25/05/2024
रिलिफ सोसाइटी अफ कमर्श, वीरगंजकोे 33औं स्थापना दिवसतथा बुद्ध जयन्ति समारोहको अवसरमा बिहीवार सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
दिवसको अवसरमा चिकित्साको क्षेत्रमा डा. भवनाथ झा, खेलकुदको क्षेत्रमा अन्तर्राष्ट्रिय फुटबल खेलाडी अनिलबन्धु रुपाखेती, पत्रकारिताको क्षेत्रमा जगदीश प्रसाद शर्मा र शिक्षाको क्षेत्रमा उर्मिला लामालाई सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वीउवासङ्घका अध्यक्ष अनिल अग्रवालले सामाजिक सेवामा रिलिफ सोसाइटीको योगदानको प्रशंसा गरे ।
उनले सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरूलाई सम्मानित गर्न पाउँदा गौरवान्वित महसूस गरेको बताए । कार्यवाहक अध्यक्ष नारायण रूँगटाको अध्यक्षतामा भएको कार्यक्रममा गणेश लाठले रिलिफका गतिविधिबारेका साथै बुद्धजयन्तीको बारेमा प्रकाश पारेका थिए ।
कार्यकमको सञ्चालन महासचिव निरज अग्रवाल ले गर्नु भएको थियो