तिलोत्तमा सृजनशील समाज

  • Home
  • Nepal
  • Butwal
  • तिलोत्तमा सृजनशील समाज

तिलोत्तमा सृजनशील समाज निस्वार्थताले स्थापना भएको एक जनकल्याणकारी समाज !

वक्तव्ययस क्षेत्रका आदरणीय व्यक्तित्व,पुर्व मेयर तथा माननीय सांसद श्री बासुदेव घिमिरेज्यूको घर र होटलमा हालै केही जैन-जी...
11/09/2025

वक्तव्य

यस क्षेत्रका आदरणीय व्यक्तित्व,पुर्व मेयर तथा माननीय सांसद श्री बासुदेव घिमिरेज्यूको घर र होटलमा हालै केही जैन-जी समूहहरूले आन्दोलनको नाममा गरेको तोडफोड, लुटपाट र आगजनीजस्ता घटनाहरू घटेको समाचार सुन्दा हामी गहिरो दुःख र खेद व्यक्त गर्दछौं।

समाजमा स्वच्छ, ईमान्दार र पारदर्शी छवि कायम गर्नुभएको, समुदायको हित र विकासका लागि निरन्तर लागिरहनुभएको व्यक्तिमाथि यस किसिमको आक्रमण हुनु अत्यन्तै निन्दनीय र अस्वीकार्य कार्य हो।

शान्तिपूर्ण आन्दोलन प्रत्येक नागरिकको अधिकार भए पनि हिंसा, तोडफोड र आगजनीले हाम्रो सामाजिक सद्भाव र आपसी विश्वासमा गम्भीर चोट पुर्‍याउँछ। त्यसैले यस्ता घटनाले हाम्रो समुदायमा देखिएको अस्वस्थ माहोलले सबैलाई चिन्तित बनाएको छ।

हामी छिमेकी, शुभचिन्तक र उहा यस संस्थाका आजिवन सदस्यताको हैसियतले यस घटनाको कडा शब्दमा निन्दा गर्दै शान्ति, सद्भाव र आपसी सहकार्यको मार्गमा फर्कन सम्पूर्ण पक्षलाई आह्वान गर्दछौं।

यस दु:खद घडीमा हामी घिमिरे परिवारसँग पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै उहाँको साहस र धैर्यलाई सम्मान प्रकट गर्दछौं।

Address

Tilottama
Butwal
44600

Website

Alerts

Be the first to know and let us send you an email when तिलोत्तमा सृजनशील समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share