Rotary Club Of Butwal,Downtown

Rotary Club Of Butwal,Downtown one of the most popular and powerful social organization of Nepal in social Service...

District Leadership Training Seminar and Grant Management SeminarThe club actively participated as both the Host Club an...
03/08/2026

District Leadership Training Seminar and Grant Management Seminar

The club actively participated as both the Host Club and a participating club in the District Leadership Training Seminar and Grant Management Seminar held on 29–30 May 2026.

The program was attended by Club President Rtn. Dharmadatta Gyawali, Secretary Rtn. Yogendra Prasad Panthi, Club Administration Chair Rtn. Shankar Gyawali, Public Image Chair Rtn. Binita Thapa, along with several district officials.

President Elect Learning seminar( May 1-2)
03/08/2026

President Elect Learning seminar( May 1-2)

25th Installation ceremony and Silver jubilee celebration 😍
24/07/2026

25th Installation ceremony and Silver jubilee celebration 😍

30/06/2026
आदरणीय स्वगिय चार्टर प्रेसिडेन्टज्यू, चार्टर सदस्यज्यूहरू, पूर्वअध्यक्षज्यूहरू, रोटरी वर्ष २०२५–२६ का सम्पूर्ण पदाधिकारी...
30/06/2026

आदरणीय स्वगिय चार्टर प्रेसिडेन्टज्यू, चार्टर सदस्यज्यूहरू, पूर्वअध्यक्षज्यूहरू, रोटरी वर्ष २०२५–२६ का सम्पूर्ण पदाधिकारी, रोटरी परिवार तथा सम्पूर्ण रोटेरियन मित्रहरू,
रोटरी वर्ष २०२५–२६ मा यहाँहरूबाट प्राप्त भएको अपार माया, साथ, सहयोग, मानवीय सेवा सहित को सामाजिक कार्य र विश्वासप्रति म हृदयदेखि नै हार्दिक धन्यवाद तथा गहिरो आभार व्यक्त गर्दछु।
मानवता र समाजप्रतिको हाम्रो साझा उत्तरदायित्वलाई आत्मसात गर्दै रोटरी क्लब बुटवल डाउनटाउनले रोटरी इन्टरनेसनलका आदर्श, उद्देश्य र मूल्यअनुसार शिक्षा, स्वास्थ्य, वातावरण, सामुदायिक विकास तथा सेवामूलक विविध कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै यो रोटरी वर्षलाई अत्यन्त उत्साह र गौरवका साथ सम्पन्न गर्न सफल भएको छ। यो उपलब्धि कुनै एक व्यक्तिको होइन, सम्पूर्ण रोटरी परिवारको सामूहिक समर्पण, एकता र अथक प्रयासको परिणाम हो।
यस ऐतिहासिक यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण चार्टर सदस्यहरू, पूर्वअध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू, पार्टनरहरू, स्पोन्सरहरू तथा शुभेच्छुकहरूप्रति म पुनः हार्दिक आभार व्यक्त गर्दछु।
भोलि जुलाई १ देखि नयाँ रोटरी वर्षको शुभारम्भ हुँदैछ। यस सुखद अवसरमा नयाँ नेतृत्व टोलीलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। आगामी वर्ष अझ प्रभावकारी, उपलब्धिमूलक र सेवामुखी बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
रोटरी वर्ष २०२५–२६ मा अध्यक्षको रूपमा रोटरी क्लब बुटवल डाउनटाउनको समृद्ध विरासतमा मेरो नेतृत्वबाट एउटा सानो इँटा थप्ने अवसर पाउनु मेरा लागि जीवनकै ठूलो सम्मान र गौरवको विषय बनेको छ। यहाँहरूको विश्वास र सहयोगप्रति म सदैव ऋणी रहनेछु।
आउनुहोस्, हामी सबै मिलेर रोटरी इन्टरनेसनलको आदर्शलाई अझ उजागर गर्दै क्लबको गौरवशाली विरासतलाई अझ उचाइमा पुर्‍याऔँ।
बाबुराम बन्जाडे
अध्यक्ष, रोटरी क्लब अफ बुटवल डाउनटाउन
धन्यवाद!
UNITE FOR GOOD
to Create lasting Impact!
Service above self
Very happy silver jubilee year 2026-27

https://khasyauli.com/2026/06/17/chatradev-talim-ai/khasyauliadmin/?fbclid=IwdGRjcASfL4BjbGNrBJ8vH2V4dG4DYWVtAjExAHNydGM...
17/06/2026

https://khasyauli.com/2026/06/17/chatradev-talim-ai/khasyauliadmin/?fbclid=IwdGRjcASfL4BjbGNrBJ8vH2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHnp0KU-G8-QuWfjJd1IGo-PyZtqRZ0NHOK2iK61qr4hbGFoHKAH9v4slhzxM_aem_IzwjJCdMc2SgmH1T9Z_ZBQ

छत्रदेव गाउँपालिकाका सरकारी कर्मचारी र शिक्षकहरुलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र कृत्रिम बुद्धिमत्ता (एआ....

17/06/2026

Rotary anepal functional literary
At Arghakhanchi

रोटरी क्लब बुटवल डाउनटाउनद्वारा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२, टाकुडा र बस्यालटोलमा कार्यात्मक साक्षरता (Fu...
17/06/2026

रोटरी क्लब बुटवल डाउनटाउनद्वारा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२, टाकुडा र बस्यालटोलमा कार्यात्मक साक्षरता (Functional Literacy) कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रममा स्थानीय समुदायका करिब ४० जना महिला दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य समुदायका अशिक्षित तथा न्यून साक्षर व्यक्तिहरूलाई आधारभूत पढ्न, लेख्न र गणना गर्न सक्ने क्षमता विकास गर्नु हो। साथै, बैंकिङ कारोबारको सामान्य जानकारी प्राप्त गर्न, रकमको हिसाब बुझ्न, मोबाइल फोनमा नम्बर डायल गर्न, आवश्यक सम्पर्क राख्न तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सीपहरू विकास गर्न सहयोग पुर्‍याउनु कार्यक्रमको लक्ष्य रहेको छ। यस कार्यक्रममार्फत सहभागीहरूलाई आत्मनिर्भर, सचेत र सशक्त नागरिकका रूपमा विकास गर्न प्रयास गरिएको छ।
रोटरी क्लब बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा उधघाटन गरिएको कार्यक्रममा सन्धिखर्क नगरपालिका–१२ का वडाध्यक्ष नारायण खड्का, समाजसेवीहरू बाबुराम बस्याल, राजु मुखिया तथा सुनिल गिरी, रोटरी क्लब बुटवल डाउनटाउनका पूर्व अध्यक्ष राजेन्द्र ढकाल, जीवन अधिकारी, निर्वाचित अध्यक्ष धर्मदत्त ज्ञावाली, क्लबका उपाध्यक्ष मनोज भुसाल तथा कार्यालय सचिव तिलक अधिकारीलगायतको उपस्थिति रहेको थियो। उत्त कार्यक्रम को लागि रोटरी District 3292 Rotary Nepal literary mission 2025-26 बाट आर्थिक सपोट र उपाध्यक्ष मनोज भुसाल बाट पनि आर्थिक सपोट भएको कार्यक्रम बीस दिनसम्म सञ्चालन गरिनेछ । कार्यक्रममार्फRotaryत सहभागीहरूलाई आधारभूत पढ्न, लेख्न, गणना गर्न, मोबाइल फोनको सामान्य प्रयोग गर्न तथा दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो। यस कार्यक्रमले स्थानीय महिलाहरू तथा ज्येष्ठ नागरिकहरूको साक्षरता अभिवृद्धि गर्न र उनीहरूको आत्मविश्वास तथा आत्मनिर्भरता बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।उक्त कार्यक्रममा प्रशिक्षकका रूपमा शारदा बिलबासे र सपना भुसालले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले सहभागीहरूलाई कार्यात्मक साक्षरता, आधारभूत गणितीय ज्ञान तथा दैनिक जीवनमा उपयोगी व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो

Address

Butwal , Hillpark
Butwal

Alerts

Be the first to know and let us send you an email when Rotary Club Of Butwal,Downtown posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rotary Club Of Butwal,Downtown:

Shortcuts

Share