परिचय:-
नेत्रहीन युवा संघ नेपाल देशैभरि छरिएर रहेका दृष्टिविहीन तथा न्युन दृष्टियुत्त युवाहरुको हक हित र अधिकारको संवर्धन गर्नका लागि वकालत गर्ने एक अधिकारमुखि संस्था हो । संघ स्थापना कालको १० बर्षमा केन्द्रिय कार्यालय काठमाडौ, १ नम्बर प्रदेशमा झापा र मोरङ जिल्ला, मधेस प्रदेशमा बारा जिल्ला, बागमती प्रदेशमा काठमाडौ र चितवन, गण्डकी प्रदेशमा कास्की जिल्ला, लुम्बिनी प्रदेशमा रुपन्देही र बाँके जिल्ला ,
कर्णाली प्रदेशमा सुर्खेत जिल्ला, सुदुर पश्चिमाञ्चल प्रदेसमा कैलालि जिल्लामा गरि १० ओटा जिल्ला शाखा समेत विस्तार गर्न सफल भएको छ । हाल यस संस्था भित्र ५०० भन्दा बढिको संख्यामा संगठित सदस्यहरु आबद्ध रहेका जसमा महिला र पुरुष लगभग समान प्रतिनिधित्व रहेको देखिन्छ ।
"नेत्रहीन युवा संघ रुपन्देही" नेत्रहीन युवा संघ नेपालको जिल्ला शाखाको रुपमा लुम्बिनी प्रदेश रुपन्देही जिल्लामा बि,स,२०७० बैशाख १० गते स्थापना भइ बि,स,२०७२ मा जिल्ला प्रशासन कार्यालय रुपन्देही बाट आबद्धता लिइ हाल कृयाशिल छ।सस्था स्थापना पस्चात सस्थागत बिकास,जनचेतना तथा सचेतना अभिबृद्धि ,गुणस्तरीय शिक्षा प्राप्ती,स्वास्थ्य प्रबर्द्धन ,रोजगार तथा स्वरोजगार र राजनैतिक नेतृत्व र सहभागीता बिसयमा कार्य गरिरहेको छ।
सस्थाको पहल,पैरबी बाट जिल्लामा;-
-सस्थाको पहलमा बुटवल बहुमुखी क्याम्पस बुटवलमा स्नातकोत्तर तह सम्म अध्ययन गर्नको निम्ति निशुल्कको ब्यबस्था भएको छ।
-लुम्बिनी प्रदेशका स्थानिय पालिकामा ध्यानाकर्षण गराइ दृष्टि बिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ अध्ययनमा प्रयोग हुने हाल सम्म १३ जना रुपन्देही ,पाल्पा ,रोल्पा लगायतका जिल्लाका पालिका बाट ल्याबटब बितरण गर्ने कार्यमा समन्वय गरि सफल भएको छ।
- अपाङ्गता भएका ब्यक्तिहरुलाइ लुम्बिनी प्रदेशका केहि पालिका;-सुधोधन गा,पा,,तानसेन नगरपालिका बाट स्वास्थ्य बिमा निशुल्क गराउने कार्यमा सफलता भएको छ।
-स्वरोजगार तर्फ अपाङ्गता भएका युवाहरुलाइ सिपमुलक तालिम प्रदान गरि लगानी रकम उपलब्ध गराउने र हाल १५ जना भन्दा बढी युवा हरु आयाअर्जनमा कृयाशिल भएको ,ओनद जब बाट ६ जना अपाङ्गता भएका ब्यक्तिहरु कार्य क्षेत्रमा कृयाशिल रहनु भएको छ।
-लुम्बिनी प्रदेशका बुटवल तथा भैरहवाका केहि मुख्य तथा साहायक सडक पेटिमा दृष्टि बिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ आगमनमा सहयोग पुग्ने ट्याकट्रायल बिछ्याउने कार्य भएको छ।