02/10/2026
हिलो र पसिनासँग जुध्दै गर्दा पनि मनमा एउटै आश हुन्छ,'आफ्ना छोराछोरीले राम्रो शिक्षा पाऊन्, हामीले जस्तो दुःख भोग्न नपरोस्।'
उहाँहरूकै काँधमा परिवार र देश थामिएको छ, अनि उहाँहरूकै पसिनाको थोपामा हाम्रा नानीबाबुहरूको भविष्य कोरिएको छ। तर, दिनरात माटोमा पसिना बगाउने यी हातहरूले आफ्ना बालबालिकाका लागि रोजेको र खोजेको विद्यालय वास्तवमा कस्तो होला?
हाम्रा गणक साथीहरू आज कुनै सुविधायुक्त कोठामा मात्र सीमित रहेनन्। उहाँहरू खेतको आलीमै पुगेर, काममा व्यस्त हुनुभएका अभिभावकहरूसँगै उभिएर उहाँहरूको मनको आवाज र सपनाहरू सुन्दै हुनुहुन्छ।
गुणस्तरीय शिक्षा केवल कागजी प्रतिवेदनमा होइन, यी पसिनाले भिजेका हातहरूको भरोसा र आशामा कोरिनुपर्छ। अभिभावकको यही वास्तविक आवाज नै हाम्रो अभियानको मुख्य जग हो।
परियोजना: गुणस्तरीय शिक्षा र सक्रिय नागरिकता
स्थान: बर्दघाट नगरपालिका