27/08/2026
नेपाल का बिभिन्न जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित सम्पूर्ण समुदायप्रति SCDC Nepal हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्दछ।
यस दुःखद घडीमा हामी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकन्तप्त परिवारजनमा समवेदना र बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धारको कामना गर्दछौँ। साथै, उद्धार कार्यमा निरन्तर खटिनुभएका सुरक्षाकर्मी, स्थानीयवासी र स्वयंसेवकहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ।
SCDC Nepal प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत सहयोग पुर्याउन स्थानीय निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ।
यस कठिन परिस्थितिमा हाम्रो एकता, धैर्य र सामूहिक प्रयासले
पुनः आशा र शक्ति ल्याउन सकोस्।
Skoleliv i Nepal
CISU - Civilsamfund i Udvikling