Pharmacy Association of Nepal - Lumbini

Pharmacy Association of Nepal - Lumbini Pharmacy Association of Nepal

नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको आयोजनामा औषधि व्यवसायमा देखिएका समस्याहरुको विषयमा साझा धारणा तय गर्ने ...
06/06/2026

नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको आयोजनामा औषधि व्यवसायमा देखिएका समस्याहरुको विषयमा साझा धारणा तय गर्ने उद्देश्यले तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट रुपन्देहीमा क्रियाशील व्यवसायी संघ संस्थाहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ केन्द्र, प्रदेश र जिल्ला,
नेपाल फार्मेसी संघका केन्द्र, प्रदेश र जिल्ला, नेपाल चिकित्सक संघ, लुम्बिनी, अफिन लुम्बिनी उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, तिलोत्तमा व्यापार संघ, चेम्बर अफ कर्मश, लुम्बिनी, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेश, नेपाल फर्मास्यूटिकल्स एशोसियसन लगायतका संघ/संस्थाको उपस्थिति रहेको थियो । उक्त अन्तरक्रियात्मक कर्यक्रममा तिलोत्तमा मा सन्चालन मा रहेको शुलभ फार्मेसी लाइ पुनरवलोकन गरि सरकारले आफ्ना स्वास्थ्य संस्थामार्फत नै सहुलियतपूर्ण भन्दा पनि निशुल्क सेवा उपलब्ध गराउन पर्ने ,कुनै एक व्यक्तिलाई फाइदा पुग्ने कार्य गर्दा आम औषधि व्यवसायीहरूलाई निरुत्साहित बनाएको छ । यस्तो प्रवृत्ति स्वस्थ्य प्रतिस्पर्धा र व्यवसायिक वातावरणका दृष्टिले उपयुक्त छैन र रूपन्देही जिल्लामा विनादर्ता सञ्चालन भएका औषधि व्यवसाय बन्द गर्ने औषधि व्यवस्था विभागको शाखा स्थापना गर्ने क्लिनिक दर्ता प्रक्रियालाई सरल र व्यवस्थित गराउनु पर्ने साझा धारणा रहेको थियो

नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्षयुवराज भुसाल ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🌹🎂🎉
05/06/2026

नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष
युवराज भुसाल ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🌹🎂🎉

नेपाल फार्मेसि सघ लुम्बिनि प्रदेश का सल्लाहकार रमेश खनाल जि लाइ जन्मदिन को शुभकामना
12/05/2026

नेपाल फार्मेसि सघ लुम्बिनि प्रदेश का सल्लाहकार रमेश खनाल जि लाइ जन्मदिन को शुभकामना

श्री नगर प्रमुखज्यूतिलोत्तमा नगरपालिका, रुपन्देहीविषय: सुलभ फार्मेसी सञ्चालन सम्बन्धी सूचना (सूचनाको हक) उपलब्ध गराइपाऊँ...
04/05/2026

श्री नगर प्रमुखज्यू
तिलोत्तमा नगरपालिका, रुपन्देही

विषय: सुलभ फार्मेसी सञ्चालन सम्बन्धी सूचना (सूचनाको हक) उपलब्ध गराइपाऊँ।

महोदय,

उपरोक्त सम्बन्धमा यस तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालित “सुलभ फार्मेसी” सञ्चालन सम्बन्धी आवश्यक आधिकारिक सूचना तथा कागजातहरू उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ।
उक्त सुलभ फार्मेसी सञ्चालन गर्नका लागि:
१. कुन ऐन, नियम वा कार्यविधिको आधारमा सञ्चालन गरिएको हो,
२. कुन–कुन संस्था, निकाय वा औषधि कम्पनीहरूसँग समन्वय तथा सम्झौता गरिएको हो,
३. सम्बन्धित सम्झौता पत्र, निर्णय प्रतिलिपि, स्वीकृति पत्र तथा अन्य आधिकारिक कागजातहरू, सञ्चालन प्रक्रिया तथा समन्वय सम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद।

अनौपचारिक छलफल
02/05/2026

अनौपचारिक छलफल

01/05/2026

सुलभ फार्मेसीको अवधारणा ल्याएको छ। सुलभको अर्थ हुन्छ
• सजिलै प्राप्त गर्न सकिने
• पहुँचमा हुने
यो अवधारणा तब प्रभावकारी हुन्छ जब यस्ता फार्मेसीहरू वास्तवमै लक्षित समूहसम्म पुग्छन्। अन्धा, अपाङ्गता भएका व्यक्तिहरूका लागि सुलभ होस्। वृद्धहरू जसको कोही छैन नजिक फार्मेसी जान कठिन हुन्छ ऊसकोलागि सुलभ होस् । आर्थिक रूपमा कमजोर, भुक्तानी गर्न नसक्ने नागरिकका लागि सुलभ होस्।क्यान्सरका ती औषधिहरू, जुन नेपालमा उपलब्ध छैनन् र अनौपचारिक रूपमा बाहिरबाट ल्याउनुपर्छ, तिनलाई सुलभ बनाइयोस्। दुर्लभ वंशानुगत रोगका लागि प्रयोग हुने, नेपालमा उपलब्ध नभएका औषधिहरू सुलभ बनाइयोस्।विषाक्तता सम्बन्धी केसहरूमा आवश्यक एन्टिडोटहरू, जुन प्रायः उपलब्ध हुँदैनन्, तिनको उपलब्धता सुलभ होस्। सर्पदंशका लागि आवश्यक एन्टिस्नेक भेनम सबै क्षेत्रमा सुलभ होस्। विशेषगरी हिमाली र पहाडी क्षेत्रमा पाइने विषालु सर्पहरूका लागि आवश्यक एन्टिसेरम सम्बन्धित क्षेत्रमै सुलभ होस्।स्वास्थ्य प्राविधिक सामग्रीहरू, उन्नत उपकरणहरू, र नेपालमा पाउन गाह्रो पर्ने आवश्यक सामग्रीहरू सुलभ होस्। विकल्प नभएका प्याटेन्टेड औषधिहरूको उपलब्धता सुलभ गरियोस्।जुन औषधि वा सामग्रीमा निजी क्षेत्रले लगानी गर्दैन वा आयात गर्न इच्छुक हुँदैन, त्यस्ता क्षेत्रमा सरकारले जोखिम र लगानी लिएर आपूर्ति सुनिश्चित गरोस् र सुलभ होस् । दुर्गम क्षेत्रहरूमा हाल सीमित औषधि सूची मात्र उपलब्ध छ। यो सूची विस्तार गरियोस्। आवश्यकताअनुसार थप औषधिहरू समावेश गरियोस्, ताकि सेवा वास्तवमै सर्वसुलभ बनोस्।
औषधिको आयात, ढुवानी, भण्डारण, र वितरण सम्पूर्ण प्रक्रियामा गुणस्तर मापदण्ड पालना गरियोस्। यी सबै कार्यहरू दक्ष जनशक्ति, विशेषगरी फार्मासिस्टहरूको निगरानीमा सञ्चालन गरियोस् र औषघीहरू सर्वसुलभ होस् । Just for sake of popularity, प्रयोगमा आईसकेको Hospital pharmacy guideline अनुसार नियमित चलिरहेको कार्यमा केही नविनता देखिदैन बरू ४ /५ गुणा कम जनशक्तिका काम गर्ने को संख्या बढाऊनु पर्यो ।Free को जग्गा , free को भवनमा सस्तो कर्मचारी राखेर सस्तोमा औषधी दिन्छु भन्नु कती जायज छ यो कुनै बाहादुरी काम होईन । Quality comes with price , सस्तो औषधीको सस्तो नै quality हुन्छ ।

नेपाल फार्मेसी सघ लुम्बिनी प्रदेश का महासचिब श्री उदय बा खत्री  Lions club of Butwal Ksh*tz वर्ष  2026-27  को गरिमामय अध...
09/04/2026

नेपाल फार्मेसी सघ लुम्बिनी प्रदेश का महासचिब श्री उदय बा खत्री Lions club of Butwal Ksh*tz वर्ष 2026-27 को गरिमामय अध्यक्ष को जिम्मेवारिमा निर्बिरोध निर्वाचित हुनु भएकोमा हर्दिक बधाइ तथा मानब सेवाको क्षेत्रमा उच्चतम सफलता को शुभकामना
नेपाल फार्मेसी सघ
लुम्बिनि प्रदेस
अध्यक्ष
खेमराज तिवारी

Thank you swasthasamachar .com
21/02/2026

Thank you swasthasamachar .com

नेपाल फार्मेसी संघ पाल्पा शाखाको दोस्रो अधिवेशन: अध्यक्षमा न्यौपाने

साबधान ।
17/02/2026

साबधान ।

30/11/2025

नेपालगन्जः नेपाल फार्मेसी संघले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधनले ल्याइएका व्यवस्थाहरूलाई समर्थन गरेको ...

Address

Indreni Pharma
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Pharmacy Association of Nepal - Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share