02/08/2025
हार्दिक धन्यबाद सङ्गै आभार ब्यक्त गर्दछौ,
रुरुक्षेत्र गाउँपालिका वार्ड न.५ का वार्ड अध्यक्ष श्री हरि प्रसाद ज्ञवाली ज्यु , हाम्रो आग्रह लाई स्वीकार गर्दै आफ्नो प्रतिबद्धता प्रती कत्ती बिचलित हुनुभएन । सम्भवत: पुण्य कर्म गर्न मन्दिर नै धाउनु पर्दैन त्यो वृद्धहरु प्रतीको आदर-सम्मान ले तपाइलाइ प्रयाप्त आशिष प्रदान गरेको छ, जनप्रतिनिधि को भुमिका के हो ? जनता प्रती कति जवाफदेही छ भन्ने कुराको पुष्ठि आजको कार्यक्रम ले छर्लङ्ग पारेको छ, तपाईंको जनमुखी काम ले जनप्रतिनिधिको भुमिका बारे अरुलाइ पनि सोच्न बाध्य बनाएको हुनुपर्छ । साथै सस्थाको भावनालाई अन्तरमन देखि बुझ्नुभएका हाम्रा अभिभावक सदैव मेरो जन्मभुमि प्रतिको भुमिका र दायित्व के ? जन्मभुमि प्रती सदैव चासो र चिन्ता ब्यक्त गर्नुहुने तिलोत्तमा वार्ड न. १ का वार्ड अध्यक्ष श्री फर्सुराम गिरि ज्यु हाम्रो वचनलाइ सम्मान गर्दै अत्यन्तै महत्वपुर्ण स्थान , समय र भुमिका निर्वाह गर्नुभयो त्यसको लागि सदैव हाम्रो सस्था तपाईंका प्रती ऋणि रहनेछ । कार्यक्रममा उपस्थित रुरुक्षेत्र ५ बम्घा का रास्ट्र सेवक कर्मचारी वार्ड सचिव गोबिन्द पौडेल ज्यु तथा पुनम ज्ञवाली ज्यु सङ्गै पत्रकार साथिहरु, महत्वपूर्ण कार्यक्रम मा सेवाग्राही को रुपमा सेवा लिन आउनुहुने सम्पुर्ण मान्यजन ज्यु हरु प्राबिधिक समस्यालाइ बुझेर पनि धैर्यतापुर्वक बसेर सेवा लिनुभयो, सङ्गै कार्यक्रमलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्न मन वचन र कर्मले तल्लिन सल्लाहकार ज्युहरु , कार्यसमिति का पदाधिकारी तथा सदस्यज्यु हरुप्रती हार्दिक आभार तथा सम्मान ब्यक्त गर्दछु ।
धन्यवाद
अध्यक्ष
कृष्ण प्रसाद भण्डारी
एबम सम्पुर्ण गुल्मि बम्घा रुपन्देहि सम्पर्क
समाज परिवार