Nepal Rastriya Marwadi Mahila Sangathan

Nepal Rastriya Marwadi Mahila Sangathan Nepal Rastriya Marwari Mahila Sangathan is a community based social organisation which works for Women empowerment and betterment of the society.

विश्व क्यान्सर दिवस को अवसरमा आयोजित कार्यक्रम विवरण४ फेब्रुअरीका दिन विश्व क्यान्सर दिवसको अवसरमा तेरापंथ महिला मण्डल, ...
23/03/2026

विश्व क्यान्सर दिवस को अवसरमा आयोजित कार्यक्रम विवरण

४ फेब्रुअरीका दिन विश्व क्यान्सर दिवसको अवसरमा तेरापंथ महिला मण्डल, विराटनगरद्वारा निःशुल्क Pap Smear Cancer Test Camp आयोजना गरियो। यो शिविर तेरापंथ भवनमा न्यूरोकार्डियो मल्टिपल स्पेशलिटी अस्पताल र नोबेल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भयो।

कार्यक्रममा क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्न नेपालका प्रथम क्यान्सर विशेषज्ञ अंकोलोजिस्ट डा. भोला प्रसाद रोनियार तथा अंकोलोजिस्ट डा. सुमित सिंहद्वारा प्रशिक्षण प्रदान गरियो।

यस अवसरमा प्रमुख अतिथिको रूपमा नोबेल क्यान्सर अस्पतालकी एमडी सोइना शर्मा, अंकोलोजिस्ट डा. प्रदीप भण्डारी, डा. बन्दना, डा. रानो मेहता, डा. पूजा यादव तथा नवीन दाहालज्यूको उपस्थिति रहेको थियो। साथै न्यूरोकार्डियो मल्टिपल अस्पतालका कार्यक्रम संयोजक भरत श्रेष्ठज्यू, सभाध्यक्ष सतीश दुगडज्यू, युवक परिषद अध्यक्ष अरिहन्त जैनज्यू, मिडियाकर्मीहरू, मण्डलका निवर्तमान अध्यक्ष, सल्लाहकार, पूर्व अध्यक्ष, अग्रवाल महिला मञ्च अध्यक्ष वर्तिका खेतान तथा महिला मण्डल, युवती विभाग र कन्या मण्डलका सदस्यहरूको पनि उल्लेखनीय सहभागिता थियो।

उक्त शिविरमा जम्मा १०१ जनाले Pap Smear परीक्षण गराएका थिए।

कार्यक्रम संयोजिका:
लीला छाजेड़, चेतना दुगड

अध्यक्ष:
मिलन नौलखा

सचिव:
डा. नूतन नौलखा

आयोजक:
तेरापंथ महिला मण्डल, विराटनगर

फागुन ८ गते, २०८२  मारवाड़ी महिला मंच इटहरी द्वारा शिक्षा सहयोगको उद्देश्यले मोरङस्थित साजीलाल माध्यमिक विद्यालयमा अध्यय...
23/03/2026

फागुन ८ गते, २०८२ मारवाड़ी महिला मंच इटहरी द्वारा शिक्षा सहयोगको उद्देश्यले मोरङस्थित साजीलाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जम्मा ५०० वटा स्कुल ब्याग वितरण गरियो। यो कार्यक्रम प्रजातन्त्र दिवसको शुभ अवसरमा आयोजना गरिएको थियो।

यस कार्यक्रममा मारवाड़ी महिला मंच इटहरीका ८ जना कार्यकारिणी सदस्याहरूको सक्रिय सहभागिता रहेको थियो। साथै नेपाल राष्ट्रिय मारवाड़ी महिला संगठनकी शिक्षा सचिव श्रीमती रेनु अग्रवालज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ प्रेरणादायी बनाएको थियो।

जनकपुर मारवाड़ी महिला मंच द्वारा 03/03/2026 जानकी माता को डोला परिक्रमा को उपलक्ष्यमा खाना 🍛 का डब्बा 📦 बरी उत्साह को सा...
23/03/2026

जनकपुर मारवाड़ी महिला मंच द्वारा
03/03/2026 जानकी माता को डोला परिक्रमा को उपलक्ष्यमा खाना 🍛 का डब्बा 📦 बरी उत्साह को साथ सबै दिदी बहिनी हरू द्वारा वितरण गरियो

*अन्तर्राष्ट्रिय महिला दिवस* को अवसरमा नेपाल अग्रवाल महिला मंच विराटनगरद्वारा वर्तिका खेतानको अध्यक्षतामा *Women's Badmi...
23/03/2026

*अन्तर्राष्ट्रिय महिला दिवस* को अवसरमा नेपाल अग्रवाल महिला मंच विराटनगरद्वारा वर्तिका खेतानको अध्यक्षतामा *Women's Badminton Tournament Session 5* को आयोजना मारवाडी महिलाहरू बीच सम्पन्न गरियो। उक्त प्रतियोगितामा २२ जना दिदीबहिनीहरूले सहभागिता जनाएका थिए।

७ दिने कार्यक्रममा पहिलो ६ दिनसम्म खेल अभ्यास गराइएको थियो। निर्वाचन तथा होली पर्वका कारण फाइनल खेल फागुन १६ गते (२८ फेब्रुअरी) सम्पन्न गरियो। विजेताहरूलाई ट्रफीसँगै नगद पुरस्कार क्रमशः ३१००, २१००, ११०० रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरियो।

सम्पूर्ण खेलहरू Covered Hall मा ब्याडमिन्टन प्रशिक्षक किरण ताम्रकारको निर्देशनमा दुई समूह (३० वर्षभन्दा माथि र ३० वर्षभन्दा तल) मा सञ्चालन गरिएको थियो।

कार्यक्रममा अग्रवाल सभाका अध्यक्ष श्री राजकुमार अग्रवाल, मारवाडी सेवा समितिका अध्यक्ष श्री गोविन्द झुनझुनवाला, नेपाल अग्रवाल सभाका पूर्व अध्यक्ष श्री जगन्नाथ खेतान तथा देवकीनन्दन अग्रवाल, मारवाडी महिला मंच र स्थानीय मंचका अध्यक्षहरूसहित हाम्रो मंचका सल्लाहकार तथा निवर्तमान अध्यक्षको गरिमामय उपस्थिति रहेको थियो।

*३० वर्षभन्दा माथि (Above 30)*
प्रथम - चन्दा तापडिया
द्वितीय - खुश्बु अग्रवाल
तृतीय - नीतु अग्रवाल
सरिता परेवाल

*३० वर्षभन्दा तल (Below 30)*
प्रथम - गायत्री चितलङ्गिया
द्वितीय - खनक गोयल
तृतीय - आयुषी अग्रवाल
वेणी शारदा

संयोजिका -श्रीमती बबीता तायल तोदी
सहसंयोजिका - श्रीमती किरण सराफ र शोभा अग्रवाल

सचिव - सीमा पोद्दार

नेपाल अग्रवाल महिला मंच
नेपाल अग्रवाल कन्या मंच
विराटनगर

नारी दिवस को  अवसर मा  मरवाडी महिला मंच लाहान द्वारा एकल विद्यालय का सबै  सर र मैडमहरु लाई   सर्ट-पैंट र साडी उपहार स्वर...
23/03/2026

नारी दिवस को
अवसर मा मरवाडी महिला मंच लाहान द्वारा एकल विद्यालय का सबै सर र मैडमहरु लाई सर्ट-पैंट र साडी उपहार स्वरूप भेट गरियो ।
अध्यक्ष - शोभा मुद्रा
सचिव - शशि मुरारका
लोहान

08 /03/2026 को अन्तर्राष्ट्रिय  नारी दिवस को अवसर मा मारवाडी महिला  मंच , बीरगंज द्वारा समाज का ज्येष्ठ ( 80 वर्ष  ) महि...
23/03/2026

08 /03/2026 को अन्तर्राष्ट्रिय नारी दिवस को अवसर मा मारवाडी महिला मंच , बीरगंज द्वारा समाज का ज्येष्ठ ( 80 वर्ष ) महिला हरू सहित समाज का विभिन्न क्षेत्रमा योगदान पुरयाउनु भएका नारी - शक्ति लाई सम्मान स्वरूप विशेष सम्मान समारोह का आयोजन गरियो ।
सम्मानित वरिष्ठ महिलाहरु
1.श्रीमती मीरा खेतान
2.श्रीमती पुष्पा खन्डेलवाल
3.श्रीमती परमेश्वरी केडिया
4.श्रीमती चन्दा पटवारी

प्रेरणा सम्मान
1.श्रीमती नूतन सरावगी
2.श्रीमती तारा राखेचा

अध्यक्ष - श्रीमती सरोज अग्रवाल
सचिव - श्रीमती अर्चना शर्मा

अखिल भारतीय तेरापंथ महिला मण्डलको तत्वावधानमा तेरापंथ महिला मण्डल विराटनगरद्वारा *अन्तर्राष्ट्रिय नारी दिवस*को अवसरमा ७ ...
23/03/2026

अखिल भारतीय तेरापंथ महिला मण्डलको तत्वावधानमा तेरापंथ महिला मण्डल विराटनगरद्वारा *अन्तर्राष्ट्रिय नारी दिवस*को अवसरमा ७ मार्च २०२६ मा *गृह लक्ष्मी स्वाभिमान अभियान अन्तर्गत NGO भेटघाट तथा प्रेरणा सम्मान* कार्यक्रम आयोजना गरिएको थियो।

मुख्य अतिथि रूपमा विराटनगर महानगरपालिकाकी उपमेयर श्रीमती शिल्पा निरोला कार्कीजीको उपस्थिति रह्यो। कार्यक्रमको सुरुवात महिला मण्डल र युवती मण्डलका सदस्यहरूद्वारा प्रेरणा गीतको प्रस्तुतीसँग गरिएको थियो।

कार्यक्रमको अध्यक्षता गर्दै प्रथम उपाध्यक्ष श्रीमती नीलम लोढ़ाले स्वागत मन्तव्य प्रस्तुत गर्दै सबैलाई स्वागत गरिन्। प्रेरणा सम्मान कार्यक्रम अन्तर्गत तेरापंथ धर्म संघमा प्रवर्जित साध्वीहरूको परिवारलाई सम्मानित गरिएको थियो।

NGO भेटघाट कार्यक्रम अन्तर्गत करिब १६ वटा स्थानीय गैरसरकारी संस्थाहरूसँग गृह लक्ष्मी स्वाभिमान अभियान विषयमा छलफल एवं परिचर्चा गरिएको थियो र उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

उपमेयर श्रीमती शिल्पा निरोला कार्कीले पारिवारिक, सामाजिक तथा प्रशासनिक स्तरमा सुदृढ र सशक्त महिला निर्माणका विषयमा आफ्नो मन्तव्य राखिन् र तेरापंथ महिला मण्डलको यस अभियानमा महानगरपालिकाले पूर्ण सहयोग गर्ने आश्वासन दिइन्।

कार्यक्रममा सभा अध्यक्ष श्री सतीश दुगड़, अमित सुराणा, समित सुराणा, कमल बोहरा, मण्डलका सल्लाहकारहरू, महिला मण्डलका सदस्य, युवती विभाग, कन्या मण्डल, किशोर मण्डलका सदस्यहरूको सराहनीय उपस्थित रहेको थियो।

**संयोजिका:** श्रीमती मोना नौलखा
**सहसंयोजिका:** श्रीमती रीता छाजेड़
**अध्यक्ष:** श्रीमती मिलन नौलखा
**सचिव:** डा. नूतन नौलखा
**तेरापंथ महिला मण्डल विराटनगर**

23/03/2026

नेपाल राष्ट्रिय मारवाडी महिला संगठन
8 मार्च 2026, अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा

संगठनद्वारा झापा क्षेत्रकै एक सशक्त नारी, क्षेत्र नं. २ की निर्वाचित प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगरलाई “नारी गौरव महिला सशक्तीकरण सम्मान” द्वारा सम्मानित गरिएको छ। कार्यक्रममा संगठनकी अध्यक्ष श्रीमती निर्मला जोशी, कार्यकारिणी सदस्य श्रीमती नितु सोमानी तथा दीपा खेडियाको गरिमामय उपस्थिति रहेको थियो।

आजको समयमा उहाँको नामसँग कोही अपरिचित छैन। उहाँले प्रमाणित गर्नुभएको छ कि नारीले चाहेमा केही पनि असम्भव हुँदैन। उहाँका उपलब्धि र समाजसेवाको सूची तयार पार्न खोजियो भने एउटा पृष्ठ मात्र होइन, सायद एउटा पुस्तक पनि कम पर्न सक्छ।

नारी दिवसको अवसरमा “नारीद्वारा नारी सम्मान” कार्यक्रममा उहाँद्वारा व्यक्त प्रेरणादायी अमूल्य शब्दहरूले सम्पूर्ण नारी शक्तिका लागि ऊर्जा प्रदान गर्नेछन्।

।। जय नारी शक्ति ।।

महासचिव – अनु जैन
नेपाल राष्ट्रिय मारवाडी महिला संगठन

*एक कदम आत्मनिर्भरता की और* नेपाल अग्रवाल महिला मंच बिराटनगर ने महिला सशक्तिकरण की ओर कदम बढ़ाते हुए 10 लड़कियों को 1 मह...
23/03/2026

*एक कदम आत्मनिर्भरता की और* नेपाल अग्रवाल महिला मंच बिराटनगर ने महिला सशक्तिकरण की ओर कदम बढ़ाते हुए 10 लड़कियों को 1 महीने का मेहंदी क्लास करवाया। जिसमें उनसे नाममात्र रजिस्ट्रेशन फीस ली गई। मेहंदी टीचर आभा पेड़ीवाल थी। जिन्होंने व्यवस्थित तरीके से मेहंदी सिखाया। आजकल हर शुभ काम में मेहंदी के बढ़ते चलन को देखते हुए मेहंदी क्लास करवाया गया ताकि लड़कियां आत्मनिर्भर बन सकें।


कार्यक्रम संयोजिका - किरण अग्रवाल

अध्यक्ष - वर्तिका खेतान
सचिव - सीमा पोद्दार

नेपाल अग्रवाल महिला मंच
नेपाल अग्रवाल कन्या मंच
विराटनगर

23/03/2026

मारवाड़ी महिला मंच दुहबी एवं मारवाड़ी युवा मंच दुहबी के संयुक्त आयोजन में मिति 2082-11-17 गते (रविवार) को अनाथ बालबालिका सेवा आश्रम में होली कार्यक्रम आयोजित किया गया।
इस अवसर पर बच्चों के साथ होली खेली गई तथा टी-शर्ट, पिचकारी वितरण और नाश्ते की व्यवस्था की गई। कार्यक्रम में 20 बच्चे, 2 स्टाफ तथा महिला मंच और युवा मंच के 15 सदस्यौ की उपस्थिती रही।
कार्यक्रम के सौजन्यकर्ता श्री बजरंग लाल डागा जी रहे। 🙏

सिरहा मारवाड़ी महिला मंच द्वारा गणगौर कार्यक्रम  अध्याक्ष - किरण अग्रवाल। सचिव - राखी जैन।
23/03/2026

सिरहा मारवाड़ी महिला मंच द्वारा गणगौर कार्यक्रम
अध्याक्ष - किरण अग्रवाल। सचिव - राखी जैन।

Address

Birta
57204

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Rastriya Marwadi Mahila Sangathan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share