HSRC-Nepal

HSRC-Nepal Holistic Science Research Center Nepal chapter is dedicated to propagate Dada Bhagavan's teachings

हिरण्यकशिपुले आफ्नो छोरा प्रल्हादको हत्या गर्ने धेरै प्रयास गर्यो तर प्रल्हाद मरेनन् | अन्त्यमा, बहिनि सिन्हिकाले प्रल्ह...
02/03/2026

हिरण्यकशिपुले आफ्नो छोरा प्रल्हादको हत्या गर्ने धेरै प्रयास गर्यो तर प्रल्हाद मरेनन् | अन्त्यमा, बहिनि सिन्हिकाले प्रल्हादलाई मार्ने ठेक्का नै लिइन् | दाउराको ठूलो थुप्रो बनाइयो | सिंहिकाके प्रह्लादलाई आफ्नो काखमा लिएर त्यसको माझमा बसिन् | दाउराको थुप्रोमा आगो लगाइयो | आगोमा न जल्ने "वरदान"को लेप लगाएर बसेकी सिंहिका जलिन् तर प्रल्हाद बाँचे | कथा यस्तै छ तर पाप आकर्षक देखिन्छ तर त्यसको आयु हुन्छ | पापलाई साथ दिने सिंहिका आफ्नो लोभको कारण डढेर मरिन् |

केहि नेपाली र भारतीय घृणावादीहरू सिंहिका मारिएकोमा नारिउपरको अत्याचार भनेर उफ्रिन्छन् | गज्जव छ, ६ वर्षीय बालकको हत्या गर्न आगोमा पसेकी सिंहिका "महान् नारी" हुन् रे ? त्यसो भए विश्वका सबै हत्यारा महिलाहरूको सालिक बनाएर नेपाललाई "सिंहिका-त्यांड" बनाए भै हाल्यो नि ? अनि, सबैलाई छ वर्षका कलिला बालबालिकाहरूको हत्या गर्ने विश्वव्यापी लाइसेन्स दिए हुन्छ | होइन र ?

तेसैले स्वेच्छाले, रहरले फागु पूर्णिमाको पर्व मानौं र आनन्दको अनुभव गरौँ | यदि कसैले मान्न चाहन्न भने जवर्जस्ती पनि नगरौं | आफुपूर्णिमाको शुभकामना |

07/01/2026
जय सच्चिदानन्द
22/10/2025

जय सच्चिदानन्द

By Dr. Govinda Sharan Upadhyaya (gsu300 (at) gmail.com.)

जय सच्चिदानन्द तपाईं सबैलाई दीपावलीको अवसरमा हार्दिक शुभकामना
21/10/2025

जय सच्चिदानन्द
तपाईं सबैलाई दीपावलीको अवसरमा हार्दिक शुभकामना

यह पाठ आपको धनप्राप्ति में सहयोग कर सकता है | आपका विश्वास, श्रद्धा तथा भक्ति सबसे महत्वपूर्ण है | लेकिन आपको परिश्र...

20/10/2025

महालक्ष्मी, महासरस्वती तथा महाकाली पूजाको महापर्व दीपावलीको अवसरमा समस्त आत्मीयजनप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु |

म कसरी सुखी दाम्पत्य जीवन प्राप्त गर्न सक्छु?परम पूज्य दादाश्री र हीराबाको वैवाहिक जीवन शान्ति, आपसी सम्मान र विनम्रताले...
19/10/2025

म कसरी सुखी दाम्पत्य जीवन प्राप्त गर्न सक्छु?

परम पूज्य दादाश्री र हीराबाको वैवाहिक जीवन शान्ति, आपसी सम्मान र विनम्रताले भरिएको थियो। उनीहरूको सांसारिक व्यवहार र आपसी सम्बन्ध यति सुन्दर थियो कि परिवार र मित्रहरू पनि उनीहरूबीचको एकता र माया देखेर प्रभावित हुन्थे।
उदाहरणका लागि, हीराबा दैनिक रूपमा तरकारी बजार जान्थिन्। प्रस्थान गर्नु अघि उहाँले परम पूज्य दादाश्रीलाई सोध्थिन् — “आज कुन तरकारी किनूँ?” यसरी आफ्नो कर्तव्य पूरा गर्न उहाँ सोध्थिन्। दादाश्रीको जवाफ हुन्थ्यो — “तपाईंलाई जे मन पर्छ, त्यो किन्नुहोस्।” यसरी आफ्ना कर्तव्यहरू पूरा गर्दै दुवै जनाले जीवन व्यतीत गर्नुभयो। हीराबाले यो परम्परा जीवनको अन्त्यसम्म पनि अत्यन्त निष्ठापूर्वक निभाइन्।

उनीहरूको हरेक सांसारिक संवाद सत्यनिष्ठा र सच्चाइले भरिएको थियो। परिस्थितिहरू वा मानिसहरूका कारण ती सम्बन्धमा कहिल्यै कमी वा वृद्धि भएन। उनीहरूको आपसी श्रद्धा जीवनभरि बुझाइ र परस्पर सम्मानका साथ निरन्तर रह्यो। उनीहरूबीचको नम्रता केवल औपचारिक वा भावनात्मक थिएन, यो गहिरो समझ र विचारसहितको आचरण थियो।

माथिको प्रसङ्ग दादाश्रीको जीवनको एउटा सानो उदाहरण मात्र हो। उहाँले तल उल्लेख गरेका सरल उपायहरू प्रयोग गरेर तपाईं पनि सुखी वैवाहिक जीवन कसरी बिताउन सकिन्छ भन्ने कुरा सिक्न सक्नुहुन्छ।

photo AI

क्रोध नियन्त्रण गर्ने तरिका : क्रोध व्यवस्थापनका उपायहरूजब मानिसहरूलाई क्रोध व्यवस्थापनको कुरा गरिन्छ, प्रायः भनिन्छ — “...
17/10/2025

क्रोध नियन्त्रण गर्ने तरिका : क्रोध व्यवस्थापनका उपायहरू

जब मानिसहरूलाई क्रोध व्यवस्थापनको कुरा गरिन्छ, प्रायः भनिन्छ — “रिस नगर”, “रिस रोक”, “रिस नियन्त्रण गर”। तर के रिस त्यत्तिकै रोकिन्छ र? रिस त परिणाम हो, असर हो। परिणाम सधैं कुनै कारणको फल हो। एक-दुई पटक रिस दबाएर राख्दा शान्त देखिन सक्छ, तर जस्तै स्प्रिङलाई दबाउँदा फेरि दोब्बर शक्तिले फुत्किन्छ, त्यसरी नै दबाइएको रिस पनि दोब्बर तीव्रतासाथ बाहिर आउँछ। त्यसैले, यदि हामी रिसका कारणहरू रोक्यौं भने मात्र रिस पनि रोकिन्छ।

रिस कमजोरी हो। रिस कहिले आउँछ? जब कसैले हामीलाई नबुझेको महसुस हुन्छ, विचार फरक पर्छ, कुरा हाम्रो अपेक्षाविपरीत हुन्छ, हामीलाई मन नपर्ने कुरा हुन्छ, केही हानि हुन्छ, कसैले अपमान गर्छ, वा झूटो आरोप लगाउँछ — त्यतिबेला रिस आउँछ। कहिलेकाहीँ हामीलाई अघि के गर्नुपर्छ भन्ने थाहा हुँदैन, त्यस अवस्थामा पनि रिस आउँछ। रिस जब भित्रमै उत्पन्न हुन्छ, तब पनि हामीलाई धेरै पीडा दिन्छ; र जब हामीले जानाजान वा नजानिकन कसैमाथि रिस गर्छौं, त्यसले अरूलाई अत्यधिक दुख पुर्‍याउँछ।

यो रिसको सीमा कति हुनुपर्छ? परमहंस पूज्य दादाभगवान भन्नुहुन्छ — “हाम्रो रिसले अरूलाई पीडा नदियोस्, त्यही रिसको सीमा हो।” हाम्रो रिसले अन्ततः हामीलाई नै दुख दिन्छ, अरूलाई होइन — त्यति मात्र रिस सह्य हुन्छ।

पति–पत्नी, आमाबाबु–सन्तान, मालिक–कर्मचारीबीच एकअर्कालाई नबुझ्दा समस्याहरू उत्पन्न भइरहन्छन्। प्रत्येक सम्बन्धमा हामी सोच्दछौं कि अरूले गल्ती गरे, त्यसैले हामी उनलाई डाँटेर वा रिस गरेर सुधार्ने प्रयास गर्छौं। तर यसको परिणामस्वरूप झगडा, असहमति र विवाद बढ्छ। अन्ततः, एउटै घरमा बस्दा पनि बोलचाल बन्द हुन्छ। कहिलेकाहीँ सम्बन्धमा आएको दूरी समयसँगै मेटिन्छ, तर कहिलेकाहीँ जीवनभर पनि समाधान हुँदैन। यस्तो तब हुन्छ जब रिस व्यवस्थापनमा ठोस प्रयास गरिँदैन।

परमहंस पूज्य दादाभगवान भन्नुहुन्छ — “आजैको दिनमा रिस रोकिँदैन। पहिले रिसलाई चिन्नुपर्छ — रिस के हो? कसरी उत्पन्न हुन्छ? के यसलाई यत्तिकै रोक्न सकिन्छ?”

वास्तवमा दुःख के हो?दादाश्री: दुःख भन्नाले के बुझिन्छ? जब यो शरीरलाई भोक लाग्छ, र आठ–बाह्र घण्टासम्म खान पाइँदैन भने त्य...
16/10/2025

वास्तवमा दुःख के हो?
दादाश्री: दुःख भन्नाले के बुझिन्छ? जब यो शरीरलाई भोक लाग्छ, र आठ–बाह्र घण्टासम्म खान पाइँदैन भने त्यो दुःख मानिन्छ। जब तिर्खा लाग्छ र दुई–तीन घण्टा पानी पाइँदैन, त्यो पनि दुःख जस्तो लाग्छ। दिसा लागेपछि जान दिँदैनन् भने के त्यो दुःख हुँदैन र? दिसाभन्दा पनि बढी त मूत्रालय (पेशाबघर) बन्द गरिदिए भने त सबै मानिस हल्ला मच्चाउँछन्। मानिसहरूका लागि मूत्रालय नहुनु ठूलो दुःख हो। यी सबै कुरा नै दुःख भनिन्छ।

प्रश्नकर्ता: यो सबै ठीक छ, तर अहिले संसारमा हेरौं न, दसजना मध्ये नौजना दुःखी छन्।

दादाश्री: दसजना मध्ये नौ होइन, हजारजना मध्ये दुई जना मात्रै सुखी हुन्छन्, केही मात्रामा शान्तिमा हुन्छन्। बाँकी सबै दिनरात पोलिरहन्छन्। जस्तो शकरकन्द भट्टिमा राखे जस्तो, सबै तर्फबाट पोलिरहन्छन्।

प्रश्नकर्ता: यो स्थायी दुःखबाट फाइदा कसरी लिन सकिन्छ?

दादाश्री: जब यो दुःखबारे विचार गर्न थालिन्छ, तब त्यो दुःख जस्तो लाग्दैन। यदि त्यस दुःखको वास्तविक प्रतिक्रमण (आत्मिक समीक्षा) गर्छौ भने पनि त्यो दुःख जस्तो लाग्दैन। तर मानिसले सोच्ने बिना नै ठोकुवा गरेको छ—“यो दुःख हो, यो दुःख हो!” मानौं तपाईंको घरमा पुरानो सोफासेट छ। तपाईंको साथीको घरमा नयाँ सोफासेट आयो, र तपाईंकी श्रीमतीले त्यहाँ गएर देखिन्। फर्केर घर आइन् र भनिन्, “तपाईंका मित्रको घरमा कति राम्रो सोफासेट छ, हाम्रो त सबै बिग्रिएको छ।” अब त्यो दुःख आयो! घरमा दुःख थिएन, तर हेर्न गएर दुःख लिएर फर्किए।

त्यस्तै, तपाईंले बंगला बनाउनुभएको छैन, तर तपाईंका मित्रले राम्रो बंगला बनाए। तपाईंकी श्रीमतीले त्यो बंगला हेरेर भनिन्, “कस्तो राम्रो बंगला बनाएका रहेछन्! हामी त बंगलाविनाका!” बस्, दुःख आयो!
अर्थात् यी सबै दुःखहरू आफैंले खडा गरेका हुन्।

"जव मृत्यु निश्चित छ भने रोएर, डराएर आफ्ना जीवनका अमूल्य क्षणहरू खेरा फाल्नुको कुनै अर्थ र औचित्य छैन | सत्य कुरा केवल म...
15/10/2025

"जव मृत्यु निश्चित छ भने रोएर, डराएर आफ्ना जीवनका अमूल्य क्षणहरू खेरा फाल्नुको कुनै अर्थ र औचित्य छैन | सत्य कुरा केवल मान्छेलाई सुनाइन्छ र उनीहरूले मात्र बुज्झ्छन् | भैसीको, कुकुरको माछाको सभा बोलाएर वा उनीहरूलाई गोठमा एकत्र गरेर जतिसुकै गीता सुनाए नि फरक पर्दैन | गीतामा श्रीकृष्णको उपदेश मनुष्यहरूको लागि हो | मनुष्यले बुझे र मनन गरे भने धार्मिकता (सद्गुण)हरू विकसित हुन्छन् र मान्छेले आफ्नो र सम्पूर्ण विश्वको कल्याण गर्न सक्छ |"

तेसैले सन्त स्वभाव भनेको नै असलगुणहरूको संग्रह, प्राणी र आफुप्रति सद्भावना तथा भगवान् प्रति समर्पण हो | रीसाहा व्यक्तिको उपदेश, भोगीको उपदेश, लोभीको उपदेश, दम्भीको उपदेश, पाखण्डीको उपदेश तत्कालका लागि निकै प्रभावशाली सुनिए र देखिए पनि कालान्तरमा व्यक्तिगत स्वार्थमा रुपान्तरित हुन्छ | लोभी, पापीको पाखण्डमा साधना तथा तपस्या तथा साधनको शक्ति नहुँदा अनुयायीहरू विचमा पर्छन् |

01/03/2025

तपाईंलाई शान्ति चाहिएको छ तर शान्तिको लागि चाहिने साधना गर्न इच्छुक छैनौं | शान्ति पाइन्न |

26/02/2025

सम्पूर्ण भक्तजनमा शिवरात्रीको हार्दिक शुभकामना

29/01/2025

विवाहित दम्पतिका लागि दादा भगवानको सूझाव निम्न बूँदाका छलफल गरिने छ
(१) हाम्रो वैवाहिक जीवन कसरी सुखी हुन्छ ?
कमला र श्यामको विवाह भएको ३३ वर्ष भयो | उनीहरू निकै मिल्छन् | कमला र हरिले मिलेर नै बालबालिकाको हेरविचार गरे | गाउँमा बस्छन्, खेतीपाती गर्छन् | छोराछोरीले पोखरामा घर बनाएका छन् | कहिलेकाहीं पोखरा जान्छन् | कमला र श्यामका विच ठूलो मतभेद छैन | छोराछोरीले पनि माया गर्छन् | पोखरा आउँदा दूवैको मिल्ती देखेर भूषण र अशिका अचम्म मान्छन् | यी दूवै जनाको विवाह भएको तीन वर्ष भयो | स-सानो कुरामा मतभेद हुन्छ | कहिलेकाहीं त एकापसमा बोलचाल नै बन्द हुन्छ |
वैवाहिक दम्पत्तिका विचमा केकस्ता कारणले समस्या आउँछन् ?
दम्पतिले एकआपसी समस्या कसरी सुल्झाउन सक्छन् ?
श्रीमानले श्रीमती र श्रीमतीले श्रीमान संग कसरी व्यबहार गर्ने ?
श्रीमानले श्रीमती र श्रीमतीले श्रीमान् रिसाउँदा के गर्ने ?
झर्को मान्ने श्रीमती वा श्रीमानसंग कसरी व्यबहार गर्ने ?
आर्थिक समस्यासंग कसरी जुध्ने ?
पारपाचुकेको प्रमुखकारण के हो ?
के पारपाचुके आवश्यक छ ?
के वैवाहिक जीवनमा एकअर्काका गल्ती केलाउनु उचित हो ?
कसरी एकअर्कासंग क्षमाका लागि आग्रह गर्ने
पति वा पत्नी कसरी चुन्ने

Address

Budanilkantha

Website

Alerts

Be the first to know and let us send you an email when HSRC-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HSRC-Nepal:

Share