प्रसाद सेढाईज्य...
27/04/2024

दीपज्योति समाज सुधार संस्थाका संस्थापक अध्यक्ष, संस्थाको अभिभावक, प्रेरणाको स्रोत, समाजसेवी आदरणीय डम्बर प्रसाद सेढाईज्यूको स्वर्गवास भएकोमा साह्रै दुखित छौ । सधै समाजको बारेमा चिन्तन गर्ने, सहयोगी, उत्प्रेरकको भूमिका निर्वाह गर्ने, संस्थाको उन्नती र प्रगतिको बारेमा सँधै क्रियाशिल रहने हजुरको भौतिक शरिर हामी माझ रहेन । हजुरले कमाएको सम्पति नै साथीभाई आफन्त हो । जुन कुरा हजुरको अन्त्यष्ठीमा सहभागी हुनु भएको उपस्थितीले जनाएको छ । सबै प्रति हार्दिक आभार । हजुरको स्वर्गमा वास होस,। भावपूर्ण श्रद्धान्जली ! परिवारजनमा हार्दिक समवेदना ! !
दीपज्योति समाज सुधार संस्था
दोलखा

Address

Sundrawoti, Dolakha
Charikot

Alerts

Be the first to know and let us send you an email when Deepjyoti Organization for Society Improvement posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Deepjyoti Organization for Society Improvement:

Share