27/08/2026
नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति रोटरी क्लब अफ बुटवल साउथ गहिरो दुःख व्यक्त गर्दछ।
यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा प्रभावित सबैको शीघ्र राहत र पुनःस्थापनाको कामना गर्दछौं।
यस दुःखद घडीमा हामी सम्पूर्ण प्रभावित परिवार तथा समुदायको साथमा छौं।