Parsa Bulletin

Parsa Bulletin Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parsa Bulletin, Non-Governmental Organization (NGO), Birgunj Linkroad, Birgunj.

Parsa Bulletin एक स्वतन्त्र डिजिटल समाचार प्लेटफर्म हो जसले पर्सा जिल्ला लगायत सम्पूर्ण नेपालको विविध पक्ष समेट्ने समाचार विचार अनि विश्लेषण प्रस्तुत गर्छ। हाम्रो उद्देश्य भनेको निष्पक्ष पत्रकारिता स्थानिय मुद्दा उजागर र नयाँ पुस्ताको आवाज बुलन्द गर्नु हो

02/11/2025

ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए ll Devi Prakash Bhattachan

नेपालीहरुको महान पर्व बडा दशैँको महाअष्टमी पर्व नेपालभर श्रद्धा र भक्ति भावसहित मनाइँदैछ । धार्मिक परम्पराअनुसार महाष्टम...
30/09/2025

नेपालीहरुको महान पर्व बडा दशैँको महाअष्टमी पर्व नेपालभर श्रद्धा र भक्ति भावसहित मनाइँदैछ । धार्मिक परम्पराअनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ । भक्तजनहरूले माता गौरीको आराधना गर्दै परिवार, समाज र राष्ट्रको शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्ने गर्दछन् । जनकपुरधामस्थित माता राजदेवी मन्दिरमा पनि मंगलवार बिहानैबाट भक्तजनहरूको घुइँचो लागेको छ । पूजाअर्चना गरी प्रसाद चढाउने तथा महिलाहरूले खोइछ भर्ने क्रम जारी छ । घरपरिवारसहित आएका श्रद्धालुहरू दर्शन, आरती र चढावा अर्पण गर्न लाइनमा उभिएका छन् । महाअष्टमीको विशेष दिनमा बलि चढाउने परम्परा पनि प्रचलित छ ।

अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकः आन्दोलनमा निधन भएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टिसरकारले आन्दोलनको क्र...
15/09/2025

अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकः आन्दोलनमा निधन भएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवसमा सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा ओढाउने निर्णय गरेको बताउनु भयो ।

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपालीको विवरण सार्वजनिक गरिएको छ । ...
12/08/2025

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपालीको विवरण सार्वजनिक गरिएको छ ।

भातरस्थित नेपाली दूतावासले नेपालीको नाम सार्वजनिक गरेको छ । जसमा २६ नेपाली छन् । दूतावासले उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ नेपाली हराइरहेको सूची सार्वजनिक गरेको छ ।

उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगष्ट आएको बाढी र पहिरोमा परेर नपालीहरू हराइरहेका दूतावासले जनाएको छ ।

मन्त्री यादवद्वारा राति छड्के अनुगमनकाठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाल...
21/07/2025

मन्त्री यादवद्वारा राति छड्के अनुगमन

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत उपत्यकामा भइरहेको पाइपलाइन बिछ्याउने कार्यको अनुगमन तथा निरीक्षण गरेका छन्।

आइतबार राति मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वंशीधर मार्ग हुँदै सुवर्ण शमशेर सडकसम्मको क्षेत्रको छड्के निरीक्षणमा निस्किएका थिए। उनले मेलम्ची खानेपानी परियोजनाको कामको अवस्थाबारे प्रत्यक्ष रूपमा जानकारी लिएका थिए।

अनुगमनका क्रममा मन्त्री यादवले आयोजनाका प्राविधिकलाई तत्काल पाइपलाइन परीक्षण (प्रेसर टेष्ट) कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न निर्देशन दिए।

बालुवाटार क्षेत्रमा बिछ्याइएको ३१५ मिमि व्यासको प्राइमरी पाइपलाइन र २८० मिमि व्यासको एचडीपीई पाइप तेर्सो दिशात्मक ड्रिलिङ (एचडिडी) प्रविधिबाट सफलतापूर्वक सम्पन्न भएको जानकारी मन्त्री यादवले दिए।

उनले भने, “मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बालुवाटार लगायत क्षेत्रको पाइपलाइन बिछ्याउने काम सफल भएको छ। अब चाँडै पानी वितरण थाल्न निर्देशन दिइएको छ।”

पाइपलाइनको दबाव परीक्षण (प्रेसर टेष्ट) को तयारी तथा कार्य सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि डिएमए एच २, आई ३, आई ४ र आई ५ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वंशीधर मार्ग पश्चिम तथा सुवर्ण शमशेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

यी क्षेत्रहरूमा वितरणपछि करिब ३,५०० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ।

आयोजना प्रबन्धक अमित रञ्जितका अनुसार उपत्यकावासीलाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्यअनुरूप यो आयोजना अगाडि बढाइएको हो।

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज बलात्कारको आरोपमा पक्राउकाठमाडौँ, ५ साउनः मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ...
21/07/2025

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज बलात्कारको आरोपमा पक्राउ

काठमाडौँ, ५ साउनः मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। युवतीमाथि बलात्कार गरेको आरोपमा उनी आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको छ । उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभ‍सम्बन्धी कसुरमा जाहेरी दिएका छन्।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म एमालेको कोटाबाट मधेस प्रदेश प्रमुख थिए|

संगठनबिना राजनीति कल्पना नगर्नुहोस्’ — रेशम चौधरीको कडा सन्देश‘संगठनबिना राजनीति कल्पना नगर्नुहोस्’ — रेशम चौधरीको कडा स...
20/07/2025

संगठनबिना राजनीति कल्पना नगर्नुहोस्’ — रेशम चौधरीको कडा सन्देश

‘संगठनबिना राजनीति कल्पना नगर्नुहोस्’ — रेशम चौधरीको कडा सन्देश

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी कार्यकर्ताहरूलाई स्पष्ट सन्देश दिएका छन् सबै व्यक्तिगत कुरालाई थाती राखेर संगठन निर्माणमा जुट्नुस्!

सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै चौधरीले राजनीतिक अस्तित्वको मेरुदण्ड संगठन भएको प्रस्ट पारेका छन्। जनमत पार्टीसँगको एकता प्रयास विफल भइरहेका बेला उनले अब भ्रममा नपरी संगठनको जग बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन्।

"मौसमजस्तै बदलिँदैन आस्था। विचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै सम्भव हुन्छ," चौधरीले लेखेका छन्, "संगठन रहे तपाईं रहनुहुन्छ, राजनीतिक पद रहन्छ। संगठनबिनाको राजनीति कल्पना पनि नगरौं।"

उनको यो अभिव्यक्ति नेतादेखि कार्यकर्ता तहसम्म सबैलाई ठोस सन्देश दिन खोजिएको देखिन्छ विचारमा अडिग भइ सशक्त संगठन निर्माण नै राजनीति परिवर्तनको पहिलो पाइला हो।

भिजिट भिसा प्रकरण- ‘ह्वाट्सएप र ईमेलमा २४ घण्टामै १ हजार बढी पीडितका प्रमाण आएका छन्’बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी...
30/05/2025

भिजिट भिसा प्रकरण- ‘ह्वाट्सएप र ईमेलमा २४ घण्टामै १ हजार बढी पीडितका प्रमाण आएका छन्’

बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं सांसद मनिष झाले भिजिट भिसाका नाममा विदेश जान खोज्दा ठगीमा परेका नेपालीहरूका प्रमाणहरू चौबिस घण्टामै एक हजारभन्दा बढी संकलन भएको दाबी गरेका छन् । आफ्नो पार्टीका सांसदहरूले सुरु गरेको प्रमाण संकलन अभियानमा यति ठुलो संख्यामा प्रत्यक्ष पीडितहरूको विवरण प्राप्त भएको उनले सुनाए ।
“बुधबारदेखि सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, म लगायतका सांसद र साथीहरूले सामाजिक सञ्जालमार्फत आह्वान गरेका थियौँ,” झाले भने, “तपाईंहरूसँग कुनै प्रमाण छन् भने पठाइदिनुहोस् भनेका थियौँ । २४ घण्टामै एक हजारभन्दा बढी प्रमाण आइपुगे ।”
उनका अनुसार ती प्रमाणहरूमा नेपाली नागरिकहरू भिजिट भिसामा विदेश गएका क्रममा ठगिएको, बलात्कृत भएको, बाकसमा फर्कनु परेको, वा ठूलो रकम बुझाएर पनि काम पाउन नसकेको विवरणहरू समेटिएका छन् । “मानिसहरू पीडामा छन्, लुटिएका छन्। कसैले नबोल्ने हो भने नागरिकले कहिल्यै न्याय पाउँदैन,” झाले भने ।
गत पाँच वर्षमा मात्र सात लाखभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको र त्यसमध्ये २० हजारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको उनले उल्लेख गरे ।
झाले यो अभियान कुनै ‘व्यक्तिगत प्रतिशोध’ नभई सुशासन र नागरिक हितका लागि गरिएको बताए । “हामीले गृहमन्त्रीप्रतिको व्यक्तिगत आक्रोशका आधारमा हैन, प्रणाली सुधारका लागि यो पहल गरेका हौं,” उनले भने ।
सांसद झा लगायत रास्वपाका नेताहरूले संकलित प्रमाणहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेका छन् । उनीहरूले यस विषयमा थप सत्यतथ्य सार्वजनिक गर्दै गम्भीर अनुसन्धान र दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।
भिजिट भिसा प्रकरणमा सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख प्रमुख तीर्थराज भट्टराईसहित गिरोहमा संलग्न रहेको आरोप लागेका पाँच जनामाथि अनुसन्धान गरिरहेको छ । उनीहरूका मोबाइललगायत विद्युतीय उपकरण बरामद गरी अनुसन्धान अघि बढाइएको छ ।

Address

Birgunj Linkroad
Birgunj
44300

Website

Alerts

Be the first to know and let us send you an email when Parsa Bulletin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share