27/05/2026
राष्ट्रिय मानव अधिकार आयोगको २६औं वार्षिकोत्सव लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा अवस्थित प्रदेश प्रशासनिक भवन परिसर भालुवाङ्ग दाङको लुम्बिनी हलमा भव्यताका साथ मनाइयो। कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका कार्यालय प्रमुख सहसचिव सन्तोष आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्य, विशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेशसभाका माननीय सभामुख तुलाराम घर्ति मगरको उपस्थिति रहेको थियो। कार्यक्रममा आयोगको सेवाप्रवाह तथा प्रभावकारिताको सम्बन्धमा सेवाग्राहीको प्रतिनिधित्व गर्दै केशव पोखरेलले आफ्नो धारणा राख्नु भएको थियो। यस कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय अर्थ मन्त्री धनेन्द्र कार्की, माननीय सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, स्वास्थ्य मन्त्री खेमबहादुर सारु, लुम्बिनी प्रदेश सभाको माननीय सदस्य भोजप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, उर्जा जलस्रोत तथा सिंचाई मान्त्रालयका सचिव चूर्ण बहादुर ओली, राप्ती गाउँपालिकाका उपाध्यक्ष तथा घरेलु बालश्रमिकको रुपमा अमानवीय व्यवहारबाट पीडित कमलापति चौधरी, गैसस महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जीतकुमारी वेल्वासे, मानव अधिकार महामेला लुम्बिनी प्रदेश संयोजक अरुणा श्रेष्ठ, संयुक्त राष्ट्रसंघीय निकायहरुका प्रमुख तथा प्रतिनिधिहरु, माहुरी होमका अध्यक्ष रामदयाल ठाकुर, उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु, विभिन्न गैससमा कार्यरत अधिकारकर्मीहरु, विभिन्न संचारमाध्यका संचारकर्मीहरु, राष्ट्रिय मानव अधिकार आयोगका सेवाग्राही लगायतका महानुभावहरुको समुपस्थिथितिमा मानव अधिकार अधिकार अधिकृत अजित कुमार ठाकुरले संचालन गर्नुभएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।