लामाखर्क समाज रुपन्देही - Lamakharka Samaj Rupandehi

  • Home
  • Nepal
  • Butwal
  • लामाखर्क समाज रुपन्देही - Lamakharka Samaj Rupandehi

लामाखर्क समाज रुपन्देही - Lamakharka Samaj Rupandehi लामाखर्क गुल्मीबाट रुपन्देहीमा गई अस्थायी स्थायी बसोबास गर्ने सम्वद्ध समाज

21/02/2023

सूचना ! सूचना !! सूचना !!!
वनभोज कार्यक्रम स्थगन गरिएको बारे सूचना !!!!

विशेष कारणवस यही फागुन १३ गते गर्ने भनिएको वनभोज कार्यक्रम तत्कालको लागी स्थगीत गरिएको व्यहोरा सबैलाई जानकारी गराउँछौं। यसको लागी हामी क्षमा प्रार्थी छौं ।
विस्तृत जानकारीको लागी
सूचना संयोजक
@गोकर्ण प्रकास ज्ञवाली(9847058534)

लामाखर्क गुल्मीबाट रुपन्देहीमा गई अस्थायी स्थायी बसोबास गर्ने सम्वद्ध समाज

20/02/2023

नमस्कार सबैमा ।
यहि फागुन १३ गते शनिवार लामाखर्क रुपन्देही समाजको आयोजनामा वनभोज कार्यक्रम तय भएको जानकारी गराउँछौ ।
स्थान ः शंकरनगर वनवाटीका ।
रुपन्देही जिल्ला तथा आसपासमा रहने लामाखर्कसंग सम्वन्धित सबैलाई वनभोजमा सहभागी हुन यो जानकारी गराउँदै जानकारी शेयर गरी सबैलाई पुर्याउनूहुनेछ भन्ने अनुरोध छ ।

यस समाजका अध्यक्ष श्री Kapil Gyawali ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
05/11/2022

यस समाजका अध्यक्ष श्री Kapil Gyawali ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

हार्दिक धन्यवाद एवं आभार !प्रथम लामाखर्क भलिवल प्रतियोगीता-२०७९  सफल बनाउनुहुने सम्पुर्णमा हार्दिक आभार । प्रतियोगिताको ...
15/10/2022

हार्दिक धन्यवाद एवं आभार !

प्रथम लामाखर्क भलिवल प्रतियोगीता-२०७९ सफल बनाउनुहुने सम्पुर्णमा हार्दिक आभार । प्रतियोगिताको मुख्य प्रायोजक Expert Education and Visa Services का मेरा प्रिय मित्र Roshan Kandel सहप्रायोजन गर्नुहुने Hotel The Butwal View Pvt.Ltd का Madan Basel दाइ लगायत सम्पुर्ण सहयोगिहरुमा हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।
उदघाटन समारोहका प्रमुख अतिथी पुर्व मन्त्री kumar gyawali, समापन समारोहका प्रमुख अतिथी रुरुक्षेत्र गापा अध्यक्ष Yadu Gyawali Santosh, उपाध्यक्ष gautam, रुरुक्षेत्र-४ वार्ड अध्यक्ष shrestha लगायत सम्पुर्ण अतिथि गणहरुमा हार्दिक साधुबाद ।
प्रतियोगिताभर निर्बिवाद निर्णय दिने निर्णायकहरु, अनुशाशित रुपले खेल्ने खेलाडिहरु, स्थानिय स्वयमसेवक भाइबहिनिहरु, स्थानिय दर्शकहरु सहित रुरुक्षेत्र-४ वडा कार्यालय, Samaj Kathmandu, स्थानिय ब्यवस्थापन समितिका संयोजक palli सहसंयोजक Tilu Palli लगायत सम्पुर्णमा लामाखर्क रुपन्देही समाज बुटवल - Lamakharka Rupandehi Samaj Butwal हार्दिक आभार ब्यक्त गर्दछ ।
प्रतियोगिताको हिसाब किताब केही दिनमा सार्वजनिक हुनेनै छन।
सबैजनाको सधै चित्त बुझाउन सकिदैन, अहिले आएका आलोचनाहरुको उच्च सम्मान गर्दै कार्यक्रमलाइ परिस्कृत त भब्य बनाउन आगामी बर्ष फेरि लामाखर्कमा भेटने बाचा गर्दछौ।
धन्यबाद! जय लामाखर्क!!
अध्यक्ष
Kapil Gyawali
लामाखर्क समाज रुपन्देही, बुटवल

प्रथम लामाखक भलिवल प्रतियोगीता, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम
14/10/2022

प्रथम लामाखक भलिवल प्रतियोगीता, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

Lamakharka Vollyball'79|| प्रथम लामाखर्क भलिवल || पुरस्कार वितरण तथा सम्मान कार्यक्रम || रुरुक्षेत्र गाऊँपालीका-०४, लामाखर्क, गुल्.....

आज विहान ७ बजेबाट खेल प्रारम्भ हुनेछ ।आज बाँकी दोस्रो चरणको खेलहरु निम्नानुसार हुनेछन् ः१. लाङ्घाली लाफा समूह vs परिवर्त...
11/10/2022

आज विहान ७ बजेबाट खेल प्रारम्भ हुनेछ ।

आज बाँकी दोस्रो चरणको खेलहरु निम्नानुसार हुनेछन् ः
१. लाङ्घाली लाफा समूह vs परिवर्तनशील युवा क्लव
२. जय भैरव युथ क्लव जुभुङ vs नव मिर्मिरे युवा भलिवल टिम रिमुवा
३. रिमुवा ४ टिम vs लिम्घा भलिवल टिम

हिजोको खेलमा तेस्रो चरणमा प्रवेश गरेका टिमहरुः
१. न्यू राइजिङ्म युवा क्लब बिरबास
२. वलिथुम भलिवल टिम,
३. जुनिया भयँर युवा क्लव
४. झमादि भलिवल टिम

लगत्तै तेस्रो चरणको खेल हुनेछ र मौसमले साथ दिएसम्म फाईनल खेल पनि आज नै सम्पन्न हुनेछ ।

लामाखर्क समाज रुपन्देहीको आयोजना, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रायोजन, द होटल भ्यू प्रा.लीको सह-प्रायोजन रहेको उक्त प्रतियोगीता रुरुक्षेत्र गाउँपालीका वडा नं. ४ कार्यालय तथा लामाखर्क काठमाडौं समाज, काठमाडौंको सहकार्यमा असोज २३ गतेदेखी रुरुक्षेत्र वडा न.ं ४ लामाखर्कको स्कूल खेलमैदानमा यो खेल संचालन भईरहेको छ ।

गुल्मी रुरुक्षेत्र ४ लामाखर्कमा भलिवल खेल दोस्रो चरणमा प्रवेशभोली फाईनल खेल पनि खेलाईनेगोकर्ण प्रकास ज्ञवाली । असोज २५, ...
11/10/2022

गुल्मी रुरुक्षेत्र ४ लामाखर्कमा भलिवल खेल दोस्रो चरणमा प्रवेश
भोली फाईनल खेल पनि खेलाईने

गोकर्ण प्रकास ज्ञवाली । असोज २५, गुल्मी । लामाखर्क समाज रुपन्देहीले आयोजना गरेको प्रथम लामाखर्क भलिवल प्रतियोगीता आज दोस्रो चरणको खेलमा प्रवेश गरेसंगै चारसेट खेल सम्पन्न गरेको छ ।

दोस्रो चरणको पहिलो खेलमा आयोजक लामाखर्कलाइ सोझो सेटमा पराजित गर्दै न्यू राइजिङ्म युवा क्लब बिरबास तेस्रो चरणमा प्रवेश गरेको छ । सिंदुरे भलिवल टिमलाई पराजीत गर्दै वलिथुम भलिवल टिम, रिमुवा २ भन्ज्याङलाई पराजीत गर्दै जुनिया भयँर युवा क्लव तथा ग्वादी भलिवल टिमलाई पराजीत गर्दै झमादि भलिवल टिमले तेस्रो चरणको लागी स्थान सुरक्षीत गरेका छन् ।

त्यस्तै भोली दोस्रो चरणका बाँकी तीनसेट खेलाईने खेल संयोजक कमल पल्लीले बताए ।

भोलीको दोस्रो चरणको खेल लाङ्घाली लाफा समूह vs परिवर्तनशील युवा क्लव, जय भैरव युथ क्लव जुभुङ vs नव मिर्मिरे युवा भलिवल टिम रिमुवा तथा रिमुवा ४ टिम vs लिम्घा भलिवल टिमबीच हुने बताए । भोलीनै फाईनल खेल पनि खेलाईने संयोजक पल्लीले बताए ।

लामाखर्क समाज रुपन्देहीको आयोजना, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रायोजन, द होटल भ्यू प्रा.लीको सह-प्रायोजन रहेको उक्त प्रतियोगीता रुरुक्षेत्र गाउँपालीका वडा नं. ४ कार्यालय तथा लामाखर्क काठमाडौं समाज, काठमाडौंको सहकार्यमा असोज २३ गतेदेखी रुरुक्षेत्र वडा न.ं ४ लामाखर्कको स्कूल खेलमैदानमा संचालन भईरहेको छ ।

11/10/2022

खेल दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको चिठ्ठा थुत्ने कार्यक्रम...

आज २ बजेपछि दोस्रो चरणको खेलको तयारी हुँदै...
11/10/2022

आज २ बजेपछि दोस्रो चरणको खेलको तयारी हुँदै...

हार्दिक आभार एवं धन्यवाद !लामाखर्क समाज रुपन्देहीद्वारा आयोजित प्रथम लामाखर्क भलिवल प्रतियोगीता(असोज २१-२४, २०७९, स्थानः...
11/10/2022

हार्दिक आभार एवं धन्यवाद !
लामाखर्क समाज रुपन्देहीद्वारा आयोजित प्रथम लामाखर्क भलिवल प्रतियोगीता(असोज २१-२४, २०७९, स्थानः रुरुक्षेत्र-४, लामाखर्क)को सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने यहाँप्रति हार्दिक आभार एवं धन्यवाद प्रकट गर्दै यहाँ साथै यहाँको परिवारमा सुस्वास्थ्य, दिर्घार्यु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।

आज असोज २५ गते, विहान आठ बजेदेखी खेल शूरु हुँदैछ...
11/10/2022

आज असोज २५ गते, विहान आठ बजेदेखी खेल शूरु हुँदैछ...

Address

Butwal

Telephone

+9779851046985

Website

Alerts

Be the first to know and let us send you an email when लामाखर्क समाज रुपन्देही - Lamakharka Samaj Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share