साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखा

  • Home
  • Nepal
  • Butwal
  • साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखा

साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखा, Nonprofit Organization, Butwal.

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशद्वारा शुभकामना आदानप्रदान तथा रचना वाचन साँझ सम्पन्न। साहित्यिक चौतारी नेपाल लुम्...
24/04/2025

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशद्वारा शुभकामना आदानप्रदान तथा रचना वाचन साँझ सम्पन्न।

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेश शाखाको आयोजनामा मिति २०८२ साल वैशाख १० गते भर्चुअल रुपमा शुभकामना आदानप्रदान तथा रचना वाचन साँझ सम्पन्न भएको छ।

कार्यक्रममा न कसैको अध्यक्षता थियो भने न कोही प्रमुख अतिथिको रुपमा पाल्नुभएको थियो। उपस्थित सबै स्रष्टा सर्जकहरूलाई उच्चासनको दर्जा दिएर निधारित समयभन्दा केही ढीलो भएको उक्त कार्यक्रममा स्रष्टाहरू आफैमा विशिष्ट व्यक्तिहरू भएको हुनाले उहाँहरूलाई श्रेणीगत रुपमा छुट्याउन आवश्यक नरहेको भन्दै कार्यक्रम शुरु गरिएको थियो।
लुम्बिनी प्रदेश शाखा अध्यक्ष डीआर न्यौपानेको सञ्चालन र स्वागतबाट शुरु भएको उक्त साँझमा करिब डेढ दर्जन साहित्यकारको उपस्थिति रहेको थियो। कार्यक्रममा स्रष्टाहरूले नयाँ वर्षको शुभकामनासँगै रचना प्रस्तुत गर्नुभएको थियो। जस अनुसार अग्रज साहित्यकार लक्ष्मण ज्ञवालीले 'प्रवृति'लघुकथा , खगेन्द्र बस्यालले 'बाछिटा' हरू, गोविन्दराज पौडेलले 'भैरहवा' कविता, सरु ज्ञवालीले 'नयाँ वर्ष 'कविता, बालकुमार क्षेत्रीले साइनो र 'आउ नयाँ वर्ष' कविता, मधुसुदन पराजुली मानवले 'म एक मात्र हुँ' कविता , कविता केसरीले गजल, गोम विक्रमले मुक्तक र 'अमेरिकाको चिनो' लघुकथा , तेज बहादुर गुरुङ्ले 'कविता' शिर्षकको कविता, कमला भण्डारी ढकाले मुक्तकहरू र डीआर न्यौपाने 'सूर्य' ले 'फर्कू कसोरी घर' शिर्षकको कविता सुनाउनु भएको थियो भने विक्रम ओली र मुक्ति पोखरेलले कविहरूलाई सुनेर आनन्द लिँदै रचना वाचन साँझ उत्कृष्ट रहेको जानकारी दिनुभएको थियो। प्राविधिक कठिनाइका कारण शुभकामना आदानप्रदान तथा रचना वाचन साँझ २०८२ लाई फेसबुकबाट लाइभ गर्न भने सकिएको थिएन।

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशले भोलि साँझ भर्चुअल रुपमा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा रचना वाचन सा...
22/04/2025

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशले भोलि साँझ भर्चुअल रुपमा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा रचना वाचन साँझमा सम्पूर्ण साहित्यप्रेमी मनहरूलाई आफ्नो रचना सहित उपस्थिति जनाउन सादर अनुरोध गर्दछौँ। विस्तृत फोटोमा।

साहित्यिक चौतारी नेपाल
लुम्बिनी प्रदेश शाखा

साहित्यिक चौतारी  नेपाल लुम्बिनी प्रदेशद्वारा मोती जयन्ती विशेष गजल साँझ २०८१  सम्पन्न।  साहित्यिक चौतारी नेपाल लुम्बिनी...
04/09/2024

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशद्वारा मोती जयन्ती विशेष गजल साँझ २०८१ सम्पन्न।

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशले १५९ औं मोती जयन्तीको अवसरमा भाद्र १७ गते (मोती जन्मकै दिन) भर्चुअल रुपमा गजल साँझ सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष डीआर न्यौपाने 'सूर्य' को सभापतित्व , अग्रज साहित्यकार अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजाको प्रमुख आतिथ्य र कमला भन्डारी ढकालको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सह कोषाध्यक्ष बिमल खरेलले गर्नुभएको थियो।
संस्थाका सदस्य नारायण भुसालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त गजल साँझमा स्रष्टाहरूले बुबा सम्बन्धि गजल, मोती सम्बन्धि गजल सुनाएर बुबाप्रति अगाध स्नेह र मोतीप्रति श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो। कार्यक्रममा आमन्त्रीत ४ जना गजलकारले पहिलो चरणमा २/२ वटा गजल र दोस्रो चरणमा १/१ वटा गजल प्रस्तुत गर्नुभएको थियो।
सुशीला शर्मा धमला, बिजय खड्का गगन, लोकहरि पाण्डेय क्षितिज र रन्जिता भुसालले निकै बेजोड गजलहरूको वाचन तथा गायन सुनाउनु भएको थियो भने प्राविधिक समस्याका कारण आमन्त्रीत गजलकार सुरज घिमिरे 'दीपशिखा' सहभागी हुन सक्नुभएको थिएन। त्यस्तै उक्त कार्यक्रममा बिमल खरेल, प्रभात सरल र सुनिता प्रतिबिम्बले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गोवर्धन पूजाले आफूले मोती प्रतिभा पुरस्कार प्राप्त गरेकै कारण मोती विशेष कार्यक्रमका लागि अमेरिका आउने अवसर पाएको पनि बताउनु भयो। मोतीरामले नेपालमा गजल मात्रै होइन गजल सँगसँगै समालोचना र पुस्तक पठन संस्कृति भित्र्याएर भाषाको माध्यमबाट सम्पूर्ण नेपालीलाई भावनात्मक रुपले जोड्ने काम गर्दै नेपाली साहित्यलाई माध्यमिक कालको बाटो हिँडन शुरु गराएको स्मरण गर्दै मोतीप्रति उच्च आदर व्यक्त गर्दै श्रद्धा सुमन अर्पण गर्नुभएको थियो।

१५९ औँ मोती जयन्तीको अवसरमा साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेश शाखाको 'मोती जयन्ती विशेष गजल साँझ' तपसिल अनुसारले सम...
29/08/2024

१५९ औँ मोती जयन्तीको अवसरमा साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेश शाखाको 'मोती जयन्ती विशेष गजल साँझ' तपसिल अनुसारले सम्पन्न हुँदैछ। भर्चुअल उपस्थितिका लागि सम्पूर्ण साहित्यिक मनहरूलाई सादर अनुरोध गर्दछौँ।

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशद्वारा भानु जयन्ती विशेष खुल्ला रचना वाचन सम्पन्न।  साहित्यिक चौतारी नेपाल लुम्बिन...
14/07/2024

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशद्वारा भानु जयन्ती विशेष खुल्ला रचना वाचन सम्पन्न।

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशले २११ औं भानु जयन्तीको अवसरमा आषाढ २९ गते (भानु जन्मकै दिन) भर्चुअल रुपमा खुल्ला रचना वाचन सम्पन्न गरेको छ।

संस्थाकी संरक्षक /सल्लाहकार कमला भण्डारी ढकालको सभापतित्व र अग्रज साहित्यकार रुद्र ज्ञवालीजीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन डीआर न्यौपाने 'सूर्य' ले गर्नुभएको थियो। कार्यक्रममा स्रष्टाहरूले भानुसम्बन्धी कविता, मुक्तक सुनाएर भानुप्रति श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सीता शर्मा, शोभा खनाल कोइराला, अरुण लोहार, सरु बस्नेत, गोमविक्रम, सुवास उपाध्यय, तारा घिमिरे, दीपा अर्याल, कृतिका, प्राञ्जल लगायतले रचना मार्फत भानुको सम्झना सहित सम्मान व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रुद्र ज्ञवालीले भानुभक्तले भाषाको माध्यमबाट सम्पूर्ण नेपालीलाई भावनात्मक रुपले जोड्ने काम गर्दै वाल्मिकी रामायणलाई सरल र मिठासपूर्ण तरिकाले नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा साहित्यलाई आजको स्थानसम्म ल्याउन योगदान दिनुभएको कुरा जनाउँदै तात्कालीन परिस्थिति र समयको परिवेशमा लेखिएका केही कृतिहरू आजको समय सापेक्ष नभएपनि अधिक कृति मा समावेश भएका कुराहरूले आजको परिवेशलाई पनि बोल्न सकेको बताउँदै उहाँका कृतिबाट केही श्लोकहरू सुनाएर त्यस्को चिरफार गर्नुभएको थियो। यसै क्रममा उहाँले भानुको सम्मानमा साहित्यिक संस्थाहरूले विभिन्न कार्यक्रम गरेर भानुलाई सम्झिए पनि सरकारी स्तरबाट हुनुपर्ने जति काम नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो।

अन्त्यमा सभापतिज्यूले साहित्यिक चौतारी नेपालले आफ्ना विभिन्न शाखा माफत भानु जयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम नै सञ्चालन गरेर भानुलाई सम्झना गरेको बताउँदै उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो। यसै अवसरमा प्रमुख अतिथि साहित्यकार रुद्र ज्ञवालीज्यूलाई सम्मानपत्रले सम्मान गरिएको थियो।

भानु जयन्तीको अवसरमा असार २९ गते हुन गैरहेको  भर्चुअल खुल्ला रचना वाचन कार्यक्रममा सहभागिताका लागि  सम्पूर्ण स्रष्टाज्यू...
10/07/2024

भानु जयन्तीको अवसरमा असार २९ गते हुन गैरहेको भर्चुअल खुल्ला रचना वाचन कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण स्रष्टाज्यूहरूमा सादर निमन्त्रणा गर्दछौँ।

बुटवल साहित्य साँझ सम्पन्न असार ११ बुटवल   साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको बुटवल साहित्य साँझ सभ्य...
25/06/2024

बुटवल साहित्य साँझ सम्पन्न
असार ११ बुटवल

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको बुटवल साहित्य साँझ सभ्य रुपले आज बुटवल स्थित अस्पताल लाइनको मैत्रीपथमा रहेको रोयल फुड कोर्टमा सम्पन्न भएको छ।

संस्थाका सदस्य नारायण भुसाल को उद्घोषण र अध्यक्ष डीआर न्यौपाने 'सूर्य'को स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रम खादा, माला र मञ्चासिन रहित तरिकाले चलाइएको हो।
साहित्यिक कार्यक्रमहरू पनि अचेल धेरै भड्किलो र खर्चिलो हुन लागेकाले यस्तो तरिका अपनाइएको चौतारीका शाखा अध्यक्षले बताउनुभयो।
मञ्चमा राखेर खादा माला लगाइदिएर प्रमुख, विशिष्ट वा अन्य अतिथिहरूको नाममा श्रेणी विभाजन गरेर कार्यक्रमलाई भद्दा र लामो बनाउनु भन्दा सम्पूर्ण आगन्तुक हरूलाई विशिष्ट अतिथिको रुपमा उच्च आदरका साथ दर्शकदीर्घामै राखेर कार्यक्रम सकाइएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार रुद्र ज्ञवाली, लक्ष्मण ज्ञवाली, साहित्यकारहरू रवि श्रेष्ठ, निमा डीसी, सरू ज्ञवाली, विजय खड्का गगन, जिज्ञासु पौडेल तिलक, सुवास उपाध्याय, कृष्ण प्रसाद गौतम दिपकराज बञ्जाडे, दिपा अर्याल, अञ्जुली विश्वकर्मा, दिपा गैरे, दलबहादुर गुरुङ, वेन प्रसाद थापा, पारस राहादी मगर, प्रकृति कुमारी शर्मा, दुर्गा थापा मगर, रोशन अस्लामी मगर, शंकर गाहा, सञ्जु गुरुङ, कमला भण्डारी ढकाल, कमला काफ्ले ढकाल, राधिका श्रीस लगायतले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा रोजगारको क्रममा दक्षिण कोरिया पुग्नुभएका र हाल बिदामा नेपाल फर्किनुभएका साहित्यकार दिपकराज बञ्जाडे लाई वरिष्ठ साहित्यकार रुद्र ज्ञवालीको बाहुलीबाट सम्मानपत्र अर्पण गरिएको थियो।

सम्पूर्णमा नमस्कार ।  सुन्दर नगरी बुटवलको  आसपास रहनुहुने  साहित्यिक मनहरूलाई लक्षित गर्दै साहित्यिक चौतारी लुम्बिनी शाख...
24/06/2024

सम्पूर्णमा नमस्कार ।
सुन्दर नगरी बुटवलको आसपास रहनुहुने साहित्यिक मनहरूलाई लक्षित गर्दै साहित्यिक चौतारी लुम्बिनी शाखाले हस्पिटल लाइनमा अवस्थित रोयल फुड कोर्टमा यही असार ११ गते मङ्गलबारका दिन 'बुटवल साहित्य साँझ' को आयोजना गर्दैछ। साहित्यमा रुची राख्ने र साहित्य लेख्ने सम्पूर्ण स्रष्टाहरूमा आफ्नो रचना सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

रचना प्रस्तुत गर्न चाहनेले आजैदेखि नाम टिपाउन सक्नुहुन्छ वा सोही दिन उपस्थित भएर पनि सुनाउन सक्नुहुनेछ।

Address

Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share