22/01/2024
हेल्पर केयरिङ सर्कलको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिस्वास घिमिरेको अध्यक्षतामा बुटवल -९ इताभती , बुटवल नमो बुद्ध होटेलमा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि
बरिस्ठ अधिबक्ता तेज प्रसाद कणेलले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष विश्वास घिमिरेले आफ्नो क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन् । बिधार्थी बर्गको समस्या निराकरण ,सामाजिक बिकास , असाहय , अपाङ्ग बर्गको सहयोग ,निशुल्क स्वास्थ्य परीक्षण , शैक्षिक सामग्री वितरण , बाताबरण संरक्षण को लागि 'सेवा र नेतृत्वका लागि एकता ' भन्ने मुल नारालाई हिंडेको छ। यस क्लवले अहिलेसम्म विभिन्न कार्यक्रमहरु गर्दै आएको छ आगमी दिनहरुमा क्लबले विभिन्न कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए ।
तेज प्रसाद कणेलले युवाहरुको सक्रियतामा राम्रो सामाजिक कार्यमा सधैं साथ रहने र आगामी दिनमा सबैसंगको सहकार्यमा सामाजिक कार्य गर्न समेत आग्रह गरे । क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा यसै क्लबका सल्लाहकार गणेश पौडेलले बोल्दै क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाई माथि पुर्याएकोमा अध्यक्ष लगायत सम्पूर्ण लाई धन्यवाद ज्ञापन तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अतिथि सुशील बस्यालले क्लबलाई उचाईमा पुर्याएकोमा सम्पूर्णलाई बधाई तथा धन्यवाद दिंदै सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै अध्यक्ष बिस्वास घिमिरेको जन्मदिन परेकोमा जन्मदिनको शुभकामना पनि दिएका थिए।
कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबको उपाध्यक्ष सृष्टि बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।
यस कार्यक्रममा सहभागी अतिथि र क्लबका सदस्यहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो ।कार्यक्रममा उपस्थितिमा क्लबका कोषाध्यक्ष एलिसा पौडेल , सहसचिब सागर पौडेल, वरिष्ठ उपाध्यक्ष गणेश पौडेल अन्य सदस्यहरु यमुना जिसी ,अन्जु चौधरी , गित भण्डारी , अनु सुनार , कपिल भुसाल , बिस्वो भुसाल र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक क्लबकी सचिव स्मृति खनालले गर्नुभएको थियो।